पार्टी अनुशासनबारे कमरेड माओ

“अनुशासनले कार्यदिशा कार्यान्वयनको सुनिश्चित गर्छ, यो बिना, पार्टीले विजयी संघर्ष संचालनका निमित्त जनता र सेनालाई नेतृत्व गर्न सक्ने छैन ।” अध्यक्ष माओको यो निर्देशिकाले अनुशासन तथा कार्यदिशाका बीचको सम्बन्धलाई गहिरो गरी स्पष्ट गर्दछ, यसले पार्टीको कार्यदिशालाई लागु गर्ने र यसका जुझारु कार्यभारलाई सम्पन्न गर्ने काममा क्रान्तिकारी अनुशासनको महत्वलाई दर्शाउंछ । पार्टीको संगठनात्मक अनुशासन यसको कार्यदिशाद्वारा […]

यसरी गरिएको थियो चीनमा साँस्कृतिक क्रान्तिलाई निषेध

साँस्कृतिक क्रान्ति नोकरशाही राजनीतिक विरुद्ध सर्वसाधरण ग्रामीण चिनियाँ जनतालाई शक्तिशाली बनाउने पहिलो प्रयास थियो । यसले एउटा सीमित समयसम्म मात्र सफलता पायो । १९७८ मा देङ स्याओपिङ सत्तामा आएपछि साँस्कृतिक क्रान्तिलाई गरिएको पूर्ण निषेध, वसन्तको कलकलाउँदो अन्नबालीमाथि हठात परेको बाक्लो तुसारो जस्तो थियो । क्रान्तिको पाङ्ग्रा पछिल्तिर घुम्यो र चीनमा विभिन्न क्षेत्रमा विकास हुँदै गएको […]

नेपाली एकता समाज भारतले यसरी मनायो लेनिन जयन्ती

नयाँ दिल्ली । नेपाली एकता समाज भारत नयाँ दिल्ली अन्तर्गत ने.क.पा को स्थापना र १४८ औ लेनिन जयन्ति भव्य रूपमा मनाइएको छ । नेपाली एकता समाज भारत केन्द्रीय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा केन्द्रीय उपाधक्ष्य राजु शर्मा, सोभाखर अधिकारी राज्याधक्ष्य हरि थापा र केन्द्रीय कार्यालय सदस्य सिब दाहाल र रमेश गैरेको उपस्थिती थियो । त्यसैगरि भारतको […]

माकेका केन्द्रीय सदस्य, प्रदेश सदस्य र विप्लवका महाकाली व्यूरो सदस्य क्रान्तिकारी माओवादीमा प्रवेश

कञ्चनपुर । पछिल्लो समय नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गरी नेकपा (क्रान्तिकारी माओवादी)मा ध्रुवीकृत हुनेहरुको संख्या दिनदिनै बढ्दै गएको छ । सोमबार मात्र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका महाकाली व्यूरो सदस्य दिपक ओझाले एक प्रेस वक्तव्य जारी गर्दै नेकपा परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश गरेको जनाउनु भएको छ । नेकपासँग […]

‘संसदीय व्यवस्था स्वीकार गर्नेहरु कम्युनिष्ट होइनन्’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्नका लागि लेनिन, अक्टोबर क्रान्ति र लेनिनले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा गरेको योगदानका विषयमा गहन अध्ययन गर्न आवश्यक रहेको विचार व्यक्त गर्नुभएको छ । संसदीय व्यवस्थालाई क्रान्तिको हितमा उपयोग गर्न […]

अखिल नेपाल क्रान्तिकारी अटो मेकानिक्स श्रमिक मजदुर संघ काठमाडौंको जिल्ला सम्मेलन सम्पन्नः अध्यक्षमा घिमिरे

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी अटो मेकानिक्स श्रमिक मजदुर संघ काठमाडौंको जिल्ला सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनले बैकुण्ठ घिमिरेको अध्यक्षतामा २१ सदस्यीय  जिल्ला समिति गठन गरेको हो । सो कमिटिको उपध्याक्षमा प्रकाश श्रेष्ठ, राजकुमार थापा, सुधीर बस्नेत, सचिवमा बुद्ध लामा, कोषाध्यक्षमा अर्जुन कुमार र सदस्यहरुमा धीरज ठकुरी, मोहम्मद सहबुद्दिन, […]

१२९ औं मई दिवसको अवसरमा क्रान्तिकारी ट्रेड यूनियन महासंघले जारी गरेको अपील

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले १२९ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा एक सार्वजनिक अपील जारी गरेको छ । महासंघको केन्द्रीय समितिले ‘उदारीकरणका नाममा बनेका श्रमिक विरोधी कानुनको विरोध गरौँ !  तलव वृद्धि, रोजगारीको सुनिश्चितता लगायत मौलिक हकका लागि संघर्ष गरौँ !!’ शीर्षकमा जारी गरेको अपीलमा श्रमिक वर्गले […]

लेनिन जयन्तीको अवसरमा ‘नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्न’ क्रान्तिकारी माओवादीको विशेष अपील

काठमाडौं । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका महान नेता लेनिनको जन्मदिवस तथा कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)ले एक वक्तव्य जारी गर्दै क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध भई दलाल तथा नोकरशाही पँुजीपति र सामन्तवर्ग सहित साम्राज्यवादी तथा विस्तारवादी उत्पीडनका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दैै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्न विशेष अपील गरिएको छ […]

पार्टी संगठनबारे लेनिनका विचारहरु

“हामीलाई एउटा क्रान्तिकारी संगठन देऊ, हामी रुसलाई पल्टाइदिन्छौं ।”–लेनिन माक्र्स र ऐंगेल्सले विश्व सर्वहारावर्ग र अन्य श्रमिक जनताको मुक्तिको लागि त्यसको संघर्षको बाटोलाई आलोकित गर्ने क्रान्तिकारी सिद्धान्तको प्रतिपादन गरे, जसलाई माक्र्सवाद मानिएको छ । उक्त सिद्धान्तको एउटा प्रमुख प्रस्थापना के छ भने सर्वहारावर्गको मुक्तिको लागि त्यसको आफ्नो स्वाधीन पार्टीको ठूलो आवश्यकता छ । माक्र्सवादका प्रवर्तकहरुले […]

आज लेनिन जयन्ती, क्रान्तिकारी माओवादीद्वारा विशेष कार्यक्रमको आयोजना

काठमाडौं । आज वैशाख ९ गते अर्थात् अप्रिल २२ । विश्व सर्वहारावर्गका महान नेता भिआइ लेनिनको जन्म दिन । आजैका दिन नेपालमा ‘नेपाल कम्युनिस्ट पार्टी’को स्थापना भएको थियो । नेपालका कम्युनिष्ट पार्टीहरुले आज पार्टी स्थापना दिवस पनि मनाउने गरेका छन् । लेनिनको विश्व कम्युनिस्ट आन्दोलनमा मात्र नभएर माक्र्सवादको प्रयोग र विकासमा अद्वितीय योगदान रहेको छ […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...