माग पूरा नभए कठोर सङ्घर्षमा उत्रने अखिल (क्रान्तिकारी) को चेतावनी

काठमाडाैं । क्रान्तिकारी माओवादी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले विगतमा भएका द्वीपक्षीय सहमति तथा वाचाहरु पूरा नगरिएका र उल्टै गरिब तथा निमुखा जनताका छोराछोरीहरुका लागि उच्च शिक्षा पहुँचभन्दा बाहिर पुरयाउने हर्कत थालेको भन्दै उक्त कदम तुरन्त फिर्ता लिन चेतावनीसहित उच्च माध्यमिक शिक्षा परिषद् सानो ठिमीसमक्ष मागपत्र बुझाएको छ । अखिल (क्रान्तिकारी) का […]

नयाँ शक्ति नेपालको नेतृत्व चयन प्रत्यक्ष निर्वाचनबाट

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको नेतृत्व प्रत्यक्ष निर्वाचनबाट चुनिने भएको छ । नयाँ शक्ति नेपालले पार्टीभित्र अध्यक्षसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरु सम्पूर्ण पार्टी सदस्यहरुबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने प्रावधानसहितको विधान पारित गरेको छ । पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा शुक्रबारबाट जारी केन्द्रीय परिषद सचिवालय बैठकले प्रत्यक्ष निर्वाचनबाट मात्रै नेतृत्व चयन गर्ने निर्णय गरेको नयाँ […]

मधेसी मोर्चा–गठबन्धनमा खटपट

काठमाडौं । तराई–मधेसमा सात महिनाभन्दा बढी समय आन्दोलनको नेतृत्व गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा खटपट देखिएको छ । गठबन्धनको नेतृत्व गरिरहेका संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले मोर्चालाई मात्रै पत्र पठाएर सरकारले गठबन्धन फुटाउन खोजेको अरोप लगाइरहेका बेला मोर्चाकै अर्का नेता तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने गठबन्धन बिना नै आफूहरु बार्तामा जाने बताएका […]

प्रचण्ड र राजेन्द्र महतोका नेताहरु नयाँ शक्तिमा

काठमाडौं । प्रचण्ड र राजेन्द्र महतोका नेता बाबुरामको नयाँ शक्तिमा प्रवेश गरेका छन् । पूर्व एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादीलाई एक गर्ने भन्दै नेकपा माओवादी केन्द्र बनाए पनि आफ्नै पार्टीका नेता कार्यकर्ताहरु धमाधम पार्टी परित्याग गर्न थालेका छन् । सबै कार्यकर्तालाई खुशी पार्न भन्दै केन्द्रीय सदस्य थप गरी एक हजार ४ सय ९९ […]

हतारमा एकीकरण वा ध्रुवीकरणको प्रक्रियामा नजाने वैद्य माओवादीको निश्कर्ष

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले तत्कालिन एमाओवादीसँगको एकताबारेको छलफलबाट धोका भएको निश्कर्ष निकाल्दै हतारमा एकीकरण र ध्रुविकरणको प्रक्रियामा नजाने निर्णय गरेको छ । असार ६ गतेदेखि तीन दिनसम्म काठमाडौंमा भएको राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्दै क्रान्तिकारी माओवादीले माओवादी केन्द्रको एकता खारेज गरिएको जनाएको छ । उसले प्रचण्ड माओवादीलाई दक्षिणपन्थी नवसंशोधनवाद मात्र होइन, पश्चगामी दिशातिर अग्रसर […]

वैद्य माओवादीको दस्तावेज तल्लो कमिटीसम्म लैजाने

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीको राजनीतिक दस्तावेज तल्लो तहमा लैजाने निर्णय गरेको छ । काठमाडौंमा बुधबार सम्पन्न राष्ट्यि भेलाले पार्टीको राजनीतिक दस्तावेजलाई कार्यकर्ता तहमै लगेर छलफल गरिने निर्णय गरेको हो । प्रतिक्रियावाद तथा दक्षिणपन्थी संशोधनवादको भण्डाफोर गरौं, नयाँ जनवादी क्रान्तिको तयारीको दिशामा अघि बढौं शीर्षकमा पार्टी अध्यक्ष मोहन वैद्यले पेश गरेको १८ पेज लामो राजनीतिक […]

विप्लवलाई वैद्यको जवाफः हल्ला गर्दैमा सस्तो एकता हुँदैन

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीसँग एकता नहुने स्पष्ट गरेका छन् । क्रान्तिकारी माओवादीको सोमबारदेखि राजधानीमा शुरु भएको राष्ट्रिय भेलाको बन्दसत्रमा मंगलबार वैद्यले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै विप्लवसँग पनि एकता नहुने प्रष्ट्याएका हुन् । “अहिले विप्लवहरुले पार्टी एकताको हल्ला गर्ने गरेका छन्,” वैद्यको भनाइ उद्धृत गर्दै भेलाका एक […]

वैद्य भन्छन्– अन्ततः बन्दुक उठाउनै पर्छ

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले फेरि पनि बन्दुक उठाउनै पर्ने बताएका छन् । रामबहादुर थापा बादलसहितका नेताहरु नेकपा माओवादी केन्द्रमा गएपछि सोमबारदेखि राजधानीमा शुरु भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै वैद्यले नेपालमा क्रान्ति सम्पन्न नभएकाले फेरि पनि अर्को क्रान्ति आवश्यक भएको उल्लेख गरे । जनवादी क्रान्ति सम्पन्न गर्न अन्ततः बन्दुक उठाउनै पर्ने उनको […]

माओवादी केन्द्रमा एकतासँगै विवाद, कार्यदिशा र पदाधिकारी टुंगो अझै लाग्न सकेन

काठमाडौं । विभिन्न माओवादीबीच एकता भई एउटै माओवादी केन्द्र बनाउने अभियानमा लागेको माओवादी केन्द्रमा विचारमा एक रुपमा हुन नसक्दा एकता भएको एक महिना हुँदा समेत कार्यदिशा र पदाधिकारीको टुंगो लाग्न सकेको छैन । विचार फरक फरक भए पनि भावनात्मक एकता गर्ने प्रयासले गर्दा यो समस्या भएको हो । पार्टी एकीकरणपछि भावी दिशा तय गर्न वर्षमान पुन […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...