झर्रोटर्रो : भैलो थरिथरिका

देउसी भैलो पनि आधुनिक जमानासँगै आधुनिक पाराले खेलिन्छ । पैला पैला यो भैलो गाउँघरका विभिन्न उमेर समुहका दौँतरी दाजुभाइ र दिदीबहिनी मिलेर रामरमितो गरेर रमाइलो मनाउनका लागि खेलिन्थ्यो । आआफ्ना जातीय र भाषिक संस्कृति अनुसारका गानाबजाना सहितका भैलो हुने गथ्र्यो । त्यसले नेपाल मण्डलको आफ्नै पहिचान कायम गरेको थियो । आफ्नै संस्कृति बचाएको थियो । […]

झर्रोटर्रो : नेकपा (साठी–चालिस)

नेपाल मण्डलका ठूला भनिएका कम्युनिस्ट दलहरूले एउटै कम्युनिस्ट दल बनाउने निधो गरे । केही महिना अगाडि सम्पन्न भएको स्थानीय तहको चुनाउमा पहिलो दल बनेको नेकपा सूर्यछाप र तेस्रो बनेको नेकपा गोलघेरेका बिचमा दल एकता गर्ने सहमति भयो । उक्त सहमति ती दुबै दलका लाउकेहरू उखानप्रसाद र मिस्टर सुप्रिमोले गरे । स्थानीय चुनाउका मितिसम्म जारभतार जस्तो […]

बाँदरले हार्‍यो आफ्नै सेल्फीको मुद्दा, तस्बिरको स्वामित्व स्लेटरलाई

एजेन्सी । लामो कानुनी लडाईपछि बाँदरको सेल्फी फोटोको स्वामित्वको विवाद समाधान भएको छ । सन् २०११ मा इन्डोनेसियाको जंगलमा लिइएको बाँदरको सेल्फी फोटोको स्वामित्व अन्ततः फोटो ग्राफर डेभिड स्लेटरलाई नै दिइने भएको हो । क्यामेरामा दाँत देखाउँनै चम्किलो आँखा देखाएको बाँदरको सेल्फीको स्वामित्वको विषयलाई लिएर लामो विवाद चलेको हो । फोटो ग्राफरले पशु अधिकार समूहसँग […]

झर्रोटर्रो : ढडिया

यतिखेर नेपाल मण्डलको तराई खण्डमा ठूलठूला ढडिया थापिएका छन् । ढडिया नेपाल मण्डलको सुप्रसिद्ध जिनिस हो । यो हिमाल, पाहाड, तराई जुनसुकै भूगोलमा पनि पूर्व, पश्चिम, उत्तर, दख्खिन चारै कुना चारै दिसाका मनुखेहरूले प्रयोग गर्ने जिनिस हो । यसलाई माछा मार्ने काममा प्रयोग गरिन्छ । यसलाई माछाको बधशाला भन्दा पनि हुन्छ । यसलाई खोला खोल्सी, […]

चलचित्र ‘फागुन २४’ बारे छोटो टिप्पणी

क. मोहन विक्रम सिंहद्धारा लेखिएको नाटक विजयीको विहान फागुन २४ गतेलाई कलाकार हेमराज आश्रमले चलचित्रको रुपमा निर्देशन गरेका छन् । उक्त चलचित्र देशका कतिपय हलमा प्रस्तुत गरिएको र प्रदर्शन कार्यलाई निरन्तरता दिने आयोजक संस्था रक्तिम सास्कृतिक अभियान काठमाण्डौ महानगरले जानकारी दिएको छ । चलचित्र क्षेत्रमा फागुन २४ को त्यति चर्चा नभए पनि आयोजकको प्रयत्नप्रति सद्भाव […]

झर्रोटर्रो : प्यारीडाँडाको रोदन

चुनावी समीक्षा गर्न भन्दै नेपाल कमाउ पार्टी (मारवाडीकेन्द्र) को बैठक प्यारीडाँडामा चल्यो । जिल्लाका मुखियाहरू सम्मिलित पार्टीको सचिवालय बैठक चलेको जानकारी झर्रोटर्रो कार्यालयमा खुत्रुक्क आइपुग्यो । जानकारीसँगै बैठकमा ककस्ले केके भने भन्ने कुराको सूचना पनि विशेष सुलसुले मार्फत् प्राप्त भयो । रिपोर्ट दिने प्रदेशका मुखियाहरू सबैले एकै स्वरमा रोइकराई गरेर हजारीलाल कमिटी भङ्ग गर्न नेतृत्वलाई […]

झर्रोटर्रो : बिकासे ढाँचा र अनुगमने यात्रा

यतिखेर नेपाल मण्डलमा आर्थिक वर्ष सकिएको छ । आर्थिक वर्ष सकिनेबेला विकासका काम पनि धमाधम जादूको छडीको गतिमा भएका छन् । नेपाल मण्डलमा उखानै छ ‘जब प¥यो राती उसै बुढी ताती’ । यो उखान पनि नेपाल मण्डलबाटै आविष्कार भएको हो । आफ्नै मण्डलाँ आविष्कार भा’को कुरो लागू नगर्नु पनि भएन । त्यसैले उखानलाई सिरोधार्य गर्दै […]

कुखुराले घन्टौंसम्म मुख्य सडकमा ट्राफिक जाम गरेपछि…

एजेन्सी । सवारी साधनको चाप र सही व्यवस्थापनको अभावमा ट्राफिक जाम भएको कुरा त तपाईले सुन्नु भएको होला । कुखुराका कारण सडक जाम भएको भने थाहा पाउनु भएको थिएन । तर पूर्वी अस्ट्रियामा कुखुराका कारण घन्टौसम्म ट्राफिक जाम भएको छ । कुखुरा लिएर जाँदै गरेको एक ट्रक दुर्घटनाग्रस्त भयो, जसका कारण देशको मुख्य राजमार्गमा घन्टौसम्म […]

गोहीसँग मेयरको बिहे !

एजेन्सी । मेक्सिको शहरमा मेयरको बिहे आजभोली चर्चामा छ । बिहे सामान्य महिलासँग नभई जन्तुसँग भएकोले चर्चा भइरहेको हो । मेक्सिकोको सेन पेड्रो हुआमेलुलाको मेयर विक्टर एगुइलरले गोहीलाई दुलहीकै भेषभुषामा तयार पारी बिहे गरेका छन् । दुलहीलाई जस्तै गोहीलाई पनि सेतो गाउन र टाउकोमा फूलको गुच्छाले सजाएको थियो ।  बाजागाजा र जन्ति सहित भएको बिहे […]

पिसाबबाट पनि विजुली

एजेन्सी । विज्ञानको विकासले अब पिसाबबाट पनि विजुली निकाल्ने सम्भव हुँदैछ । ब्रिटेन स्थित ब्रिस्टल रोबोटिक्स ल्याबमा बैज्ञानिहरु अनुसन्धानमा जुटिरहेका छन् । बैज्ञानिकहरुले पिसाब अथवा फोहर पानीमा पाइने एक प्रकारको इलेक्ट्रो एक्टिभ सुक्ष्मजीवलाई सिलिण्डरमा जम्मा गरे । ती सुक्ष्मजीवबाट इलेक्ट्रोनहरु निर्माण हुन्छ । यसरी निर्माण भएको इलेक्ट्रोनको सहायताबाट विजुली उत्पादन गरिन्छ । बैज्ञानिकहरुले दुई लिटर […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...