दुई समुदायबीच भिषण संघर्ष, १ को मृत्यु, ९० घरमा आगो लगाइयो

एजेन्सी । भारतको गुजरातस्थित पाटन जिल्लाको एक गाउँमा दुई समुदायबीच भएको हिंसामा एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । झडपका क्रममा घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको छ । चानसमा प्रहरी चौकीका प्रमुख सीपी सातियाले शनिबार अबेरराति वडावली गाउँमा हिंसा भएको हो । उनले भने, ‘१० कक्षको परिक्षा दिन आएका दुई […]

अमेरिकी आक्रमणमा मोसुलमा ठूलो हताहती, राष्ट्रसंघ चिन्तित

एजेन्सी । संयुक्त राष्ट्र संघले इराकी सहर मोसुलमा ठूलो संख्यामा सर्वसाधारण नागरिक मारिएको रिपोर्टमाथि चिन्ता व्यक्त गरेको छ । इराकका एक वरिष्ठ अधिकारीले ठूलो संख्यामा भएको हताहतीले चिन्ता बढाइरहेको जनाएका छन् । पछिल्ला केही दिनमा अमेरिका नेतृत्वको सेनाले गरेको हवाई हमलामा कम्तीमा पनि २ सय सर्वसाधारण मारिएको जनाइएको छ । अमेरिकी युद्धक विमानले इराकी सेनाका […]

लण्डनमा आतंकवादी आक्रमण, पाँचको मृत्यु, ४० भन्दा बढी घाइते

एजेन्सी । अन्तर्राष्ट्रिय न्यूज एजेन्सीहरुले जनाए अनुसार लण्डनमा ब्रिटानी संसदको बाहिर भएको आतंकवादी आक्रमणमा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुलिस अफिसर समेत रहेका छन् । स्कटल्याण्ड पुलिसका अनुसार संदिग्ध आमक्रणकारी पनि मारिएको छ । घटनामा परि कम्तिमा ४० जना घाइते भएका छन् । घाइतेहरुको उपचारमा एअर एम्बुलेन्सको प्रयोग गरिएको छ । पुलिसका अनुसार […]

छोरीलाई जागिर दिएको विवादपछि मन्त्रीले दिए राजिनामा

एजेन्सी । फ्रान्सका गृहमन्त्री रुनो ल रुक्सले छोरीहरुलाई जागिर दिएको विवाद चर्किएपछि राजीनामा दिएका छन् । उनीमाथि संसदीय सहयोगीका रुपमा दुई छोरीलाई जागिर दिएर सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप लागेको छ । तर उनले आरोपको खण्डन गर्दै सरकारको निम्ति आफू बाधक बन्न नचाहेकाले राजीनामा दिएको बताएका छन् । रुक्सका छोरीहरुले अरु स्थानमा इन्टर्नसीपमा संलग्न हुँदाहुँदै […]

आठ मुस्लिम देशबाट आउने विमानमा ल्यापटप समेत लान रोक

एजेन्सी । अमेरिकी सरकारले मध्यपूर्वका आठ मुस्लिम बहुल देशबाट आउने हवाईजहाजमा ठूलो इलेक्ट्रोनिक उपकरण लैजान रोक लगाएको छ । अमेरिकी गृहमन्त्रालयले चरमपन्थीले हवाई जहाजलाई निशाना बनाउनका लागि नयाँ तरिकाको खोजीका लागेको भन्दै इलेक्ट्रोनिक सामान लैजान रोक लगाइएको हो । मन्त्रालयका अनुसार ल्यापटप, ट्याब्लेट, डीभीडी र इलेक्ट्रोनिक गेममा बम लुकाएको हुनसक्ने भन्दै रोक लगाइएको हो । […]

विश्वमा अर्बपतिको संख्या १३ प्रतिशत बढ्यो, विनोद चौधरी १५६७ औं स्थानमा

एजेन्सी । विश्वका अर्बपतिहरुको सूची सार्वजनिक भएको छ । विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गर्दै आएको विश्वविख्यात पत्रिका फोब्र्सले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यसवर्ष पनि माइक्रोसफ्टका संस्थापक बिल गेट्स नै पहिलो स्थानमा छन् । उनको सम्पत्ति ८६ बिलियन डलर रहेको बताइएको छ । जबकी अघिल्लो वर्ष उनको सम्पत्ति ७५ बिलियन डलर थियो । दुई नम्बरमा रहेका […]

जापानको घट्दो जनसंख्याका कारण यसरी हुनेछ कुनै दिन खाली

एजेन्सी । जापानमा जनसंख्याको घट्दोदर कायम रहने हो भने कुनै दिन एक जनामात्रै हुने तथ्य बाहिर आएको छ । जापानीहरुमा परिवार र सन्तान उत्पादनमा बढ्दो नैराश्यताको विश्लेषणसहित यस्तो निश्कर्ष निकालिएको हो । तोहोकु विश्वविद्यालयका शोधकर्ताले यही निश्कर्षपछि डुम्जडे क्लक (प्रलयको दिनको अन्दाज लगाउने घडी) बनाएका छन् । यसका अनुसार जापानमा वर्तमान ‘यौन संकट’ को अर्थ […]

बेलायतले २९ मार्चबाट ईयू छाड्ने प्रक्रिया सुरु गर्ने

एजेन्सी । बेलायतले यही मार्च २९ देखि युरोपेली संघ (ईयू) बाट बाहिरिने प्रक्रिया सुरु गर्ने भएको छ । बेलायती प्रधानमन्त्री थेरेसा मेका प्रवक्ताले आगामी बुधबारबाट यस सम्बन्धि सन्धीको धारा ५० का अनुसार ईयू छाड्ने प्रक्रिया सुरु हुने जनाएका छन् । बेलायती प्रधानमन्त्रीको कार्यालयले अब युरोपेली संघमा बाँकी रहने २७ देशलाई चिठी लेख्ने जनाएको छ । […]

नर्वे विश्वकै खुसी मुलुक, मध्य अफ्रिकी गणतन्त्र सबभन्दा दुःखी

एजेन्सी । युरोपेली मुलुक नर्वे विश्वकै सबैभन्दा खुसी मुलुक बनेको छ । संयुक्त राष्ट्रसंघको विश्व खुसी रिपोर्टमा डेनमार्कलाई उछिन्दै नर्वे एक नम्बरको खुसी मुलुक बनेको छ । संसारकै खुसी राष्ट्रको सूचीको शीर्ष १० मा नर्वेपछि डेनमार्क, आईसल्याण्ड, स्वीट्जरल्यान्ड, फिनल्यान्ड, नेदरल्यान्ड, क्यानडा, न्युजिल्यान्ड, अस्ट्रेलिया र स्विडेन रहेका छन् । यसैगरी संसारकै सबैभन्दा दुःखी राष्ट्रको शीर्ष १० […]

सिरियाको दमास्कसमा सरकारी सेना र विद्रोहीबीच भिषण संघर्ष

दमास्कस । सिरियाको  राजधानी दमास्कसको बाहिरी क्षेत्रमा सरकारी सेना र विद्रोहीबीच भीषण संघर्ष भएको छ । विद्रोहीले शहरलाई घेरा हालेर आक्रमण सुरु गरेपछि राष्ट्रपति बसर अल असदका सेनाले त्यसको कडा प्रतिकार गरेका हुन् । सरकारी सेनामाथि आक्रमण गर्ने क्रममा विद्रोहीले जोवार जिल्लामा दुईवटा आत्मघाती कार बम समेत विस्फोट गराएका थिए । विद्रोहीले घातक हमला गरेपछि […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...