रुसी यात्राको ऐतिहासिक महत्व

रुस विश्वसर्वहारावर्गका महान् नेता लेनिनको नेतृत्वमा महान् अक्टुबर समाजवादी क्रान्ति सम्पन्न गरेर विश्वलाई नयाँ युगमा प्रवेश गराएको देश हो । रुस मजदूर वर्गले आफ्नै तागतले सत्ताकब्जा गरेर सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्ने विश्वमा पहिलो देश हो । रुस लेनिन–स्टालिनले निर्माण गरेको र विश्वक्रान्तिको उद्घोषको गौरव गाथाले भरपूर्ण देश हो । रुसी अक्टुबर समाजवादी क्रान्ति वस्तुतः पुँजीवादमाथि […]

“मुठ्ठी” चिन्हमा भोट माग्दै क्रान्तिकारी माओवादीका शीर्ष नेताहरु

काठमाडौं । निर्वाचन नजिकिदै जाँदा क्रान्तिकारी माओवादीका र मोर्चाका शीर्ष नेताहरु “मुठ्ठी” चिन्हमा भोट माग्न जिल्ला जिल्लामा पुगेका छन् । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ आफ्नो स्वास्थ्यको प्रतिकूलता वेवास्ता गर्दै देजमोका उम्मेदवारहरुको पक्षमा भोट माग्न चितवन पुग्नुभयो । चुनावी प्रचारको अन्तिम दिन काठमाडौंको सतुङगलमा आयोजित “वेपत्ता योद्धाहरुको स्मरण तथा चुनावी सभा” कार्यक्रमलाई सम्बोधन गर्दै मुठ्ठी […]

संसदीय निर्वाचन र देशको भविष्य

दोस्रो संविधान सभाद्वारा पुरानै संसदीय बहुदलीय व्यवस्थाको आंशिक सुधारसहित पुनःस्थापना भएको छ । यसै व्यवस्थाअन्तर्गत स्थानीय निर्वाचन भइसकेको छ र अहिले प्रतिनिधि तथा प्रदेश सभाहरुको निर्वाचन हुन गैरहेको छ । यो वेला सकारात्मक र नकारात्मक दुबै दृष्टिले चुनावी माहोल तातिएको छ । ठीक यसै प्रसङ्गमा संसदीय व्यवस्था, निर्वाचन र देशको भविष्यबारे हाम्रा सामु कतिपय गंभीर […]

युरोपमा पेस्कोको निर्माण र विश्वमा नयाँ ध्रुवीकरण

युरोपका २३ वटा देशले युरोपियन युनियनको मातहतमा रहने गरी एउटा स्थायी संरचित सहयोग (Permanent Structured Cooperation) अर्थात PESCO (पेस्को) नामको साझा सैन्य संगठन निर्माण गर्न युरोपेली संघीय परिषद (Council of the European Union) लाई संयुक्त सुझाव दिएका छन् । अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, क्रोएसिया, साईप्रस, ईस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, ईटली, लाटभिया, लिथुआनिया, […]

नेपालमा सर्वहारावर्गको नेतृत्वमा क्रान्ति आवश्यक तथा सम्भव दुवै छ : क्रान्तिकारी माओवादी

काठमाडौंं । महन् अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकीको ऐतिहासिक दिनको अवसरमा पार्टीको तर्फबाट नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले एक प्रेस–वक्तव्य जारी गर्नुभएको छ । नोभेम्बर ७ अर्थात् मंगलबार जारी गरिएको वक्तव्यको पूर्ण पाठ यस्तो रहेको छ : “रुसमा लेनिनको नेतृत्व रहेको सर्वहारा वर्गको राजनीतिक पार्टीद्वारा १९१७ अक्टोबर २५ (नोभेम्बर ७) मा सर्वहारा समाजवादी क्रान्ति सम्पन्न […]

यस्तो छ देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको चुनावी घोषणा–पत्र

प्रतिक्रियावादी र अवसरवादी तत्वहरुको – भण्डाफोर गरौं ! देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारलाई – विजयी गराऔं !!                                                                               […]

देजमोका उम्मेदवारहरुलाई विजयी बनाउन जनसमुदायमा महासचिव किरणको अपील

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले जनसमुदायको नाममा एक सार्वजनिक अपील जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चाका उमेदवारहरुलाई विजयी बनाउन हार्दिक अनुरोध गर्नुभएको छ । महासचिव किरणले मोर्चा राष्ट्रिय स्वाधीनताको रक्षा, संघीय जनतणतन्त्रको स्थापना र जनजीविकाको पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट पार्दै आम जनसमुदायसित देजमोका उम्मेदवाहरुको पक्षमा मतदान गर्न हार्दिक अनुरोध […]

हाम्रो क्रान्तिबारे

हालसालै म क्रान्तिबारे सुखानोभका टिप्पणीहरु हर्दै थिएँ । दोस्रो इन्टरनेशनलका सबै महापुरुषहरुको जस्तै हाम्रा सबै निम्नबर्जुवा जनवादीहरुको पण्डित्याईं पनि यहाँ विशेष स्पष्टतासहित देखा पर्न जान्छ । यिनीहरु सा¥है काँतर मात्र भएका होइनन्, जर्मन आदर्शबाट अलिकता पनि पछि हट्ने प्रश्न उठ्नासाथ यिनीहरुका सबभन्दा गतिला मान्छेहरु पनि नानाथरीका बहाना बनाएर आफ्नो बचावट गर्न खोज्छन् । यो विशेषताबाहेक, […]

लेनिन र अवसरवाद–विरोधी संघर्ष

जनवरी २९, १९२४ का दिन हाम्रो शताब्दीका एक महान विभूतिको निधन भएको थियो । सो विभूति हुनुहुन्थ्यो– विश्व सर्वहारावर्गका महान नेता तथा गुरु भ्लादिमिर इलिच लेनिन । लेनिन महान अक्टोवर समाजवादी क्रान्तिका प्रमुख संगठनकर्ता तथा नेता हुनुहुन्थ्यो । पहिले पहिलेका क्रान्तिहरुबाट एकदमै भिन्न उक्त क्रान्ति बिसौं शताब्दिको पहिलो विश्व–ऐतिहासिक महत्वको घटना थियो, जसले विश्वको छ […]

महान् अक्टोबर समाजवादी क्रान्ति र त्यसबाट लिनुपर्ने शिक्षा

 अहिले संसारभरका कम्युनिस्टहरुले महान अक्टोबर समाजवादी क्रान्तिको सत्वार्षिकी कार्यक्रम मनाइरहेका छन् । रसियन सामाजिक जनवादी लेवर पार्टी (बोल्सेविक), जो पछि रुसी कम्युनिस्ट पार्टी (बोल्सेविक) बन्यो, को नेतृत्वमा सन् १९१७ अक्टोवर २५ (नयाँ क्यालेण्डर अनुसार ७ नोभेम्बर)का दिन यो क्रान्ति भएको थियो । यो क्रान्तिले विश्वमा दोश्रो पटक पुरानो प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त पारी सर्वहारा वर्गको नयाँ […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...