चीनले भारतलाई सोध्याे–‘सेनापति विपिन रावतको भनाई भारतको आधिकारिक भनाई हो ?’

एजेन्सी । भारतीय सेना प्रमुख विपिन रावतले बुधबार चीन र पाकिस्तानसँग एकैपटक युद्ध गर्ने अवस्था आउनसक्ने भन्दै दिएको अभिव्यक्तिप्रति चीनले कडा आपत्ति प्रकट गरेको छ । बेइजिङले सेना प्रमुख रावतको यो भनाई चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्ता र छलफलको विपरित भएको जनाएको छ । रावतले नयाँ दिल्लीमा सेन्टर फर ल्याण्ड […]

मुम्बई हमलाका दुई आरोपीलाई फाँसीको सजाय, मुख्य आरोपीलाई जन्मकैद

एजेन्सी । भारतको मुम्बईमा २४ वर्षअघि भएको शृङखलाबद्ध बम बिष्फोटको घटनामा संलग्न भएको आरोपमा दुई जनालाई फाँसीको सजाय सुनाइएको छ भने मुख्य आरोपीसहित दुई जनालाई जन्मकैदको फैसला सुनाइएको छ । अभियुक्तलाई भारतको बिशेष टाडा अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको हो । बम बिष्फोटनका मुख्य अभियुक्त मानिएका अण्डरवल्र्ड डन अबू सलेमलाई जन्मकैदसहित २ लाख जरीवानाको […]

‘इर्मा’ आँधीले क्यारेबियन क्षेत्रमा ठूलो विनाश, पोर्टो रिको र भर्जिन आइलण्डमा संकटकालको घोषणा

एजेन्सी । क्यारेबियन क्षेत्रमा ठूलो विनाश ल्याएको शक्तिशाली आँधी ‘इर्मा’ पोर्टो रिको पुगेको छ । सो आँधीका कारण क्यारेबियन क्षेत्रमा ७ जनाको मृत्यु भएको छ भने ठूलो भौतिक क्षति गरेको छ । एन्टिगुवा एण्ड बारब्युडाका प्रधानमन्त्री ग्यास्टन ब्राउनले करिव ३ सय किलोमिटर प्रतिघण्टाको वेगमा आएको आँधीका कारण एक जना मारिएको र १६ सयको बसोबास रहेको […]

दक्षिणपन्थीकी कट्टर आलोचक भारतीय पत्रकार गौरी लंकेशको गोली हानी हत्या

एजेन्सी । भारतकी वरिष्ठ पत्रकार तथा दक्षिणपन्थीकी कट्टर आलोचक गौरी लंकेशको गोली हानी हत्या भएको छ । उनले लंकेश पत्रिकाका माध्यमबाट ‘कम्युनल हार्मनी फोरम’ लाई अघि बढाएकी थिइन् । उनका बाबुले ४० वर्षअघि सुरु गरेको लंकेश पत्रिकालाई उनले निरन्तर प्रकाशन/सञ्चालन गर्दै आएकी थिइन् । बैंग्लोर प्रहरीका कमिश्नर सुनील कुमारले मंगलबार साँझ गौरी आफ्नै घर फर्किइरहेका […]

अमेरिकाले सैन्य उन्माद देखाए विश्वव्यापी बिनास निम्तिने पुटिनको चेतावनी

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाले पछिल्लो समयमा आइतबार गरेको छैटौं परमाणु परीक्षणलाई लिएर ‘सैन्य उन्माद’ प्रदर्शन नगर्न चेतावनी दिएका छन् । उनले सैन्य उन्मादले विश्वव्यापी विनाश निम्त्याउने चेतावनी दिएका छन् । चीनको फुजियान प्रान्तको सिमामेनमा भएको ब्रिक्स शिखर सम्मेलनको समाप्तीपछि बोल्दै उनले उत्तर कोरियाविरुद्ध कडा प्रतिबन्ध लगाउनु ब्यर्थ हुने उल्लेख गर्दै भनेका […]

म्यानमारमा रोहिंज्याको अवस्थालाई लिएर सूचीको आलोचना

एजेन्सी । रोहिंग्या मुस्लिम अल्पसंख्यकलाई सुरक्षा दिन असफल भएको भन्दै म्यानमारका लागि मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघकी विशेष प्रतिनिधिले त्यहाँकी प्रजातन्त्रवादी नेतृ तथा राज्य सल्लाहकार आङ साङ सूचीको कडा आलोचना गरेकी छन् । नोबेल पुरस्कार विजेता मलाला युसूफजाईले पनि रोहिंज्याहरु प्रति गरिएको व्यवहार दुःखद र लज्जास्पद भएको टिप्पणी सामाजिक संजाल ट्वीटरमार्फत् गरेकी छन् । दश दिनमा […]

अणुबम भन्दा शक्तिशाली हाइड्रोजन बमको परीक्षण भयो : उत्तर कोरिया

एजेन्सी । उत्तर कोरियाले आफ्नो छैठौं परमाणु बमको सफल परीक्षण गरेको छ । उत्तर कोरियाले सो बमको परीक्षण गर्दा कोरियाली प्रायद्वीपमा भूकम्पको महसुस गरिएको थियो । अमेरिकी भूगर्भविदहरुले उत्तर कोरियाको उत्तर पूर्वी क्षेत्रमा मापन गरिएको ६.३ रेक्टरस्केलको भूकम्प सोही विस्फोटनको भएको बताएका छन् । सोही क्षेत्रबाट उत्तर कोरियाले यसअघि पनि परमाणु परीक्षण गर्दै आएको थियो […]

सन फ्रान्सिस्कोमा रहेको रुसी वाणिज्य दूतावास बन्द गर्न अमेरिकाको आदेश

एजेन्सी । अमेरिकाले रुसलाई सन फ्रान्सिस्कोस्थित वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको छ । रुसको अनुचित कारवाहीको जवाफ भन्दै अमेरिकी सरकारले शनिबारसम्ममा न्यूयोर्क र वासिंगटनमा रहेका वाणिज्य दूतावास र संलग्न कार्यालयहरु बन्द गर्न भनेको हो । गत महिना रुसले उसको देशमा रहेका ७ सय ५५ अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको जवाफमा यो कदम चालिएको […]

बेनजिर भुट्टो हत्याकाण्ड : पूर्वराष्ट्रपति मुसर्रफ भगौडा घोषित, २ जनालाई जेल

एजेन्सी । पाकिस्तानी पूर्वप्रधानमन्त्री तथा पाकिस्तान पिपुल्स पार्टीकी नेतृ बेनजिर भुट्टोको हत्याकाण्डमा पाकिस्तानी अदालतले पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई भगौडा घोषित गरेको छ । सन् २००७ मा पाकिस्तानको रावलपिन्डीमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला बम विस्फोट गराएर भुट्टोको हत्या गरिएको थियो । पाकिस्तानको आतंकवाद निरोधक अदालतले करिब एक दशकपछि सो मामलामा फैसला सुनाउँदै दुई जनालाई १७ वर्षको […]

उत्तर कोरियाको चेतावनी-‘जापानी आकाशमाथिको मिसाइल प्यासिफिक अपरेसनको पहिलो कदम’

एजेन्सी । उत्तर कोरियाले जापानी भूभागमाथिबाट परीक्षण गरिएको मिसाइल प्रशान्त क्षेत्रमा गर्ने सैन्य अपरेशनको पहिलो कदम भएको बताएको छ ।  उत्तर कोरियाली सञ्चारमाध्यमले प्रशान्त क्षेत्रमा रहेको अमेरिकी टापु गुआममाथिको आक्रमणको चेतावनीलाई दोहो¥याउँदै जापानी भूभागमाथिबाट गरिएको परीक्षण त्यसैको पहिलो कदम भएको उल्लेख गरेका छन् ।  यसअघि उत्तर कोरियाले अगस्टको पहिलो सातामा नै गुआममाथि हमला गर्ने तयारीमा […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...