प्रचण्ड र राजेन्द्र महतोका नेताहरु नयाँ शक्तिमा

काठमाडौं । प्रचण्ड र राजेन्द्र महतोका नेता बाबुरामको नयाँ शक्तिमा प्रवेश गरेका छन् । पूर्व एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादीलाई एक गर्ने भन्दै नेकपा माओवादी केन्द्र बनाए पनि आफ्नै पार्टीका नेता कार्यकर्ताहरु धमाधम पार्टी परित्याग गर्न थालेका छन् । सबै कार्यकर्तालाई खुशी पार्न भन्दै केन्द्रीय सदस्य थप गरी एक हजार ४ सय ९९ […]

हतारमा एकीकरण वा ध्रुवीकरणको प्रक्रियामा नजाने वैद्य माओवादीको निश्कर्ष

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले तत्कालिन एमाओवादीसँगको एकताबारेको छलफलबाट धोका भएको निश्कर्ष निकाल्दै हतारमा एकीकरण र ध्रुविकरणको प्रक्रियामा नजाने निर्णय गरेको छ । असार ६ गतेदेखि तीन दिनसम्म काठमाडौंमा भएको राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्दै क्रान्तिकारी माओवादीले माओवादी केन्द्रको एकता खारेज गरिएको जनाएको छ । उसले प्रचण्ड माओवादीलाई दक्षिणपन्थी नवसंशोधनवाद मात्र होइन, पश्चगामी दिशातिर अग्रसर […]

वैद्य माओवादीको दस्तावेज तल्लो कमिटीसम्म लैजाने

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीको राजनीतिक दस्तावेज तल्लो तहमा लैजाने निर्णय गरेको छ । काठमाडौंमा बुधबार सम्पन्न राष्ट्यि भेलाले पार्टीको राजनीतिक दस्तावेजलाई कार्यकर्ता तहमै लगेर छलफल गरिने निर्णय गरेको हो । प्रतिक्रियावाद तथा दक्षिणपन्थी संशोधनवादको भण्डाफोर गरौं, नयाँ जनवादी क्रान्तिको तयारीको दिशामा अघि बढौं शीर्षकमा पार्टी अध्यक्ष मोहन वैद्यले पेश गरेको १८ पेज लामो राजनीतिक […]

विप्लवलाई वैद्यको जवाफः हल्ला गर्दैमा सस्तो एकता हुँदैन

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीसँग एकता नहुने स्पष्ट गरेका छन् । क्रान्तिकारी माओवादीको सोमबारदेखि राजधानीमा शुरु भएको राष्ट्रिय भेलाको बन्दसत्रमा मंगलबार वैद्यले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै विप्लवसँग पनि एकता नहुने प्रष्ट्याएका हुन् । “अहिले विप्लवहरुले पार्टी एकताको हल्ला गर्ने गरेका छन्,” वैद्यको भनाइ उद्धृत गर्दै भेलाका एक […]

वैद्य भन्छन्– अन्ततः बन्दुक उठाउनै पर्छ

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले फेरि पनि बन्दुक उठाउनै पर्ने बताएका छन् । रामबहादुर थापा बादलसहितका नेताहरु नेकपा माओवादी केन्द्रमा गएपछि सोमबारदेखि राजधानीमा शुरु भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै वैद्यले नेपालमा क्रान्ति सम्पन्न नभएकाले फेरि पनि अर्को क्रान्ति आवश्यक भएको उल्लेख गरे । जनवादी क्रान्ति सम्पन्न गर्न अन्ततः बन्दुक उठाउनै पर्ने उनको […]

माओवादी केन्द्रमा एकतासँगै विवाद, कार्यदिशा र पदाधिकारी टुंगो अझै लाग्न सकेन

काठमाडौं । विभिन्न माओवादीबीच एकता भई एउटै माओवादी केन्द्र बनाउने अभियानमा लागेको माओवादी केन्द्रमा विचारमा एक रुपमा हुन नसक्दा एकता भएको एक महिना हुँदा समेत कार्यदिशा र पदाधिकारीको टुंगो लाग्न सकेको छैन । विचार फरक फरक भए पनि भावनात्मक एकता गर्ने प्रयासले गर्दा यो समस्या भएको हो । पार्टी एकीकरणपछि भावी दिशा तय गर्न वर्षमान पुन […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...