नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीमा शैलेन्द्र खनाल

२७ चैत, काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाल नियुक्त गरेको छ भने सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार साँझको बैठकले डीआईजी खनाललाई आईजीपीमा बढुवा गरेको हो । आईजीपीका लागि सर्वेन्द्र खनालसँगै रमेश खरेल र पुष्कर कार्की आकांक्षी थिए । डीआईजी बढुवाको बरियतामा खनाल पहिलो, खरेल दोस्रो र […]

पाँच करोड घोटालामा सेनाका सहायक रथी विष्ट जेल चलान

काठमाडौं । कृषि विकास बैंकमा भएको पाँच करोड घोटालामा मुछिएका सहायक रथी बिष्टलाई उच्च अदालत पाटनले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि नेपाली सेनाका बहालवाला सहायक रथी डा.रमेशराज विष्ट पूर्पक्षका लागि कारागार चलान भएका छन् । सेनाको उच्च ओहदाका बहालवाला अधिकारी पहिलोपटक बैंकिङ कसुरमा कारागार चलान भएका हुन् । यसअघि सोही मुद्दामा मुख्य आरोपी सहायक […]

जलसम्पदा भारतलाई सुम्पेर समृद्धिको नारा

काठमाडौं । नेपालको आर्थिक विकासको प्रमुख आधारको रुपमा रहेको जलसम्पदा भारतलाई सुम्पेर प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल ः खुशी नेपाली’को नारा लगाएका छन् । सन् पचासको सन्धिलगायत विगतमा गरिएका कोशी, गण्डकी, महाकाली, माथिल्लो कर्णाली, सुनकोशी, अरुण तेस्रोलगायतका जलविद्युत सम्झौताहरुको भारतीय समकक्षी नरेन्द्र मोदीसमक्ष कार्यान्वयनको प्रतिबद्धता जनाएका छन् । ओलीको भारत भ्रमणलाई लिएर भ्रमण सफल […]

झापा पुगेर महासचिव किरणले भन्नुभयो, “झापा विद्रोह र जनयुद्धका धोकेवाजहरुले अहिले वाम गठबन्धनको नाममा जनतालाई धोका दिइरहेका छन्”

झापा । २९ औं जनआन्दोलन दिवसको अवसर पारेर नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग झापाले आयोजना गरेको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्न झापा आइपुग्नुभएका क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले झापा विद्रोह र जनयुद्धका धोकेबाजहरुले अहिले कथित वाम गठबन्धनको नाममा जनतालाई धोका दिइरहेको विचार व्यक्त गर्नुभएको छ । महासचिव किरणले ०२८ सालको झापा विद्रोह, […]

देजमो चितवनको प्रथम जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा अशोक शर्मा निर्वाचित (फोटो फिचरसहित)

चितवन । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल चितवन जिल्लाको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । “दलाल संसदीय व्यवस्थाको विरुद्ध हाम्रो आन्दोलन, नयाँ जनवादी व्यवस्थाको पक्षमा प्रथम जिल्ला सम्मेलन” भन्ने मूल नाराका साथ मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलको प्रमुख आतिथिको रुपमा उद्घाटन गर्नुभएको सम्मेलनले जिल्ला अध्यक्षमा अशोक शर्मालाई निर्वाचित गरेको छ । […]

‘नयाँ जनवादी क्रान्तिका लागि बन्दुक उठाउनु पर्छ’

पोखरा । कास्कीको पोखरामा २९ औं जनआन्दोलन दिवसको अवसरमा आयोजित एक भव्य सभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का नेताहरुले नयाँ जनवादी क्रान्तिका लागि बन्दुक उठाउनुपर्ने विचार व्यक्त गर्नुभएको छ । पोखराको अमर सिंह चोकबाट निस्किएको गगन भेदी नारासहितको ¥याली बुद्ध चोक, लखन चोक, सभा गृह चोक, सृजना चोकको परिक्रमा गरी कान्तिपुर पाटी प्यालेसमा पुगी सभामा […]

क्रान्तिकारी यातायात मजदुर संघको राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघको राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको छ । काठमाडौंको बत्तिसपुतलीमा भएको उक्त सम्मेलनले कविन्द्र मोक्तान अध्यक्ष रहेको ३१ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको छ । सम्मेलनले केन्द्रीय समितिको उपाध्यक्षहरुमा सुरेन्द्र राई र पूर्ण लामा, महासचिवमा प्रविन लामा, सचिवमा बिनोद श्रेष्ठ र कोषाध्यक्षमा धर्मराज दाहाललाई […]

शान्तिपूर्ण कार्यक्रममाथि गरिएको प्रहरी दमनको क्रान्तिकारी माओवादीले ग¥यो विरोध

कञ्चनपुर । नेकपा (क्रान्तिकारी माओवादी) कञ्चनपुरले चैत्र २४ को ऐतिहासिक दिनको अवसर पारेर जिल्ला पार्टीको आयोजनामा वैचारिक÷राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । भिमदत्त नगरपालिकाको सभाहलमा सम्पन्न गरेको उक्त कार्यक्रममा पार्टी स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेल‘प्रतीक’ले वैचारिक÷राजनीतिक प्रशिक्षण दिनुका साथै विभिन्न पार्टी परित्याग गरी आएका शिद्ध राज भट्ट, हरिश […]

‘राष्ट्रिय स्वाधीनताको लागि दलालहरुका विरुद्ध आन्दोलन केन्द्रित गर्नुपर्छ’

काठमाडौं । राष्ट्रघाती सन्धिसम्झौताका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (विप्लव) र नेकपा (ऋषि कट्टेल)ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि दलालहरुका विरुद्ध आन्दोलन केन्द्रित गर्नुपर्ने विचार व्यक्त गरेका छन् । क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले प्रम ओलीले भारत जानुअघि नै भारतसँग गरिएका असमान तथा राष्ट्रघाती सन्धि सम्झौताहरु […]

चैत्र २४ ले बलपूर्वक संघर्षलाई प्रेरणा दिन्छ : गुरुङ

बुटवल, २४ चैत्र । नेकपा (क्रान्तिकारी माओवादी) रुपन्देही र राष्ट्रिय जनमोर्चा रुपन्देहीको संयुक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य एवं देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका ५ नं. प्रदेश संयोजक के. बि. गुरुङले चैत्र २४ गतेलाई राजतन्त्र विरुद्धको संघर्षमा चरम उत्कर्ष पुगेको दिन मात्र नभएर नयाँ जनवादी व्यवस्थाको लागि पनि थियो र त्यसले प्रतिक्रियावादी राज्यसत्ताका विरुद्धको संघर्षमा […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...