पर्यटक प्रवेश शुल्कबाट तीन महिनामा साढे ४ करोड

सोलुखुम्बु, ११ पुस । खुम्बु प्रवेश गर्ने विदेशी पर्यटकबाट साढे ४ करोड रुपैयाँभन्दा बढीशुल्क उठेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले पछिल्लो तीन महिनामा ४ करोड ४७ लाख १६ हजार रुपैयाँ उठाएको हो । अक्टोबर १ तारिख देखि खुम्बु प्रवेश गरेबापत एक जना पर्यटक बराबर २ हजार रुपैयाँ उठाउन थालेको गाउँपालिकाका प्रवक्ता लाक्पाछिरि शेर्पाले जानकारी दिए […]

एनआइसी एशिया बैंकको बाजुरा शाखा सञ्चालनमा ल्यायो

काठमाडौं, ५ पुस । एनआइसी एशिया बैंकले दुर्गम तथा ग्रामिण भेगमा समेत सेवा बिस्तार गर्ने उद्देश्य सहित बाजुरामा शाखा सञ्चालन गरेको छ । बैंकले यूकेएडको एक्सेस टू फाइनान्ससंगको सहकार्यमा यो शाखा सञ्चालनमा आएको हो । नेपाल राष्ट्र बैंककका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले बाजुरा शाखाको उद्घाटन गरेको हो । उनले ग्रामिण तथा दुर्गम स्थानका जनताहरुबिच […]

जर्मनीले नेपाललाई १ अर्ब बढी अनुदान दिँदै

काठमाडौं । संघीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई अतिरिक्त विकास अनुदानस्वरुप करिब रु एक अर्ब ८१ करोड ५० हजार प्रदान गर्ने घोषणा गरेको छ । दुईसय २० किलोभोल्ट दमौली–लेखनाथ जलविद्युत् प्रसारण लाइनअन्तर्गत ४३ किलोमिटर प्रसारण लाइन निर्माणका लागि जर्मनीले उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको यहाँस्थित जर्मन राजदूतावासले जनाएको छ । जर्मन डेभलपमेन्ट बैंकमार्फत उक्त […]

सरकारी लगानीमा खोलिएका ९५ प्रतिशत पसल बन्द

धनकुटा, ४ पुस । उपभोक्तालाई सहज तथा सुलभरुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सरकारी लगानीमा पुर्वका विभिन्न पहाडी जिल्लामा खोलिएका अधिकांश सहकारी पसल बन्द भएका छन् । यस्ता पसल बन्द भएपछि कोसी पहाडी जिल्लामा मात्र सरकारले लगानी गरेको करिब पौने २ करोड बजेट बालुवामा पानी सरह भएको छ । कोसी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, […]

बूढीगण्डकी बनाउन स्वदेशबाटै ३ खर्ब ६७ अर्ब

काठमाडौं, ४ पुस । १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि स्वदेशबाटै २ खर्ब ७० अर्बदेखि ३ खर्ब ६७ अर्ब रुपैयाँसम्म लगानी जुटाउन सकिने एक अध्ययनले देखाएको छ । मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठन गरेको अध्ययन समितिले आयोजना स्वदेशी लगानीबाटै निर्माण गर्न सकिने प्रतिवेदन सरकारलाई बुझाएको छ । १२ […]

इन्धनबाट मासिक ४२ करोड घाटा बेहोर्दै निगम

काठमाडौं, २९ मंसिर । नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाए पनि मासिक ४२ करोड रुपैयाँ घाटा छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि निगमले गत साता पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यासको मूल्य बढाएको थियो । डिजेल र ग्यासमा घाटा खाएर बेच्नु पर्दा निगमले घाटा बेहोर्नु परेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । […]

३ खर्ब ६१ अर्ब ४० करोड ४१ लाख रुपैयाँबराबरका नोट जलाइयो

काठमाडौं, २८ मंसिर । नेपालमा कागजी नोट सुरु भएको ७२ वर्षमा नेपाल राष्ट्र बैंकले ३ खर्ब ६१ अर्ब ४० करोड ४१ लाख रुपैयाँबराबरका नोटहरू जलाएको छ । चलनचल्तीमा रहेका कागजी नोटको सरदर आयु २ देखि ५ वर्षसम्म रहने राष्ट्र बैंकको भनाइ छ । आर्थिक वर्ष ०७३–७४ मा मात्र विभिन्न दरका २५ अर्ब ७५ करोड ४२ […]

वीरगन्ज भन्सारबाट चार महिनामा ५ अर्बको मोटरसाइकल

काठमाडौं, १९ मंसिर । भारतसँग जोडिएको नाका मध्ये मुख्य नाका वीरगन्जबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ५ अर्ब रुपैयाँँभन्दा बढीका मोटरसाइकल भित्रिएका छन् । चारपांग्रे सवारीको आयात पनि यो अवधिमा बढेको भन्सार कार्यालयले जनाएको छ । बस, मिनी बस र पिकअप गाडीको आयात भने घटेको छ । जिप, कार, भ्यान र मोटरसाइकलजस्ता सवारी साधन राजस्वमा […]

बढिरहेको छ विद्युत उत्पादन

केही समयअघि मात्रै बुटवल पावर कम्पनी (बिपिसी)ले पाँच वर्ष्भित्र १००० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ चीनका तीनवटा प्रतिष्ठित इन्भेस्टमेन्ट कम्पनीसँग लगानीको साझेदारी गरेको छ । दुई खर्बको लगानी साझेदारी गर्दै कम्पनीले यस्तो महत्वाकांक्षी आयोजना निर्माणका लागि काम अगाडि बढाएको छ । यसका लागि बिपिसी र चिनियाँ कम्पनीले नयाँ कम्पनी एसटिआइभी इन्टरनेसनल नेपाल हाइड्रो डेभलपमेन्ट […]

प्याजको मूल्य बढेर प्रतिकिलो १५० रुपैयाँ पुग्यो

१४ मंसिर, काठमाडौं । भारतले प्याजको निकासीमा कडाइ गरेपछि नेपाली वजारमा प्याजको मूल्य अकासिएर प्याजको मूल्य प्रतिकेजी १५० रुपैयाँसम्म पुगेको छ । गत शुक्रबार कालिमाटी तरकारी तथा फलफूल बजारमा प्रतिकिलो ८५ रुपैयाँमा प्याज खरिद गरेका उपभोक्ताले त्यसको भोलिपल्टै ११५ रुपैयाँ तिर्नु प¥यो । त्यसयता मंगलबार फेरि प्याजको भाउ बढेर प्रतिकिलो १२५ रुपैयाँ पुगेको छ भने […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...