फासिवादी निर्णय सच्याउन क्रान्तिकारी माओवादी काठमाडौंको माग

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौंले नेपाल सरकारको गृह मन्त्रालयले शान्ति सुरक्षाको नाममा काठमाडौंका सातवटा स्थानबाहेकका ठाउँमा धर्ना, जुलुस तथा विरोध प्रदर्शन गर्न लगाएको रोकलाई फासिवादी निर्णयको संज्ञा दिंदै उक्त निर्णय तत्काल सच्याउन माग गरेको छ । क्रान्तिकारी माओवादी काठमाडौं सचिव सरुले ७ बैशाखमा एक वक्तव्य जारी गर्दै सरकारको यस्तो निर्णयले जनताको विद्रोह गर्न पाउने […]

देजमो ५ नं.को अध्यक्षमा केवी गुरुङ, सचिवमा कुमार शाह निर्वाचित

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको ५ नं. को अध्यक्षमा केवी गुरुङ र  कुमार शाह निर्वाचित हुनु भएको छ । मोर्चाको शुक्रबार बुटवलमा सम्पन्न प्रदेश नं ५ को दोस्रो प्रदेश भेलाले नयाँ नेतृत्व चयन गरेको हो । भेलाले गुरुङको अध्यक्षतामा २५ सदस्यीय मोर्चाको नयाँ नेतृत्व चयन गरेको छ । जसमा सचिवमा कुमार […]

इन्डोनेसियामा भूकम्प जादाँ २ जनाको मृत्यु, सयौं घर भत्किए

एजेन्सी । इन्डोनेसियाको जाभा प्रान्तमा आएको भूकम्पमा परी दुई व्यक्तिको मृत्यु हुनाका साथै अन्य २१ जना घाइते भएका छन् । यस भूकम्पका कारण ३०० भन्दा बढी घर क्षतिग्रस्त भएको प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । प्राकृतिक प्रकोप व्यवस्थापनका प्रवक्ता पुर्वो नुङ्रोहोेका अनुसार यस भूकम्पको कारण दुई हजारभन्दा बढी व्यक्तिलाई अन्यत्र सुरक्षित स्थानमा […]

कटुवा पेस्तोल, गोली र बमसहित हेटौँडाबाट एक पक्राउ

काठमाडौं, वैशाख ६ । कटुवा पेस्तोल, गोली र सुतली बमसहित मकवानपुरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार प्रहरीले हटौँडा महानगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गको लेबट भन्ने स्थानबाट कटुवा पेस्तोल तीन थान, नलकटुवा पेस्तोलको गोली ११ थान, ३०३ राइफलको गोली १ थान, सुतली बम १ थान र नेपाल प्रहरीको चुस्ता १ थानसहित एक जनालाई पक्राउ […]

६० तोला सुनसहित भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

काठमाडौं, वैशाख ६ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० तोला सुनसहित एक जनालाई पक्राउ गरेको छ । FZ 8017  दुबई एयरको नम्बरको उडानबाट नेपाल आएका H9803151 नम्मर को राहदानी वाहक भारतीय नागरिक रहमान सरफराजले जुत्तामा लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा ६० तोला सुनसहित पक्राउ गरेको हो । उनी माथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नक्कली सुन देखाएर २८ लाख ठगी गर्ने दुई पक्राउ एक फरार

काठमाडौं, वैशाख ६ । नक्कली सुन देखाएर २८ लाख ६० हजार ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरका अजय तामाङ र विष्णु मोक्तान रहेका छन् भने अर्का एक जना फरार रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भुका अनुसार सुनजस्तो देखिने धातु देखाउँदै सस्तोमा बेच्ने प्रलोभनमा भक्तपुरका राजेन्द्र […]

मेक्सिकोमा गोली हानाहान हुँदा १६ को मृत्यु

एजेन्सी । मेक्सिकोमा दुई पक्षकाबीचमा भएको गोली हानाहानमा परी कम्तीमा १६ व्यक्तिको मृत्यु भएको छ । प्रहरी र अण्पराधिक समूहकाबीच भएको भिडन्तमा परी मारिनेमा १० जना अपराधिक समूहका व्यक्ति र ६ जना प्रहरी रहेको जनाइएको छ । मंगलबार मेक्सिकोको गुइरेरो राज्य अन्तर्गत पर्ने तटीय क्षेत्र झिहाउतानेगोमा भएको भिडन्तमा उनीहरु मारिएका अधिकारीहरूले जानकारी दिएका छन् । […]

कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी, कैदीबन्दीको बिजोग

कञ्चनपुर, वैशाख ६ । कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । ९५ जनाको क्षमता भएको कारागारमा हाल २७६ कैदीबन्दी छन् जसमध्ये १७ महिला कैदीबन्दी रहेका छन् । कारागारका जेलर श्यामप्रसाद भट्टले कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी पुगेको बताए । कारागारभित्रका कोठामा ठाउँ नभएपछि कैदीबन्दीलाई ग्यालरी, खाली ठाउँ र एकै कोठामा धेरै जनालाई राखिएको छ […]

जनप्रतिनिधिबाटै बलात्कारको घटनालाई मिलापत्र गर्न ‘दबाव’

मोरङ, वैशाख ६ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ७ को ८ वर्षीया बालिकालाई स्थानीय ६० वर्षीय वृद्धले बलात्कार गरेको घटनालाई जनप्रतिनिधिबाट नै मिलापत्र गराउन दबाव दिएको आरोप पीडित पक्षले दिएको छ । यही वैशाख २ गते दिउँसो २ बजेतिर ८ वर्षीया एक बालिकालाई छिमेकी ६० वर्षीय जीतबहादुर मगरले बलात्कार गरेको पीडित पक्षको आरोप छ […]

नेपालमा सवा ६ लाख बालबालिका श्रममा, इँटा उद्योगमा मात्रै ३२ हजार

पोखरा, ६ वैशाख । नेपालको करिब सवा ६ लाख बालबालिका मौसमी उद्योगमा निकृष्ट श्रममा लागेको तथ्यांक सार्वजनिक भएको छ । पोखरामा एक पत्रकार सम्मेलन गर्दै ग्लोबल फेयरनेस इनिसिएटिभ (जीएफआई) नामक संस्थाले बिहीबार यस्तो जानकारी दिएको हो । विभिन्न खाले मौसमी उद्योगमा लागेका ६ लाख २१ हजार बालबालिका मध्ये ३२ हजार बालबालिका इँटा उद्योगमा कार्यरत रहेको […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...