आज बाहिर निस्कदै हुनुहुन्छ ? यी रूटमा सवारी चलाउन राेक छ

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको पहिलो दिन आज दिनभर राजधानीका सडकमा यातायात प्रभावित हुने भएको छ । मुखर्जीको नेपाल भ्रमणका क्रममा सरकारले सार्वजनिक विदा नै दिएर राजधानीका सडक सवारीको समयमा खाली गर्ने भएपछि सर्वसाधारणले वैकलल्पिक मार्गको प्रयोग गर्नुपर्ने भएको हो । विहान साढे ११ बजे देखि दिउँसो ३ बजेसम्म गौशाला, एयरपोर्ट, तिनकुने, […]

भारतीय राष्ट्रपति मुखर्जी नेपाल आउँदै, के के गर्दैछन् नेपालमा ?

काठमाडौं । भारतका राष्ट्रपति प्रणव मुखर्जी तीन दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदैछन् । मुखर्जीको भ्रमणका क्रममा सरकारले आज सार्वजनिक विदा दिनुका साथै जनतालाई सास्ती हुनेगरी विभिन्न सडकमा सवारी सञ्चालनका लागि समेत रोक लगाइएको छ । यसैगरी मुखर्जीको भ्रमणका क्रममा झण्डा र तुलहरु चोक चोकमा राखिनुका साथै स्वागतद्वार समेत निर्माण गरिएको छ । मुखर्चीलाई […]

कात्तिकभित्रै संविधान संशोधन प्रस्ताव दर्ता : पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कात्तिकभित्रै संविधान संशोधनको प्रस्ताव दर्ता हुने बताएका छन् । आफ्नै निवास बोहोराटारमा रिपोर्टर्स क्लवको देउसी–भैलो टोलीसँग कुराकानी गर्दै उनले संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउने तयारीमा वर्तमान गठबन्धन लागेको उल्लेख गरे । नेता पौडेलले मधेसी मोर्चाले भने बमोजिम प्रदेशको सिमांकन, भाषा विवाद, नागरिकताको सवाल, राष्ट्रिय सभाको […]

हुर्रा नाच हेर्न गएका दुई किशोरको हत्या

उर्लाबारी । मगर समुदायले मनाउने हुर्रा नाच हेर्न गएका दुई किशोरको सोमबारराति मोरङको लेटाङभोगटेनीमा हत्या भएको छ । राति १ बजेतिर लेटाङभोगटेनी नगरपालिका–५ मा हुर्रा नाच हेर्ने क्रममा विवाद हुँदा खुकुरी प्रहारबाट मोरङ केराबारी–९ का १५ वर्षीय दिपेन गुरुङ र सोही ठाउँका १८ वर्षीय सनम गुरुङको हत्या भएको हो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका […]

आज भाइटीका, टीकाको उत्तम साइत ११ बजेर ५२ मिनेटमा

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज भाइटीका, दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । भाईटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दाजुभाइलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता […]

दुर्घटनामा एकको मृत्यु, दुई घाइते, दत्तात्रय संग्रहालयमा आगलागी

भक्तपुर । भक्तपुरको च्यामासिंहमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बा ४७ प ५८११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री नाला–२ काभ्रेका २१ वर्षीय रुपेश थापाको मृत्यु भएको छ । घाइते थापाको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी […]

अध्यक्ष किरणद्वारा नेपाल संवत ११३७ को अवसरमा शुभकामना व्यक्त

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले नेपाल संवत ११३७ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष किरणले विज्ञप्ति जारी गर्दै नेपालको मौलिक संवत नेपाल संवतको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका हुन् । नेपाल सम्वत् ११३७ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई नेवार […]

संविधान संशोधन गरेर निर्वाचनमा जानुकाे विकल्प छैन : दाहाल

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् । न्हुदँ समारोह समितिद्वारा आज यहाँ नेपाल संवत् ११३७ को अवसरमा आयोजित सांस्कृतिक ¥यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन र निर्वाचनका लागि सबै राजनीतिक दल एक हुनु जरुरी रहेको बताए । खासगरी विनाशकारी भूकम्पपछि जसरी नेपालका राजनीतिक दल एकताबद्ध भएका […]

नेपाल सम्वत् ११३७ प्रारम्भ, विभिन्न कार्यक्रम गरी मनाईदै

काठमाडौं । नेपाल सम्वत् ११३७ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध […]

लक्ष्मीपूजाको रात छोराले गरे आमाको हत्या

गाईघाट । उदयपुरको कटारी नगरपालिका–२ बेलस्रोतस्थित सुकुम्वासी बस्तीमा लक्ष्मीपूजाको रात मादक पदार्थ सेवन गरेका छोराले आमाको हत्या गरेका छन् । बेलस्रोतस्थित सुकुम्वासी टोलका ५५ वर्षीया फूलकुमारी सदालाई उनकै २२ वर्षीय छोरा कालीचन सदाले गएराति १२ बजे धारिलो हतियार प्रयोग गरेर हत्या गरेको प्रहरी चौकी बेलस्रोतले जनाएको छ । कालीचनले टोलका साथीसँग भैलो खेलेर अत्यधिक मादक […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...