एन्फाको नयाँ नेतृत्वका लागि आज निर्वाचन, श्रेष्ठ र शेर्पाको भिडन्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्व चयनका लागि सोमबार विशेष साधारणसभा हुँदैछ । काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बोलाइएको साधारणसभाले आगामी एक वर्षका लागि अध्यक्ष र एक जना उपाध्यक्ष चयन गर्नेछ । अध्यक्षका लागि हालका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्माछिरिङ शेर्पा चुनावी मैदानमा छन् । श्रेष्ठले अघोषित रुपमा पूर्व […]

म्यानचेस्टर युनाईटेडमाथि चेल्सीको प्रभावशाली जित

काठमाडौं । इङलिश प्रिमियर लिग फुटबलमा दावेदार चेल्सीले म्यानचेस्टर युनाईटेडमाथि प्रभावशाली जित निकालेको छ । जोजे मौरिन्होको टोली युनाईटेडलाई आइतबार राति भएको खेलमा आफ्नै मैदानमा एन्टोनियो कोन्टेको चेल्सीले ४–० ले हराएको हो । खेलमा चेल्सीलाई विजयी गराउन खेल सुरु भएको ३० सेकेण्डमा नै पेड्रोले गोल गरे भने २१ औं मिनेटमा ग्यारी काहिलले अग्रता दोब्बर पारे […]

विश्व कप छनौटमा दर्शकलाई हुटिङ लगाउन प्रतिबन्ध

काठमाडौं । सन् २०१८ को विश्वकप फुटबल छनौट अन्तर्गत आगामी महिना हुने थाइल्याण्ड र अस्ट्रेलियाबीचको खेलमा दर्शकले हुटिङ गर्न नपाउने भएका छन् । दुवै देशका फुटबल संघको सहमतिमा हुटिङ लगाउन प्रतिबन्ध लगाइएको हो । थाइल्याण्ड आफ्ना राजा भुमिबोलको निधनको शोकमा रहेकाले खेलमा कुनै हुटिङ गर्न निषेध गरिएको हो । खेल हेर्न जाने दर्शकले कालो, घुर्मैलो […]

तेक्वान्दोको सर्वोच्च संस्था डब्लुटिएफ अध्यक्ष डा.चो नेपालमा

काठमाडौं । तेक्वान्दोको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ) का अध्यक्ष डा.चोङवन चो नेपाल आइपुगेका छन् । पाँच दिने नेपाल भ्रमणका लागि आएका चो लगायत टोलीको त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा नेपाल तेक्वान्दो सघंका अध्यक्ष प्रकाशशम्शेर राणा, उपाध्यक्ष हरिश्वर पोख्रेल, महासचिव दिपराज गुरुङ, केन्द्रिय सदस्य, विभिन्न डोजाङका प्रमुख र खेलाडीलगायतले स्वागत गरेका थिए । भ्रमणका दौरान उनले […]

पाकिस्तानसँग भारतको लज्जास्पद हार

काठमाडौं । पाकिस्तानविरुद्धको व्हीलचेयर क्रिकेटमा भारतले लज्जास्पद हार बेहोरेको छ । मलेसियामा पहिलो पटक भइरहेको व्हीलचेयर सिरिजमा पाकिस्तानसँग भारत १४८ रनको फराकिलो अन्तरले पराजित भएको हो । व्हीलचेयर टी–२० क्रिकेट शृंखलाको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १५ ओभरमा ३ विकेट गुमाएर २१५ रन बनाएको थियो । पहिलो खेलमा नै पाकिस्तानका अजहर अलीले […]

युरोपा लिगमा म्यानचेस्टर युनाईटेडको सहज जित

काठमाडौं । युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिग अन्तर्गत बिहीबारराति भएका खेलमा म्यान्चेस्टर युनाईटेड, ईन्टर मिलान र शाल्के विजयी भएका छन् । घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाईटेडले टर्कीको फेनरवाचेले ४–१ ले हरायो । उसको जितमा पाउल पोग्बाले २ तथा एन्थोनी मार्शल र जेसी लिङ्गार्डले एक एक गोल गरे । सोही समूहको अर्को खेलमा […]

बार्सिलोनासँग सिटीको लज्जास्पद हार, मेस्सीको ह्याट्रिक

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर सिटीले बार्सिलोनासँग लज्जास्पद हार बेहोरेको छ । लियोनल मेस्सीको ह्याट्रिकसँगै सिटी बार्सिलोनासँग ४–० ले पराजित भएको हो । बार्सिलोनाको जितमा थप गोल नेयमारले गरे । बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाको म्यान्चेस्टर सिटीले एकपछि अर्को गल्ती गर्न पुग्दा हार बेहोर्नु परेको हो । सिटीको प्रशिक्षक बनेपछि ग्वार्डिओला पहिलो पटक नाउ […]

एसिया कपका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिम छनौट

२९, असोज, काठमाडौं । आइसीसी महिला विश्वकप २०१७ को एसियाली छनौटमा शनिबार थाइल्यान्डले हङकङलाई पराजित गरेपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टिम एसिया कपका लागि छनौट भएको छ । एसिया कप आगामी नोभेम्बर र डिसेमबरमा थाइल्यान्डमा हुने छ । त्यसमा टेष्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँगै आयोजकको रुपमा थाइल्यान्डले सिधा प्रवेश पाएका छन् । विश्वकपको […]

हङकङलाई ६ रनले पराजित गर्दै नेपाल विजयी

कउलुन क्रिकेट क्लबमा टस जितेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ७५ रनको स्कोर बनाएको थियो । घरेलु टिमलाई १७.४ ओभरमा ६९ रनमा अलआउट गर्दै नेपाली महिला टिमले एसियाली छनोटमा लगातार दोस्रो जित दर्ता गरेको हो । डबल लिगको आधारमा आयोजित छनोटमा यसअघि नेपालले चीनलाई मंगलबार २० रनले हराएको थियो । नेपालले सुरुका दुई […]

थाइल्यान्डसँग नेपाल तीन विकेटले पराजित

२४ सोमबार, असोज । २०१७ एसियाली छनोटको दोस्रो खेलमा थाइल्याण्ड र नेपालको प्रतिस्पर्धामा थाइल्यान्डसँग नेपाल तीन विकेटले पराजित बनेको छ । सोमबार भएको एसियाली छनोटको खेलमा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि आइतबार भएको पहिलो खेलमा नेपाल आयोजक हङकङसँग ६ विकेटले पराजित भएको थियो । टीन क्वङ रोड रिक्रिएसन ग्रान्ड (मिसन रोड ग्रान्ड) […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...