सुडानमा अपहरणमा परेका २ नेपाली सहित ३ जना मुक्त

जेनेभा । सुडानबाट एक महिनाअघि अपहरणमा परेका राष्ट्र संघका दुई नेपाली कर्मचारीसहित ३ जना अपहरणमुक्त भएका छन् ।  उनीहरु संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी संस्था (यूएनएचसीआर) मा कार्यरत रहेका छन् । सुडानको युद्धग्रस्त डार्फर क्षेत्रबाट उनीहरुलाई सशस्त्र समूहले नोभेम्बर २७ मा अपहरण गरेको थियो । राष्ट्रसंघका शरणार्थी मामिला प्रमुख फिलिप्पो ग्रान्डीले एक महिनाअघि अपहरणमा परेका शरणार्थी नियोगमा […]

अमेरिकामा कारले ठक्कर दिँदा नेपाली महिलाको मृत्यु

काठमाडौं । अमेरिकामा कार दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ । क्यालिफोर्नियाको सान डिएगोमा शनिबार ठक्कर दिँदा ३८ वर्षीय महिला सरिता शाक्यको मृत्यु भएको हो । स्वास्थ्य परिचारिका शाक्यकी ४ वर्षीय छोरी छिन् । मादक पदार्थ सेवन गरेर चालकले गलत दिशामा कार कुदाउँदा शाक्यले चलाएको टोयोटा कोरोल्ला गाडीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट […]

जयललिताको शोकमा ७७ जनाले आत्महत्या गरेको दावी

दिल्ली । भारतको तमिलनाडु राज्यकी मुख्य मन्त्री जयललिताको शोकमा तामिलनाडु राज्यका ७७ जनाले आत्महत्या गरेको त्यहाँको सत्तारुढ दल अन्ना द्रविड मुनेत्र (एआइडीएमके) ले जनाएको छ । यसअघि जयललिताले आयभन्दा अधिक सम्पत्तिको सम्बन्धमा केही समय जेलमा बिताउँदासमेत कथित रुपमा केही प्रशंसकले आत्महत्या गरेको बताइन्छ । सो दलले जारी गरेको विज्ञप्तिअनुसार जयललिता अस्वस्थ्य भएको र उनको निधन […]

भारतको तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन

काठमाडौं । हृदयघातका कारण २२ सेप्टेम्बरमा चेन्नाईस्थित अपोलो अस्पतालमा भर्ना भएकी तामिलनाडुकी मुख्यमन्त्री जे जयललिताको गएराति ११ बजे निधन भएको छ । ६८ वर्षीया जयललिताको अन्तिम संस्कार मंगलबार साँझ मरीना किनारामा गरिने भारतीय मिडियाहरुले जनाएका छन् । उनलाई अन्तिम श्रद्धाञ्जली दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने कार्यक्रम रहेको जनाइएको छ । अस्पतालले उनको मृत्युको समाचार […]

नोटबन्दीका विरुद्ध नेपाली एकता समाज भारत आन्दोलित

दिल्ली । नेपाली एकता समाज भारत मोदी सरकारले पाँच सय र एक हजार दरका नोटहरुमाथि प्रतिबन्ध लगाएपछि आन्दोलनमा उत्रिएको छ ।  खुल्ला सिमानाले गर्दा मौसमी काममा भारत आउने जाने नेपालीहरु ठूलो मारमा परेको भन्दै नोटबन्दी फिर्ता लिन मोदी सरकारसँग माग गरेको छ ।  समाजका महासचिव विष्णु शर्माले नोभेम्बर १९ मा निकालेको विज्ञप्तीमा भनिएको छ, ‘सरकारले […]

युकेतिर लागे क्रान्तिकारी माओवादीका नेता गजुरेल

काठमाडौं । मंसिर ७ मा नेपाल आइपुग्नेगरी देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष तथा नेकपा (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता सिपी गजुरेल आज बेलायत प्रस्थान गरेका छन् । बेलायतमा पार्टी र मोर्चाको संगठन निर्माण र विस्तार गर्ने योजनासहित युके जान लागेको गजुरेलले जानकारी दिए । पछिल्लो पटक नवसंशोधनवादी तथा दक्षिणपन्थी अवसरवादीहरुले फैलाएको भ्रमका कारण संगठनमा केही समस्या […]

अमेरिकामा कार दुर्घटनामा परी चार नेपालीको मृत्यु, २ घाइते

काठमाडौं । अमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामिण क्षेत्र जेफर्सन काउन्टीमा भएको कार दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । नोभेम्बर ४ तारिखमा भएको दुर्घटनामा काठमाडौं अनामनगरका चिरन्जीवी खनाल, उनकी पत्नी तथा दुई बुहारी रहेको र अगाडि बसेका समिर खनाल र सुवास खनालको गम्भीर अवस्थामा उपचार भइरहेको […]

भारतमा खेलियो जनवादी देउसी भैलो

दिल्ली । नेपाली एकता समाज भारतको आयोजनामा जनवादी देउसी भैलो खेलियो । नेपालबाट भारतमा रोजगारीको लागि गएका नेपालीहरु बसेको घर घरमा गई देउसी भैलो खेलिएको हो । भारतको नोएडा, दिल्ली, पंजाव, महाराष्ट्र, हैदरावादलगायतका स्थानमा जनवादी गीत संगीत मार्फत् देउसी भैलो खेलिएको थियो । देउसी भैलो कार्यक्रममा एकता समाजका नेता, कार्यकर्ताहरु र नेपाली दाजुभाइ तथा दिदी […]

अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं । अष्ट्रेलियामा अध्ययन गर्न गएका नेपाली विद्यार्थीको मृत्यु भएको छ । अष्ट्रेलियाको पश्चिम पर्थमा उच्च शिक्षा अध्ययन गरिरहेका काठमाडौंको नरदेवी घर भएका विराटमान ताम्राकारको मृत्यु भएको हो । बिहीबार विहान काममा जाने क्रममा उनी एक्कासी सडकमा ढलेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । पर्थमा रहेको इडिथ कोवान युनिभर्सिटीमा इन्जिनियरिङ बिषय अध्ययन […]

हङकङको जोर्डनमा नेपाली युवाबीच भिडन्त

काठमाडौं । हङकङमा नेपालीबिच सामूहिक भिडन्त भएको छ । नेपाली युवाको भिडन्तलाई नियन्त्रणमा लिन प्रहरीले कम्तीमा चार राउण्ड गोली चलाउनु परेको थियो । हङकङको जोर्डनमा आइतबार बिहान ६ बजे नेपाली युवाहरु बिच छुरा हानाहान भएको हो । त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । दुई समूहबीच भिडन्त भइरहेको लडिरहेको खबर एक ट्याक्सी चालकले […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...