नेपालको व्यापार घाटा २०१ अर्ब

काठमाडौं–नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले नेपालको व्यापार घाटा २०१ अर्ब पुगेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजको १९ औं स्थापना दिवसको अवसरमा गर्भनर नेपालले सो कुरा बताएका हुन् । नेपालको व्यापार घाटा २०१ अर्ब रहदै गर्दा देशको निर्यात १८ अर्ब र सञ्चितिको स्थिति एक हजार ५४ अर्ब रहेको पनि बताए । उक्त कार्यक्रममा […]

एनएमबीको कर्पोरेट इन्टरनेट बैंकिङ सिस्टम सेवा सुरु

काठमाडौंः एनएमबी बैंकले कर्पोरेट ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ‘एनएमबी कर्पोरेट इन्टरनेट बैंकिङ सिस्टम’ सेवा सुरु गरेको छ । विश्वको कुनै पनि ठाउँबाट आफ्नो कर्पोरेट ग्राहाकहरुले आफ्नो बैंकिङ खाताको विवरण र सुरक्षित कारोबारको प्रक्रियालाई अझै सरल बनाउने लक्ष्यका साथ नयाँ सेवा सुरु गरेका हो । यो सिस्टमबाट सेवाग्राहीहरुले सम्पुर्ण कारोबारको विवरण प्रत्यक्ष रुपमा हेर्न सक्ने बैंकले […]

१३ हजार शिक्षक दरबन्दीको ४ अर्ब रुपैयाँ फ्रिज हुँदै

काठमाडौं । सरकारले नयाँ शिक्षक दरबन्दीको कार्यक्रम अगाडि नबढाउँदा देशभरका विद्यालयका लागि १३ हजार शिक्षकको नयाँ दरबन्दीका लागि छुट्याउने ४ अर्ब रुपैयाँ बजेट फ्रिज हुने अवस्थामा पुगेको छ । अघिल्लो ओली सरकारको निर्णयले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नयाँ शिक्षक दरबन्दीका लागि ४ अर्ब रुपैयाँ विनियोजन गर्नेे प्रतिबद्धता सार्वजनिक गरेको थियो । सरकारले विनियोजित ४ […]

‘उपर्युक्त नीति नहुँदा बजेट कार्यान्वयन भएन’

काठमाडौं । उपर्युक्त नीति र प्रणालीको अभावका कारण हरेक वर्ष प्रभावकारी रुपमा बजेट कार्यान्वयन हुन नसकेको पूर्व अर्थमन्त्रीहरुले बताएका छन् । आर्थिक वर्षको अन्त्यमा हतारिएर बजेट खर्च गर्ने परिपाटीले समग्र मुलुकको विकास सुस्ताएको उनीहरुको भनाई थियो । मिडिया इन्टरनेसनलले राजधानीमा आयोजना गरेको ‘बजेट कार्यान्वयनको अवस्था र पुँजीगत खर्च’ विषयक विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्रीहरुले […]

पोल्ट्रीमा विदेशी लगानी बढ्दै, स्थानीय ब्यावसायीहरु विस्थापित हुने खतरा

चितवन । नेपालको पोल्ट्री उद्योगमा विदेशी लगानी बढ्दै जान थालेको छ । सरकारले पोल्ट्री उद्योगमा विदेशी लगानीमाथि प्रतिबन्ध लगायको भएपनि केही व्यवसायीले आफ्नो निहीत स्वार्थ पूरा गर्न विदेशी लगानी भित्र्याईरहेका छन् । यसरी गैह्र कानुनीरुपमा पोल्ट्री उद्योगमा विदेशी लगानी भित्रिरहेको भएपनि सरकारको अनुगमन गर्ने निकायको कमजोरीका कारण नेपालको पोल्ट्री व्यवसाय आम किसान र स्थानीय व्यवसायीको […]

माछापुच्छ्रे बैकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौंः माछापुच्छ्रे बैंकले ५० प्रतिशत (२ः१) हकप्रद सेयर निष्कासन मंसिर १९ गतेदेखि निष्काशन गर्ने भएको छ । सय रूपैयाँ मूल्यको एक करोड ९३ लाख २२ हजार सात सय कित्ता सेयरमा आवेदन दिन पौस २४ गतेसम्म पाइने छ । तीन अर्ब ८६ करोड ४५ लाख ४० हजार रूपैयाँ चुक्ता पुँजी रहेको बैंकले ५० प्रतिशत हकप्रद जारी […]

वित्तीय साक्षरता अभियानमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवी नेपालले वित्तीय साक्षरता बढाउने खालका कार्यक्रमहरु संचालन गर्न बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेका छन् । भैरहवास्थित नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा गभर्नर डा. नेपालले वित्तीय साक्षरता बढाउने काममा बैंक तथा वित्तीय संस्थाको भूमिका गहन हुने भन्दै त्यसमा लाग्न आह्वान गरेका हुन् । उनले भने, […]

चीन घुम्न सांसदलाई निगमको २५ लाख

काठमाडौं । उपभोक्ताबाट लिएको रकमबाट नेपाल आयल निगमले २५ लाख खर्चेर सांसदहरुलाई चीन घुमाउन लगेको छ । चीनबाट पेट्रोलियम पदार्थ आयात गर्ने सम्भावना, चीनको उपभोक्ता ऐन, बजारलगायत विषय अध्ययन गर्ने बहानामा ६ सांसदसहित १० जनाको टोली चीन गएको छ । पेट्रोलियम पदार्थको अध्ययन गर्ने भनिए पनि उक्त टोलीमा एकजना पनि प्राविधिक र विशेषज्ञ व्यक्ति छैनन् […]

१३ सयले बढेको सुनको भाउ १४ सयले घट्यो

काठमाडौ । बुधबार १३ सय रुपैयाँले आकाशिएको सुनको भाउ बिहीबार एकै दिन १४ सयले घटेको छ । भारत सरकारले ५ सय र एक हजार दरका भारतीय नोट चलनचल्तीमा लगाएको प्रतिवन्ध र अमेरिकाको राष्ट्रपतिय निर्वाचनका कारण एकै दिन तोलामा एक हजार ३ सय बढेको सुनको भाउ फेरि आज एक हजार ४ सयले घटेको हो । नेपाल […]

भारुको कारोबार रोक्न राष्ट्र बैंकको निर्देशन

भारतीय रुपैयाँ ५ सय र एक हजार नोटको कारोबार तत्काललाई रोक्न बैंक तथा वित्तिय संस्थाहरुलाई नेपाल राष्ट्र बैकले लिखित निर्देशन दिएको छ । भारत सरकारले ५ सय र १ हजारका नोटमा प्रतिबन्ध लगाएलगत्तै नेपालको केन्द्रीय बैंकले पनि कारोबार रोक्न निर्देशन दिएको हो । योसँगै तत्काललाई नेपालमा भारतीय रुपैयाँ सट्टापट्टा तथा कारोबार बन्द भएको छ । […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...