संसद बैठक विशेष कारणबस भन्दै स्थगित, लोकमानको छलफल रोकियो

काठमाडौं । व्यवस्थापिका–संसदको बैठक आगामी आइतबार सम्मका लागि स्थगित भएको छ । विशेष कारणबस भन्दै संसद सचिवालयले संसद बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो । बिहीबारको बैठकमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमा छलफलको दिन र समय तोक्ने कार्यसूची थियो ।

चुनावी परिणाम स्वीकार नगर्ने ट्रम्पको संकेत

एजेन्सी । आगामी नोभेम्बर ८ मा हुने राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले चुनावी परिणाम स्वीकार नगर्ने संकेत गरेका छन् । बिहीबार बिहान भएको राष्ट्रपति चुनावको अन्तिम टेलिभिजन बहसका क्रममा रिपब्लिकन उम्मेदवार ट्रम्पले चुनावको नतिजा स्वीकार गर्ने वा नगर्ने समयमा भर पर्ने बताए । यसअघि नै चुनावमा धाँधली हुन सक्ने आशंका गरेका थिए । […]

बस र ट्रक ठोक्किँदा ३ को मृत्यु, १३ घाइते

सिराहा । सिराहाको मिर्चैयामा यात्रुवहाक बस र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसमा सवार भारत सिक्किमकी ३३ वर्षीय पायल अग्रवाल, ३० वर्षीय विन्दीया गुरुङ्ग र पाँचथर रवी ६ की ३५ बर्षीय ननुका राई रहेका छन् । गएराति साढे १२ बजे मिर्चैयामा ना ५ ख ४८८९ नम्बरको […]

बार्सिलोनासँग सिटीको लज्जास्पद हार, मेस्सीको ह्याट्रिक

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर सिटीले बार्सिलोनासँग लज्जास्पद हार बेहोरेको छ । लियोनल मेस्सीको ह्याट्रिकसँगै सिटी बार्सिलोनासँग ४–० ले पराजित भएको हो । बार्सिलोनाको जितमा थप गोल नेयमारले गरे । बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाको म्यान्चेस्टर सिटीले एकपछि अर्को गल्ती गर्न पुग्दा हार बेहोर्नु परेको हो । सिटीको प्रशिक्षक बनेपछि ग्वार्डिओला पहिलो पटक नाउ […]

महाअभियोग दर्ता भएसँगै अख्तियार प्रमुख कार्की निलम्बित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह विरुद्ध व्यवस्थापिका संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएको छ । नेकपा एमाले र माओवादी केन्द्रका १ सय ५७ जना सांसदले आयोग प्रमुख कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेसँगै कार्की स्वतः निलम्बनमा परेका छन् । संसद सचिवालयले बुधबार अबेर राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक परिषद र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत […]

राष्ट्रको ढिकुटीमा सांसद्हरुको ब्रम्हलुट !

काठमाडौँ । आम श्रमजीवि जनताको श्रम र पसिनाबाट जम्मा गरिएको राष्ट्रिय ढिकुटी रित्याउन संसदहरुले संसदमा विधेयक नै पेश गरेका छन् । ज्वरो आउँदा सिटामोल नपाउने, पेटभरि खान नपाउने र शरीर ढाक्ने लुगा लगाउन नपाउने स्थितिबाट गुज्रिन वाध्य श्रमजीवि जनताका प्रतिनिधि भनाउँदाहरुले महंगीलाई कारण देखाउँदै राष्ट्रको ढिकुटीमाथि ब्रम्हलुट मच्चाएका छन् । व्यवस्थापिका संसद् सचिवालयमा दर्ता भएको […]

आयोगको नयाँ प्रस्ताव : पहिचान र सामथ्र्यविनाका ७४२ वटा स्थानीय तह

२ कात्तिक, २०७३ । स्थानीय तह पुनर्संरचनासम्बन्धी आयोगले पहिचान र सामथ्र्यविनाका पुरानो प्रस्तावको विकल्पमा ७४२ वटा स्थानीय तहको प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगले यसअघि ५६५ संख्या प्रस्ताव गरेको थियो । प्रमुख दलहरुले उक्त प्रस्ताव अस्वीकार गरेपछि तीन दलीय सहमति अनुसार मन्त्रिपरिषद्ले आयोगको मागदण्ड संशोधन गरेको थियो । त्यसपछि देशभरिका ९२७ इलाकालाई नै संख्या […]

भारतको एक निजी अस्पतालमा आगलागी हुँदा २३ विरामीको मृत्यु

२ कात्तिक, २०७३ । भारतको उडिशा राज्यको राजधानी भुवनेश्वरको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तिमा २३ जनाको मृत्यु भएकोे खबर छ । इन्स्टिच्युट अफ मेडिकल साइन्सेज एण्ड एसयूएम अस्पतालको डायलिसिस वार्डबाट सुरु भएको आगलागीले आइसीयू वार्डलाई प्रभावित पारेपछि विरामीहरलाई बाहिर निकालिएको थियो । विरामीमध्ये १४ जनालाई सरकारी अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । […]

क्रान्तिकारी माओवादीले ग¥यो केन्द्रीय सदस्यमाथि कारबाही

कात्तिक १, २०७३ । नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय कार्यालयको बैठकले पार्टीका केन्द्रीय सदस्य शिव कट्टेलले गुट परस्त तथा फुट परस्त गतिविधि गरेको भन्दै उनलाई पार्टीबाट निस्कासन गरेको छ । पार्टी कार्यालय बुद्धनगरमा सोमबार बसेको कार्यालयको बैठकले केही समय पहिले केन्द्रीय समितिबाट निलम्बित गरिएका कट्टलले सच्चिनुको बदला झनै पार्टी विरोधी गतिविधिमा सक्रिय देखिएकोले पार्टी सदस्यता लगायत […]

२५ बुँदे संयुक्त वक्तव्य ‘कुटनीतिक भड्काव’ भएको सांसदहरुको आरोप

१ कात्तिक, २०७३ । संसदको आइतबारको बैठकमा बोल्दै एमाले सांसद राजन भट्टराईले आन्तरिक विषयलाई दुइपक्षीय सम्बन्धसँग जोड्ने प्रधानमन्त्रीको कदमलाई ‘कूटनीतिक भडकाव’को संज्ञा दिए । प्रधानमन्त्री दाहालको भारत भ्रमणका बेला जारी संयुक्त विज्ञप्तितर्फ संकेत गर्दै उनले दुईपक्षीय कूटनीतिक सम्बन्धलाई चुनावी भाषणजस्तो हल्काफुल्का ढंगले नलिन सरकारको ध्यानाकर्षण गराए । पूर्ववर्ती एमाले नेतृत्वको सरकारले चीनसँग गरेका सम्झौता कार्यान्वयन […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...