आशा र उत्साहको चुनावी बातावरण बनेको छ : भीम श्रीस

तपाईले पोखरा लेखनाथ महानगरपालिकामा उम्मेदवारी किन दिनु भएको हो ? –राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरु अत्यन्तै जटिल बनेर गएका छन् । यी मुद्दाहरु जनस्तरबाटै उठान गर्न जरुरी बनेको छ । यी मुद्दाहरुमा जनसहभागिताको पनि त्यतिकै आवश्यकता खड्किएको छ । यी मुद्दाहरुलाई जनताको मुद्दा बनाउन र जनतालाई बोध गराउन मैले उम्मेदवारी दिएको हो । तपाई आफ्नो […]

हामी बिग्रिएका छैनौं, जनताको पहिलो रोजाइमा पर्छौं : अम्बिका मुडभरी, मेयरकी उम्मेदवार, भरतपुर महानगरपालिका

(अम्बिका मुडभरीलाई एक जुझारु र प्रभावशाली महिला नेतृको रुपमा चितवनका आम जनसमुदायले मात्रै होइन, सिंगो माओवादी आन्दोलनले चिन्दछ । जनयुद्धका आँधिमय भीषण कालखण्डमा वर्गदुश्मनका यातना शिविरमा कष्टसाध्य जीवन बाँचिन् । तर वर्गवैरीसँग रतिभर पनि झुकिनन् । वर्गसंघर्षको भट्टीमा खारिएकी महिला नेतृ मुडभरी स्थापित मात्रै होइन, जनतबीचमा लोकप्रिय पनि छिन् । उनी माओवादी आन्दोलनभित्र भएका अन्तर्संघर्षमा […]

ललितपुर महानगरका जनताले खोजको विकल्प दिन हामी सक्षम छौं : इन्दिरा अधिकारी, उपमेयरकी उम्मेदवार

(२०३८ सालमा विद्यालयस्तरदेखि नै विद्यार्थी संगठनमा आबद्ध भएर २०५२ सालसम्म विद्यार्थी राजनीतिमा क्रियाशील रहँदै आएर जनयुद्धमा महत्वपूर्ण भूमिका निभाएकी इन्दिरा अधिकारी ललितपुर महानगरपालिकाको उपमेयरको उम्मेदवार बनेकी छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर अधिकारी २०४६ ताका अध्यापनका क्रममा शिक्षक संगठनमा समेत आबद्ध रहेकी थिइन् । २०६२÷०६३ को जनआन्दोलनपछि पुनः गणतान्त्रिक सम्पर्कमञ्चमार्फत् राजनीतिमा क्रियाशील अधिकारी हाल देशभक्त जनगणतान्त्रिक मोर्चाको […]

‘काठमाडौंलाई सपनाको सहर होइन, विपनामा गौरव गर्न लायक बनाउछु’

विगत ५ दशकभन्दा लामो समयदेखि निरन्तर नेपालको राजनीतिमा क्रियाशील रहँदै आएका नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सल्लाहकार गोर्कीप्रसाद श्रेष्ठ काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका छन् । वि.सं. २००८ सालमा काठमाडौंको न्हयौंखा महादेवटोलमा जन्मिएका श्रेष्ठ २०२२ सालदेखि नै नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय रुपमा लागेका थिए । भियतनामको युद्धमा अमेरिकी बर्बरता र भियतनामी जनताले बहादुरीपूर्वक प्रतिकार […]

संसदीय राजनीतिमा चुर्लुम्म डुबेको माकेको अब भविष्य छैन

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बसेको देजमो, नेपालको केन्द्रीय समितिको बैठक भर्खरै सम्पन्न भएको छ । बैठकले लिएका मुख्य मुख्य निर्णहरु कस्ता छन् ? बुँदागत रुपमा बताइदिनुस् न । हो, देशभक्त जनगणतान्त्रिक मोर्चाको केन्द्रीय समितिको बैठक भर्खरै सम्पन्न भएको छ । यसले लिएका मुख्य निर्णय भनेको प्रतिक्रियावादी राज्यसत्ताले आयोजना गरेको स्थानीय तहको निर्वाचनको क्रान्तिकारी उपयोग […]

संसदवादीहरुले प्रजातन्त्रको नाममा प्रजातन्त्रकै घाँटी निमोठीरहेका छन्

आन्तरिक पार्टी जीवनका हिसाबले क्रान्तिकारी माओवादीको पछिल्लो स्थिति कस्तो छ ? अहिले हामी तीन महिने अभियानमा छौं । अभियान कतै घनिभूत रुपमा चलेको छ, कतै मन्द गतिमा छ । जसरी चलेको भए पनि यस अभियानबाट पार्टी जीवनलाई सक्रिय बनाउने, कार्यकर्तालाई टिमबद्ध परिचालन गर्ने र राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुमा जनतासहितको सहकार्य बढेको छ । हामीले […]

‘उनीहरु विचार, सिद्धान्त र बलिदानको आदर्शबाट विचलित हुन पुगे’

(लक्ष्मी मुडभरी आम क्रान्तिकारी महिलाहरुको माझमा चिनाइरहनुपर्ने नाम होइन । २०४७ सालमा ६ कक्षा पढ्दापढ्दै अनेरास्ववियू छैठौंको सदस्यता प्राप्त गरेकी नेतृ मुडभरी ०४८ सालदेखि नै सक्रिय राजनीतिमा होमिनु भएको हो । ०४९÷०५० मा महिला संगठनको जिल्ला सदस्य हुँदै जनयुद्ध घोषणा गरेकै वर्ष ०५२ वैशाख १८ को नेपाल बन्दमा काठमाडौंमा सहभागी हुँदा उहाँ गीता गुरुङसँगै गिरफ्तारीमा […]

‘सप्तरी हत्याकाण्ड’ पहाडे खस अहंकारवादको भद्दा नमूना हो :

सप्तरी हत्याकाण्डले आम मधेसीको सामाजिक मनोविज्ञानमा कस्तो असर पारेको पाउनु भएको छ ? सप्तरी हत्याकाण्ड पहाडीया अहंकारवादको अभिव्यक्ति र नमूना हो । यसले आम मधेसीको सामाजिक मनोविज्ञानमा मधेसी जनतालाई यो अहंकारवादले नेपाली नागरिक ठान्दैन भन्ने परेको छ । सप्तरीमा मानवताविरुद्धको पराकाष्ठा एमाले र यहाँको शासकले देखायो । सप्तरी हत्याकाण्डले अहिलेको संसदीय राज्य व्यवस्थाप्रति आम मधेसीमा […]

सन्दर्भ:सहिद सप्ताह, आमूल परिवर्तन र मुुक्तिप्रति सधै निष्ठावान बनौं : कृष्णसेन इच्छुक

(साहित्यिक त्रैमासिक कलमले ०५७ माघ १ गत्ते कृष्णसेन इच्छुकसँग लिएको अन्तर्वार्तालाई ‘सहिद सप्ताह’को सन्दर्भ पारेर सहित्यिक स्तम्भमा प्रस्तुत गरेका छौं । उहाँलाई जनताको कुशल योद्धा, प्रखर कवि र सम्पादक भएकै कारण ०५९ जेठ ६ गते पुनः गिरफ्तार गरी तत्कालीन शासकले बर्बर यातनाकाबीच ०५९ जेठ १३ गते हिरासतमा नै कुटीकुटी हत्या गरे । इच्छुक नेपाली श्रमजीवि, […]

जनयुद्धका एजेण्डा बोकेर हिड्ने पार्टी क्रान्तिकारी माओवादी मात्र हो

देशभक्त जनगणतान्त्रिक मोर्चाको केन्द्रीय समितिको बैठक भर्खरै सम्पन्न भएको छ, यसले गरेका महत्वपूर्ण निर्णयहरु के के हुन् ? यो बैठकले संगठनात्मक अभियान सञ्चालन गर्ने र शक्ति सञ्चय गर्ने, क्रान्तिकारी शक्तिको आत्मगत अवस्थालाई बलियो पार्ने र मोर्चालाई नेपाली राजनीतिको वैकल्पिक शक्तिको रुपमा स्थापित गराउन राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई लिएर संघर्षका कार्यक्रममा जोड गर्ने लगायतका विषयमा […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...