क्रान्तिकारी माओवादीले आज वासु–वैरागी स्मृति दिवस मनाउँदै

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले सहिदहरु सुरेश वाग्ले (बासु) र भीमसेन पोख्रेल (बैरागी) को १७ औं स्मृति दिवस आज देशभर मनाउँदै छ । मूलबाटोलाई प्राप्त जानकारी अनुसार पार्टीको नेवा राज्यले ललितपुरको कुपण्डोलमा अपरान्ह एक कार्यक्रमका बीच उक्त स्मृति दिवस मनाउदैछ भने नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (माओवादी)ले संयुक्त रुपमा गोरखामा स्मृति दिवसको आयोजना गरेका छन् […]

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे परराष्ट्रको विज्ञप्ति

काठमाडौं । परराष्ट्र मन्त्रालयले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण स्थगित नभएको जनाएको छ । बुधबार विभिन्न सञ्चारमाध्यममा चिनियाँ राष्ट्रपतिले अर्को महिना गर्ने भनेको भ्रमण स्थगित भएको समाचार प्रकशन भएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै त्यसमा कुनै सत्यता नभएको जनाएको हो । मन्त्रालयले एक विज्ञप्ति जारी गरी स्वदेशी तथा विदेशी सन्चारमाध्यममा परराष्ट्र मन्त्रालयका सचिव एवं […]

रुसी राष्ट्रपति भ्लदिमिर पुटिनको कार दुर्घटना, चालकको मृत्यु

एजेन्सी । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राष्ट्रपति पुटिनको कालो रंगको बीएमडब्लु कार विपरित दिशाबाट आईरहेको अर्को कारसँग ठोक्किएर दुर्घटना भएको हो । कार दुर्घटनाको समयमा पुटिन भने सवार थिएनन् । दुर्घटनामा करिब ४० वर्षदेखि सरकारी चालकको रुपमा कार्यरत रहेका पुटिनका प्रिय कार चालकको मृत्यु भएको हो । […]

भारत भ्रमणबारे परराष्ट्रविदले प्रचण्डलार्इ दिए यस्ताे सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका विषयमा परराष्ट्रविद तथा व्यापारीसँग छलफल गरेका छन् । छलफलका क्रममा परराष्ट्रविद तथा व्यापारीहरुले भारतसँगको सम्बन्ध सुधार र विगतका सम्झौता कार्यान्वयनका पक्षमा भारतसँग कुराकानी गर्न सुझाव दिएका छन् । भारत भ्रमणका विषयमा उनले परराष्ट्रविद् र व्यापारीसँग बेग्लाबेग्लै छलफल गरेका हुन् । प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणका विषयमा […]

प्रचण्डकालमा वैधानिकता पाएका छोराबुहारीको बालुवाटारमा आतंक

काठमाडौं । प्रचण्ड प्रधानमन्त्री भएसँगै उनको परिवारको अवैध बिहेले वैधानिकता पाएको छ । प्रचण्ड पूत्र प्रकाशकी तेस्री श्रीमतीका रुपमा बिना मगरलाई बालुवाटारमा भित्र्याइएको छ । बिनालाई बालुवाटार भित्र्याइएसँगै नेकपा(माओवादी केन्द्र)मा छोरा बुहारीको आतंक सुरु भएको छ ।  यसअघि प्रकाशले बिनालाई सिभिलहोमको अपार्टमेन्टमा राख्दै आएका थिए । प्रचण्ड प्रधानमन्त्री भएसँगै बिनालाई उनले प्रधानमन्त्री निवासमा भित्र्याएर वैधानिकता […]

नारायणगढ– मुग्लिन सडकखण्ड सुचारु, सवारी जाम भने उस्तै

चितवन । नारायणगढ– मुग्लिन सडकखण्डमा खसेको पहिरो हटाएपछि दुई तर्फी नै यातायात सञ्चालनमा आएको छ । पहिरो हटाइएपछि दुईतर्फी नै सवारी सञ्चालनमा आएपनि सवारी जाम भने घटेको छैन । अहिले पनि कम्तीमा एक घन्टा जाममा बस्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ । कालिखोलामा पहिरो खसेपछि मंगलबार राति साढे १ बजेदेखि सडक अवरुद्ध हुँदा सवारी आवागमन […]

विश्वकप छनोटमा ब्राजिल र उरुग्वे विजयी

काठमाडौं । विश्वकप २०१८ को दक्षिण अमेरिकी छनोट अन्र्तगत बुधबार बिहान भएको खेलमा ब्राजिल र उरुग्वे विजयी भएका छन् । घरेलु मैदानमा भएको खेलमा ब्राजिलले कोलम्बियालाई २–१ ले हराएको हो । ब्राजिलको जितमा मिरान्डा र नेइमारले एक एक गोल गरे । ब्राजिलका मार्किनुसले आत्मघाती गोल गर्दै कोलम्बियालाई उपहार दिए । दोस्रो मिनेटमा नै मिरान्डाले गोल […]

मेस्सी बिना अर्जेन्टिना बराबर, शीर्ष स्थानमा उक्लिने मौका गुमायो

काठमाडौं । अर्जेन्टिनाले सन् २०१८ को विश्वकपको दक्षिण अमेरिकी छनोटमा अंक तालिकामा शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । बुधबार बिहान भएको खेलमा कप्तान लियोनल मेस्सी बिना नै मैदान उत्रिएको अर्जेन्टिनाले घरेलु टोली भेनेजुएलासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । मेस्सी चोटका कारण भनेजुएलाविरुद्धको खेलमा मैदान बाहिर भएका हुन् । खेलको ३४ औं […]

कर्णेल कुमार लामाले सफाइ पाए

काठमाडौं । माओवादी सशस्त्र जनयुद्धका बेला पक्राउ परेका ब्यक्तिलाई यातना दिएको अभियोगमा साढे ३ वर्षदेखि बेलायतमा मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाले सफाइ पाएका छन् । लण्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्टले कर्णेल लामालाई सफाइ दिएको हो । लण्डन अदालतले गरेको फैसलामा उनीविरुद्ध अब कुनै कारबाही प्रक्रिया सुरु नहुने उल्लेख छ । सशस्त्र द्वन्द्वको समय कपिलबस्तुमा […]

विप्रेषणबाट पुँजीगत आधार बनाउन पहल गर्नुपर्छ : दाहाल

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा भित्रिरहेको विप्रेषणबाट पुँजीगत आधार बनाउन सचेत र सार्थक पहल गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक संघको रजतजयन्तीको उद्घाटन कार्यक्रममा उनलृ अहिले विप्रेषणलाई दिगो उत्पादनशील क्षेत्रमा लगानीको अवसर सिर्जना गर्नुपर्ने बताए । पुँजी निर्माणका लागि युवाको श्रम, सीप र जोसजाँगर मुलुकको नवनिर्माणमा कसरी लगाउन सकिन्छ भन्नेतर्फ अर्थशास्त्रीको ध्यान जानुपर्ने बताउँदै […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...