स्वरोजगार व्यवसायीमाथिको गृहप्रशासनको ज्यादतीका विरुद्ध एकै ठाउँ उभिए वैद्य, विप्लव, बाबुराम र उपेन्द्र

पोखरा । पोखराको पृथ्वी चोकस्थित सस्तो बजारका स्वरोजगार व्यवसायीमाथि भएको गृहप्रशासनको ज्यादतीका विरुद्ध मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम एकै ठाउँमा उभिएका छन् । ती पार्टीहरुका कास्की जिल्लाका पार्टीका नेताहरुले संयुक्त रुपमा एक सार्वजनिक वक्तव्य जारी गर्दै पोखराको सस्तो […]

टेनिस स्टार भेनस विलियम्सको कारसँग ठोकिएर एक बृद्धको मृत्यु

एजेन्सी । अमेरिकी टेनिस स्टार भेनस विलियम्सको कारसँग ठोकिएर एक ७८ वर्षीय बृद्धको मृत्यु भएको छ । गएको ९ जूनमा भएको घटनामा घाइते भएका जेरोम बार्सन नामका बृद्धको अस्पतालमा उपचार कै क्रममा २ हप्ता पछि मृत्यु भएको हो । बार्सनकी पत्नीलाई पनि घाइते भएर अस्पताल भर्ना गरिएको थियो, उनी भने बाँच्न सफल भएकी छिन् । […]

अमेरिकाद्वारा सिरियामा पुनः आक्रमणको चेतावनी

एजेन्सी । अमेरिकाले सिरियामाथि पुनःआक्रमण गर्ने चेतावनी दिएको छ । ह्वाइटहाउसले सोमवार अवेर राति विज्ञप्ति निकालेर यस्तो चेतावनी दिएको हो । उक्त विज्ञप्तिमा चेतावनीलाई गम्भीर रुपमा नलिएमा त्यसको घातक परिणाम राष्ट्रपति बसर अल असदको सरकारले व्यहोर्नु पर्ने कुरा उल्लेख गरिएको छ । रसायनिक हतियारको प्रयोग हुन लागेको आशंकामा असदको नाममा अमेरिकाले चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चार […]

ह्याक भयो अमेरिकाको सरकारी कम्प्युटर

असार १३ । अमेरिकाको ओहायो र मेरिल्यान्ड राज्यको सरकारी कार्यालयका कम्प्युटर आतंककारी समूहले ह्याक गरेको पाइएको छ । कम्प्युटर ह्याक गरिएको पुष्टि भए लगत्तै ती कार्यालयका कम्प्युटर आइतबार बन्द गरिएका थिए । ती कम्प्युटरका मनिटरमा आतंककारी समूह आईएसको समर्थनमा लेखिएका सन्देश मात्र देखिने र काम नगर्ने भएपछि कम्प्युटर ह्याक भएको प्रमाणित भएको थियो । ओहायो […]

माओवादीहरु नै सच्चा कम्युनिस्ट हुन्

पचास बर्ष भयो र उत्साह अझै जारी छ । यो एउटा आन्दोलन हो, जसलाई धेरैले मन पराएका छन् र कतिले घृणा पनि गरेका छन् । यो कसैले वेवास्ता गर्न नसक्ने आन्दोलन हो । तर के यसलाई मान्छेले राम्रोसँग बुझेका छन् त ? रगत, हिंसा, बलिदान, खिन्नता, रमाइलो, दुस्साहस लगायत थुप्रै विषयहरु यो आन्दोलनसँग जोडिएका छन् […]

अफगानिस्तानमा कारबम विस्फोटमा २० जनाको मृत्यु, घाइते ५० जना अस्पताल भर्ना

एजेन्सी । अफगानिस्तानको हेलमण्ड प्रान्तमा एक बैंकको बाहिर भएको शक्तिशाली कारबम विस्फोट हुँदा २० जनाको मृृत्यु भएको छ भने केही घाइते भएका छन् । बैंकमा आम नागरिक र प्रहरी जवानहरु आफ्नो तलब लिनका लागि लाइनमा बसेका समयमा विस्फोट भएको थियो । विस्फोटपछि बन्दुकसहित बैंकभित्र छिरेपछि सुरक्षाफौजसँग मुठभेड भएको बताइएको छ । मारिनेमध्ये केही प्रहरी जवान […]

आइएसको आक्रमणबाट ८ सय वर्ष पुरानो अल–नुरी मस्जिद ध्वस्त

एजेन्सी। चरमपन्थी संगठन इस्लामिक स्टेट (आइएस) ले इराकको मोसुलमा रहेको ८ सय वर्ष पुरानो ऐतिहासिक अल–नूरी मस्जिद ध्वस्त बनाइदिएको छ । इराकी सेनाले ऐतिहासिक मस्जिद आइएसले ध्वस्त बनाएको दाबी गरेको छ । यही मस्जिदमा सन् २०१४ मा आईएसका नेता अबू बक्र अल–बगदादीले शरण लिएका थिए । तर आइएसले यो मस्जिद एक अमेरिकी लडाकू विमानबाट गरिएको […]

फेसबुक लाइक पाउन बाबुले आफ्नै बच्चालाई…

एजेन्सी । अल्जेरियामा एक अनौठो घटना बाहिर आएको छ । त्यहाँको एक अदालतले एक बाबुलाई आफ्नो सानो बच्चालाई झ्यालबाट झुन्डाएको आरोपमा दुई वर्षको जेल सजाय सुनाएको छ । ति बाबुले धेरै तला भएको भवनको माथि आफ्नो फ्ल्याटको झ्यालबाट बच्चालाई बाहिर झुन्डाउँदै तस्बिर खिचेर फेसबुक लाईकका लागि पोस्ट गरेका थिए । उनले यो तस्बिरको मुनी क्याप्सन […]

पाकिस्तानी क्रिकेट टिमको समर्थन गर्दा १५ जनालाई राजद्रोहको मुद्दा

एजेन्सी । च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पाकिस्तानी टोलीको समर्थन गरेको आरोपमा भारतको मध्यप्रदेशमा १५ जनालाई पक्राउ गरिएको छ । पक्राउपर्ने मुस्लिम व्यक्तिहरुलाई राजद्रोहको अभियोग लगाइएको त्यहाँको प्रहरीले जनाएको छ । संसारकै सबैभन्दा ठूलो प्रजातान्त्रिक देश भारतमा क्रिकेटमा पाकिस्तानी क्रिकेट टोलीको समर्थन गरेका आधारमा राजद्रोहको गम्भीर अभियोग लगाइएको हो । यस्तो अभियोग लाग्नेले आफ्नो पासपोर्ट बुझाउनुपर्ने, […]

बढ्दो तापमानका कारण अमेरिकामा उडान रद्द, के हुन्छ समस्या ?

एजेन्सी । अमेरिकाको एरिजोना राज्यस्थित फोनिक्स इलाकामा बढ्दो तापमानका कारण हवाई उडान रद्द गर्नुपरेको छ । अहिलेसम्म गर्मीका कारण ४० उडान रद्द भइसकेका छन् । अमेरिकी मौसम विभाग एरिजोनामा मंगलबार अधिकतम ४९ डिग्री तापक्रम पुगेको छ । यो तापक्रम विमान सञ्चालनका लागि आवश्यक भन्दा धेरै बढी हो । यही कारण अमेरिकी एयरलाइन्स कम्पनीले स्काई हार्बर […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...