बंगलादेशी नागरिक उड्डयनमन्त्रीसहितको उच्चस्तरीय टोली काठमाडौंमाः साढे पाँच बजे ‘ब्रिफिङ’

काठमाडौं, फागुन २९ । सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश नागरिक उड्डयनमन्त्रीसहित १७ जनाको टोली काठमाडौं आइपुगेका छन् । बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च अधिकारीसहितको टोली नेपाल आइपुगेका हुन् । त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार उनीहरु […]

अपडेट : विमान दुर्घटनामा ७१ जनामध्ये ४९ जनाको मृत्यु, २१ घाइते

महानगरीय प्रहरी कन्ट्रोल कक्षका अनुसार ८ जनाको शब केएमसी अस्पताल सिनामंगल र एकजनाको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । गृहको विपत्त महाशाखाका प्रमुख सहसचिव कृष्णबहादुर राउतका अनुसार विमानमा ३३ नेपाली र ३४ जना विदेशी नागरिक सवार थिए । यस्तै ४ जना चालक दलका सदस्य रहेका थिए । घाइतेहरुको सिभिल, केएमसी र नर्भिक अस्पतलामा उपचार […]

भारतमा बिरामीले इच्छामृत्यु वरण गर्न पाउने

एजेन्सी । भारतको सर्वोच्च अदालतले शुक्रबार एक ऐतिहासिक फैसला गर्दै इच्छामरणलाई कानुनी मान्यता दिएको छ । फैसलाअनुसार केही निश्चित सर्त पालना गरेको खण्डमा बिरामीहरूलाई कृत्रिम ढंगले जीवित राखिरहने उपचार बन्द गरिदिन सकिनेछ । सर्वोच्च अदालतले ‘प्यासिभ युथेनेसिया’ अर्थात् स्थायी प्रकृतिका रोगको उपचारमा संलग्न बिरामीले इच्छामृत्यु वरण गर्न पाउने फैसला गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । […]

मुम्बई हमलाको प्रमुख योजनाकार तथा दाउदका सहयोगी पक्राउ

काठमाडौं, फागुन २४ । मुम्बईमा श्रृङ्खलाबद्ध बम हमला भएको २५ वर्षपछि सीआईबीले सो हमलाको प्रमुख योजनाकार फारुक टक्ला भनेर चिनिने यासिन मन्सुर फारुकलाई पक्राऊ गरेको छ । उनी भुमिगत डन दाउद इब्राहिमका नजिकका सहयोगी मानिन्छन् । ५७ वर्षीया फारुक दुबईमा पक्राऊ परेका थिए । उनलाई बिहिबार विहानै भारत ल्याइने केन्द्रीय अनुसन्धान व्युरोका प्रवक्ताले जानकारी दिए […]

अमेजनका मालिक बने विश्वकै धनी

एजेन्सी । अमेजनका संस्थापक जेफ बेजोस १२० अर्ब डलरसहित पृथ्वीको सबैभन्दा धनी व्यक्ति बनेका छन् । फोब्र्सले मंगलबार सार्वजनिक गरेको सूचीअनुसार बेजोस १ सय अर्बभन्दा माथि सम्पत्ति भएका एक मात्र अर्बपति हुन् । गत एक वर्षमा अमेजनको सेयरमा ५९ प्रतिशतले वृद्धि भएको फोब्र्सले जनाएको छ, जसका कारण उनको सम्पत्तिमा ३९.२ अर्ब डलर वृद्धि भएको छ […]

अमेरिकी राष्ट्रपति ट्रम्पका प्रमुख आर्थिक सल्लाहकारद्वारा राजीनामा

काठमाडौं, फागुन २३ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग स्टिल र आल्मुनियममा कर लगाउने विषयमा उत्पन्न मतभेदका विवरणमाझ ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोनले राजीनामा दिने भएका छन् । कोन ट्रम्प प्रशासनले गरेका कर कटौती सम्बन्धी निर्णयका प्रमुख योजनाकार थिए । श्रृखंलाबद्ध रूपमा ह्वाइट हाउसबाट बाहिरिन चाहने ट्रम्पको टोलीका उनी पछिल्ला सदस्य हुन् । वाल […]

फ्रिस्टाइल पौडीमा ९९ वर्षीय वृद्धले राखे विश्व कीर्तिमानी

एजेन्सी, फागुन १८ । अष्ट्रेलियका एकजना ९९ वर्षिये पौडीवाजले ५० मिटर फ्रिस्टाइलमा आफ्नो उमेर समूहबाट नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । जर्ज कोरोनेस नामका ती वृद्धले कुइन्सल्याण्डको एउटा प्रत्योगितामा १०० देखि १०४ को उमेर समूहमा ५६.१२ सेकेण्डमा उक्त दूरी पार गरेर नयाँ कीर्तिमान बनाएका हुन् । कुइन्सल्याण्डले कोरोनेसको २०१४ को पुरानो कीर्तिमानलाई ३५ सेकेण्डले […]

चिनियाँ भाषालाई पाकिस्तानले सरकारी कामकाजको भाषा बनायो

इस्लामवाद । पाकिस्तान सरकारले चिनियाँ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिने भएको छ । पाकिस्तानको संसदले देशका विभिन्न शैक्षिक संस्थाहरूमा चिनियाँ भाषाको पाठ्यक्रम राख्ने प्रस्ताव गरेको छ । पाकिस्तानी सञ्चार माध्यम ‘अब तकका अनुसार पाकिस्तान सरकारले चिनियाँ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने निर्णय गरेको हो । चीन र पाकिस्तान भौगोलिक रूपमा एक […]

बेइजिङ्ग टु न्यूयोर्क दुई घण्टामा पुग्ने विमानको चीनद्वारा सफल परिक्षण

बेइजिङ । ‘चाइना एकेडेमी अफ साइन्स’का अनुसन्धानकर्ताहरुको एक समूहले एक हापरसोनिक विमानको सफल परिक्षण गरेका छन् । विशेष हवाई सुरुङ्ग(विन्ड टनेल)मा गरिएको परिक्षणमा विमानले ५६०० माइल प्रति घण्टाको गति लिएको थियो । यसबारे खोजपत्र चीनियाँ जर्नल ‘फिजिक्स, मेकानिक्स एण्ड एस्ट्रोनमी’मा प्रकाशित भएको छ । सो परियोजनाको नेतृत्व चुई काईले गरेका थिए । उनी ‘चाइना एकेडेमी […]

पूर्व पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ पार्टी प्रमुखमा पनि अयोग्य ठहर

काठमाडौं, फागुन १० । पाकिस्तानको सर्वोच्च अदालतले त्यहाँका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई पार्टी प्रमुख पदका लागि अयोग्य ठहर गरेको छ । गत वर्ष भ्रष्टाचारका अभियोग माझ शरिफलाई देशको प्रधानमन्त्रीबाट हट्न आदेश दिइएको थियो । शरिफले भने आफूमाथि लागेको भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका छन् । अदालतले यसअघि कार्यालय छोड्नुले नै उनलाई पार्टीको नेतृत्व गर्न अयोग्य […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...