‘संसदीय बाटोबाट शान्तिपूर्ण ढंगले समाजवाद आउँदैन’

“जबसम्म पुँजीवाद हतियारले लैस हुन्छ, तबसम्म क्रान्ति पनि सशस्त्र हुनु अनिवार्य छ ।”  –भ्लादिमिर इल्यिच लेनिन वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोग भूमिका, अतिरिक्त मूल्यको सिद्धान्त, सर्वहारावर्ग हातमा राज्यसत्ता अर्थात् बैज्ञानिक समाजवाद तथा साम्यवाद माक्र्सवादका आधारभूत मान्यता हुन् । माक्र्सवाद सर्वहारावर्गको मुक्तिको सैद्धान्तिक हतियार हो । वर्गीय समाजमा वर्ग संघर्षविना, इतिहासमा बल प्रयोगको भूमिकाविना कहिपनि पनि कहिल्यै पनि […]

संसदीय खेलको एक अध्याय समाप्त

 नेपालका जनताले गरेको महान त्याग, समर्पण, बलिदान र उत्सर्गको परिणामलाई कुत्सित बनाउने प्रतिक्रियावादी, संसदवादी तत्वका उछलकुद र तिनका फोहरी क्रियाकलाप मुलुकमा अहिले छ्याल्लब्याल्ल भएका छन् । पुरानै चरित्र र सार बोकेको संविधान बनाइ नेपाली जनतालाई ढाँट्न सफल रहेका पुराना, यथास्थितिवादी शक्तिहरु नै अहिले पनि हावी भएका छन् । भर्खरै चुनाव सम्पन्न भएको छ । र, […]

महान् लेनिनका सार्वभौम योगदानहरुका सम्बन्धमा

“नांगो संशोधनवाद, जसप्रति मजदुर जनसाधारणको मनमा तुरुन्तै घृणा पैदा हुन्छ, त्यति भयावह र हानिकारक हुदैन, जति मध्यवर्गको त्यो सिद्धान्त जसले अवसरवादी व्यवहारलाई न्यायसंगत प्रमाणित गर्नको लागि माक्र्सवादी सूत्रहरुको उपयोग गर्दछ र अनेकौं कुकर्महरुको साहायताबाट क्रान्तिकारी कारबाही असामयिक छ भन्ने कुरा सिद्ध गर्न प्रयत्न गर्दछ आदि । यो सिद्धान्तका सबैभन्दा कुख्यात प्रवक्ता र साथै दोस्रो ईन्टरनेश्नलका […]

अक्टोबर क्रान्ति र प्रगतिवादी वा समाजवादी यथार्थवादी साहित्य

अक्टोबर समाजवादी क्रान्ति दर्शन, सिद्धान्त, विचार र राजनीतिको एउटा युगान्तकारी अन्तर्राष्ट्रिय परिघटना हो । यो इतिहासकै एउटा त्यस्तो परिघटना हो, जुन माक्र्सवाद र लेनिनवादको महत्वपूर्ण प्रस्थान, स्थापना र व्यवहारिक र सफल प्रयोग हो । इतिहासको निरन्तरतामा त्यसले इतिहासका अग्रगामी तत्वहरुलाई आफूभित्र समेट्दै नयाँ समाजवादी युगको समाजवादी प्रवृत्तिको आरम्भ ग¥यो । अक्टोबर क्रान्तिले संसारभरिका जुन चिन्तनहरु […]

‘देशको सीमा मिचिदा मुकदर्शक बन्ने पार्टी कदापि राष्ट्रवादी हुन सक्दैन’ : सीपी गजुरेल

(स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालमार्फत् क्रान्तिकारी उपयोग गरेको नेकपा (क्रान्तिकारी माओवादी) अहिले तीन महिने संगठन तथा जनपरिचालन अभियानमा जुटेको छ । निर्वाचनपछि मैदान खाली गरेर सत्ताको खिचातानीमा लडिरहेका संसदवादी पार्टीहरुको भण्डाफोर गर्दै फेरि पनि क्रान्तिकारी माओवादी सम्पूर्णरुपले जनतामा गएको छ । संसदीय व्यवस्थामा विरुद्ध नेपालमा फेरि पनि नयाँ जनवादी क्रान्तिको तयारीको […]

नेपालको सीमा अतिक्रमण गर्न इण्डियाका छ वटै तत्व सक्रिय

१. नेपाल भारत दुई देशबीच १७५१ किमी लामो खुला सिमाना छ । नेपालको तीनतिर भारतसित सिमाना जोडिएको छ । नेपालका २८ जिल्लाका ६४० नदी र बाँकी स्थल सीमास्तम्भले छुट्याइएको छ । त्यस्ता सिमानाहरू पर सार्ने, सीमास्तम्भहरू तोड्ने, फोड्ने, भत्काउने, मिच्ने, अतिक्रमण गर्ने र बासोबास गर्ने जस्ता विभिन्न खाले अतिक्रमण भारतीय पक्षबाट अनवरत रूपमा हुँदै आएका […]

नरोकिएको सीमा अतिक्रमण र विस्तारवादका दलालहरु !

नेपालको दक्षिण, पूर्व र पश्चिमको सीमा भारतसँग र उत्तरतर्पmको सीमा चीनसँग जोडिएको छ । सीमासम्बन्धी विवाद चीनसँग त्यति परेको छैन । तर, नेपाल र भारतको बीचमा सीमासम्बन्धी विषयलाई लिएर निरन्तर विवादहरु हुँदै आएको छ । यसो हुनुमा मुख्य कुरा भारतीय शासकवर्गको विस्तारवादी नीति नै जिम्मेवार छ । नेपालमा भारतीय विस्तारवादी शासकहरुले नेपालको कालापानी, सुस्तालगायत सयौं […]

लेनिनको देश रुसमा पुगेर फर्केपछिका अनुभूतिहरु

 रुस विश्वकै पहिलो समाजवादी देश हो । यस देशका मजदूरहरुले भ्लादिभिर इल्यिच लेनिनको नेतृत्वमा सन् १९१७ अक्टुबर २५ (रुसी नयाँ पात्रो अनुसार सन् १९१७ नोभेम्बर ७) का दिन सशस्त्र जनविद्रोहद्वारा सत्ता कब्जा गरेर विश्वमै पहिलो पटक सर्वहारावर्गको अधिनायकत्व स्थापना गरेका थिए । हुन त महान् रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न गर्नु भन्दा पहिले सन १८७१ […]

‘समाजवादी यथार्थवादी साहित्यले क्रान्तिलाई दिशानिर्देश गर्नुपर्छ’

(‘वर्तमान समयमा साहित्य सिर्जना र अक्टोबर क्रान्तिको सान्दर्भिकता’ विषयमा इच्छुक साँस्कृतिक प्रतिष्ठानले शनिबार बहस कार्यक्रमको आयोजना ग¥यो । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, एमाले र माओवादी केन्द्र निकटका स्रष्टा सर्जकहरुको जमघट भएको उक्त बहस कार्यक्रममा वक्ताहरु चैतन्य, निनु चापागाई, प्रा.डा.जगदीशचन्द्र भण्डारी, प्रा.डा.ताराकान्त पाण्डे्य, डा अमर गिरी, रोशन जनकपुरी, सीता शर्मा, सङ्गीत श्रोताले भाग लिएका थिए । कार्यक्रममा […]

कमरेड स्टालिनका योगदानहरुका सम्बन्धमा

 “सुधारवादीहरुको लागि सुधार नै सबथोक हुन्छ र क्रान्तिकारी काम त कुनै भैपरि आउने कुरो मात्र रहन्छ । त्यही कारणले गर्दा पुँजीवादी शासन अन्तरगत सुधारवादी कार्यनीति अपनाइँदा, अनिवार्य रुपले त्यो शासनलाई बलियो पार्ने र क्रान्तिलाई छिन्न भिन्न पार्ने साधन बन्न जान्छ । त्यसको उल्टो क्रान्तिकारीहरुको लागि मुख्य कुरो क्रान्तिकारी काम हो, सुधार होइन, उसको सुधार त […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...