माकेका दर्जनौं मजदुर नेताहरु क्रान्तिकारी ट्रेड युनियन महासंघमा प्रवेश

काठमाडौं । संसदवाद र अर्थवादमा पतन हुन पुगेको माओवादी केन्द्र सम्बद्ध ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा घटक संगठन अखिल नेपाल सरसफाई मजदुर संघको बरिष्ठ केन्द्रीय उपाध्यक्ष विदुर चौलागाईंको नेतृत्वमा २१ जना मजदुर नेता कार्यकर्ताहरु नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा प्रवेश गरेका छन् । चौलागाईं माके मजदुर महासंघका ललितपुर इन्चार्ज […]

ओखलढुंगामा क्रान्तिकारी माओवादीको ईलाका भेला/प्रशिक्षण सम्पन्न

ओखलढुंगा । जिल्लाको कुईभिरमा बुधबार नेकपा (क्रान्तिकारी माओवादी)को १ नं. इृलाका भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । क्रान्तिकारी माओवादीले गत माघदेखि देशैभर चलाएको संगठन सुदृढिकरण तथा जनपरिचालन अभियान अन्तर्गत भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज बालकृष्ण राई ‘आदर्श’को प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो […]

वर्गीय मुद्दालाई छोडेर जनताको मुक्ति हुन सक्दैन : बैद्य

ललितपुर । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले अहिले वर्गीय मुद्दालाई छाड्ने अभियान नै चलाइएको छ भन्दै वर्गीय मुद्दालाई छोडेर जनताको मुक्ति हुन नसक्ने बताएका छन् । ललितपुरको कुपण्डोलमा आजबाट सुरु नेवाः राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष बैद्यले यस्तो बताएका हुन् । उनले जनताको मुक्तिका निम्ति वर्गीय मुद्दासँगै जातीय, क्षेत्रीय, लैङ्गिक मुद्दाहरुलाई […]

क्रान्तिकारी माओवादीले देशैभर मनायो अक्टोबर क्रान्तिको शतबार्षिकी

काठमाडौं । अक्टोबर क्रान्ति सय बर्ष पुगेको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)ले बिहिबार देशैभर अक्टोबर क्रान्तिको शतबार्षिकी मनाएको छ । हामीलाई पोखराबाट प्राप्त जानकारी अनुसार पार्टीको तमुवान राज्य समितिले इन्चार्ज श्रीनाथ अधिकारी‘श्याम’को प्रमुख आथित्यतामा पोखराको रंगशाला गेट अगाडि पञ्चकोशी (आर्थर डाँडाखर्क) तमु समाजको हलमा एक वृहद् अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । ‘महान अक्टोबर समाजवादी क्रान्तिको […]

जनताकै बीचमा क्रान्तिकारी माओवादीले देशैभर र प्रवासमा समेत मनायो जनयुद्ध दिवस

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले देशैभर र प्रवासमा समेत २२ औं जनयुद्ध दिवस मनाएको छ । प्राप्त समाचार अनुसार देशका सबै राज्य र जिल्लामा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको छ भने प्रवासबाट हाम्रा संवाददाता सुरज कुमारले पठाएको समाचार अनुसार नेपाली एकता समाज भारतले २२ औं जनयुद्ध दिवसको भव्य रूपमा सम्पन्न गरेको छ । पार्टीका […]

‘क्रान्तिका लागि राजनीतिक र फौजी कार्यदिशामा समृद्धि आवश्यक’ : वैद्य

ललितपुर । ‘२२ औं जनयुद्ध दिवस र अक्टोबर क्रान्तिको शतबार्षिकी’को अवसरमा आयोजना गरिएको प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले नेपालमा नयाँ जनवादी क्रान्तिको पूर्णताका लागि पार्टीको राजनीतिक तथा फौजी कार्यदिशालाई समृद्ध गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन् । सशस्त्र जनविद्रोहको कार्यदिशाबाट नै नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सकिने भएपनि गाउँ […]

इतिहास रच्ने पार्टी बनाउने विप्लवको दाबी

काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले इतिहास रच्ने पार्टी बनाउने उद्घोष गरेका छन् । पार्टीका ८ औं महाधिवेशन तथा २२ औं जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले विगतमा पार्टी धर्मराए पनि प्रतिक्रियावादी शक्तिसँग कुनै हालतमा घुँडा नटेक्ने बताए । क्रान्तिको नेतृत्व गरेकाहरु नै क्रान्तिलाई सडकमा छाडेर केही बिकाउ […]

क्रान्तिकारी माओवादीद्वारा बाइसौं जनयुद्ध दिवसको अवसरमा जारी प्रेस वक्तव्य

“बाइसौं जनयुद्ध दिवस मनाउनुको अर्थ तथा औचित्य प्रतिक्रियावादी राज्यसत्ताको विरोध तथा विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापनाका लागि क्रान्तिको तयारीका कामलाई अगाडि बढाउनु, दक्षिणपन्थी संशोधनवादको भण्डाफोर गर्नु र सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध तुल्याउनु हो ।” महान जनयुद्धको २२ औं दिवसको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’द्वारा एक प्रेस वक्तव्य जारी गरिएको छ । पार्टीको मूल […]

देजमोले देशैभर संगठनको जालो फिंजाउने

काठमाडौं । देशैभर संगठनको जालो फिंजाउनेलगायतका महत्वपूर्ण निर्णय गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको केन्द्रीय समितिको बैठक हालै सम्पन्न भएको छ । बैठकले मोर्चा दर्ता गर्दैमा चुनावमा जानुपर्छ भन्ने नहुने भन्दै उपयुक्त समय पारेर मोर्चा दर्ताको जिम्मा केन्द्रीय कार्यालयलाई दिएकाे छ । चुनाव मोर्चाको कार्यनीतिक विषय भएकोले तत्कालीन परिस्थितिको विश्लेषणका आधारमा चुनावमा भाग लिन र बहिष्कार […]

थपिएको एक वर्षभित्र सत्य निरुपण र बेपत्ता आयोगले मुद्दा किनारा लगाउला ?

काठमाडौं । तत्कालीन दशवर्षे माओवादी जनयुद्धको क्रममा राज्य र विद्रोहीको तर्फबाट भएका गम्भीर प्रकृतिका मानवअधिकार उलंघन, अपराधजन्य घटनाहरु र वेपत्ता योद्धाहरुको स्थिति सार्वजनिक गर्ने, पीडिक र पीडितहरुबीच मेलमिलाप गर्ने र पीडितहरुलाई न्याय दिने उद्देश्य राखेर सरकारले गठन गरेका दुई आयोग सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगले दुईवर्षका कार्यकालमा उजुरीहरु संकलन गरे पनि […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...