अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं । अष्ट्रेलियामा अध्ययन गर्न गएका नेपाली विद्यार्थीको मृत्यु भएको छ । अष्ट्रेलियाको पश्चिम पर्थमा उच्च शिक्षा अध्ययन गरिरहेका काठमाडौंको नरदेवी घर भएका विराटमान ताम्राकारको मृत्यु भएको हो । बिहीबार विहान काममा जाने क्रममा उनी एक्कासी सडकमा ढलेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । पर्थमा रहेको इडिथ कोवान युनिभर्सिटीमा इन्जिनियरिङ बिषय अध्ययन […]

हङकङको जोर्डनमा नेपाली युवाबीच भिडन्त

काठमाडौं । हङकङमा नेपालीबिच सामूहिक भिडन्त भएको छ । नेपाली युवाको भिडन्तलाई नियन्त्रणमा लिन प्रहरीले कम्तीमा चार राउण्ड गोली चलाउनु परेको थियो । हङकङको जोर्डनमा आइतबार बिहान ६ बजे नेपाली युवाहरु बिच छुरा हानाहान भएको हो । त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । दुई समूहबीच भिडन्त भइरहेको लडिरहेको खबर एक ट्याक्सी चालकले […]

कोरियामा गम्भीर दुर्घटनामा परेका नेपाली युवाको अपील : ‘मलाई बचाउनुस्’

कोरिया । इपिएस प्रणालीद्वारा रोजगारीका लागि तीनमहिना अघिमात्र कोरिया आएका नेपाली युवा मटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएपछि कोरियाको हस्पिटलमा उपचार गरिरहेका दुधौली–१, सिन्धुलीका २६ वर्षे ओमबहादुर कार्कीले आफ्नो जीवन रक्षाका लागि अपील गरेका छन् । मोक्पो कार्यक्षेत्र रहेका कार्की तीनसाता अघि किनमेल गरेर मोटरसाइकलमा कम्पनी फर्कने क्रममा कारको ठक्करबाट गम्भीर दुर्घटनामा परेका थिए । […]

अस्ट्रेलियामा मनाइयो तीज

अस्ट्रेलिया  । अस्ट्रेलियामा रहेका नेपाली तथा भारतीय हिन्दू नारीले तीज पर्व धुमधामका साथ मनाएका छन् ।  अस्ट्रेलियाका विभिन्न स्थानमा रहेका हिन्दू महिलाले ब्रिजबेनमा रहेको लक्ष्मीनारायण मन्दिरमा भेला भई तीज पर्व मनाएका हुन् । मन्दिरका पूजारी हरिहर अधिकारीले हरेक वर्ष तीज तथा बडा दसैँका बेला मन्दिरमा बढी मात्रामा भीडभाड हुने बताए । शनिबार बिहान ७ देखि […]

रोजगारीका लागि कोरिया पुगेका एक नेपालीको दुर्घटनामा मृत्यु

काठमाडौं । दक्षिण कोरियामा कार्यरत एक नेपालीको सवारी दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा पाल्पाका हेमन्त आचार्य रहेका छन् । यस्तै दुर्घटनामा परेर पाँचथर रानीटार–६ पौवा भन्ज्याङका ३० वर्षीय सुवास मुखिया गम्भीर घाइते भएका छन् ।  उनको अहिले खङ्वन्दो वन्जुसिकै खिदोक हस्पिटलमा उपचार भइरहेको जनाइएको छ। […]

केसीको पक्षमा अमेरिकामा प्रदर्शन

काठमाडौं । बरिष्ठ चिकित्सक डा. गोबिन्द केसीको अनसनको विरुद्धमा काठमाडौंमै चिकित्सकहरुले प्रदर्शन गरिरहँदा अमेरिकामा रहेका नेपालीहरुले केसीको पक्षमा प्रदर्शन गरका छन् । चिकित्सा क्षेत्रका विसंगति अन्त्यको माग गर्दै केसी आठौं पटक आमरण अनसन बसेका छन् । भ्रष्टाचारको विरुद्धमा भएको केसीको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै अमेरिकाको बोस्टर्न क्षेत्रमा बस्ने नेपालीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुलाई अमेरिकीहरुले पनि […]

प्रवासको वर्ग विश्लेषण पुगेनः विष्णु शर्मा

प्रवास आफैमा नेपाली समाजको परिवर्तन र अग्रगमनका लागि उर्वर थलो हो । इतिहास र वर्तमानले त्यो साबित गरेको छ । प्रवास नेपालमा भएको पछिल्ला राजनीतिक परिर्वनका लागि निकै महत्वपूर्ण छ । नेपाली कांग्रेसले पनि प्रवासी नेपालीहरुको माझमा आफ्ना विचार, नीति तथा कार्यक्रमको प्रयोग र विकास गरेको हो । एमाले पनि यो बिरासतबाट मुक्त छैन । […]

(नेपाली एकता समाज भारत) अमृतसर पन्जाबमा नगर भेला सम्पन्न

मिति ६.६.२०१६ कादिन पन्जाब जम्मुकश्मिर राज्य अन्तर्गत  अमृतसर पन्जाबमा  नगर भेला सम्पन्न नगर समितिका सदस्य  झक बहादुर ओली , दिपक परियार , मदन पौडेल र केन्द्रिय सदस्य  दिपक बि .क  कृष्ण दाहाल , महेश परियारको बिशेष उपस्थिथिमा भेला सम्पन्न भयो | भेलाले  बादल गुट  एमाअोबादीसंग बिलय भएको  ठहर गरेको छ र नेपाली एकता समाज भारत […]

नेपाली दूतावासको कीर्ते दस्तखत गर्ने मेनपावरका सञ्चालक पक्राउ

काठमाडौं । कतारस्थित नेपाली दूतावासको छाप एवम् दस्तखत कीर्ते गर्ने अमिदावा बुद्ध मेनपावर प्रालिका दुई सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चालकहरु म्याग्दी देवीस्थान गाविसका सहबहादुर राना र सोही जिल्लाको दाना गाविसका नेत्रबहादुर पुनलाई महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार पक्राउ गरेको हो । सो मेनपावरले कतारस्थित स्टिलका ट्रेडिङ कन्स्ट्रक्सन कम्पनीको कामदार पठाउन भनी उक्त कम्पनीले […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...