माओवादी केन्द्रको एमालेमा विलय, कार्यकर्तालाई विद्रोह गर्न विद्रोही नेताको आव्हान

काठमाडौं । प्रधानमन्त्री खड्ग प्रसाद ओलीको सरकारी निवास बालुवाटारमा साेमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठले माओवादी केन्द्रलाई एमालेमा विलय गराउने सात बुँदे सहमतिमा हस्ताक्षर गरे । पार्टी एकताको नाम दिइए पनि यो सात बुँदे सहमतिमा हस्ताक्षर गरेर प्रचण्ड, बादल र काजी पार्टीको पथप्रदर्शक सिद्धान्त ‘माओवाद’ छोडेर एमालेको पथप्रदर्शक […]

२३ औं जनयुद्ध दिवसमा क्रान्तिकारी माओवादीको दीप प्रज्वलनदेखि कम्ब्याटसहित युवा मार्चपाससम्म

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले देशैभर २३ औं जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ । केन्द्रीय स्तरमा क्रान्तिकारी माओवादी र नेकपाले संयुक्त रुपमा काठमाडौंको भृकुटीमण्डप स्थित राष्ट्रियसभा गृहमा विशेष कार्यक्रमको आयोजना गरियो भने अधिकांश जिल्लामा क्रान्तिकारी माओवादीले एकल रुपमा र केही जिल्लामा संयुक्त कार्यक्रमहरु गरिए । प्राप्त समाचार अनुसार दैलेख, प्युठान, मकवानपुर, नवलपरासीलगायतका जिल्लामा नेकपासँग […]

दृश्यमा क्रान्तिकारी माओवादी र नेकपाले संयुक्त रुपमा मनाएको २३ औं जनयुद्ध दिवस

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपाले देशैभर २३ औं जनयुद्ध दिवस संयुक्त रुपमा मनाएका छन् । जनयुद्धले धक्का खाएको र प्रतिक्रान्ति हावी भएको स्थितिमा फेरि क्रान्तिको उद्घोष गरिरहेका यी दुई पार्टीले संयुक्त रुपमा मनाएको जनयुद्ध दिवस र दिवस समारोहमा दुवै पार्टीका नेताहरुले व्यक्त गर्ने विचारलाई उत्सुकतापूर्वक हेरिरहेका क्रान्तिकारी पंक्ति र जनतालाई यो कार्यक्रमले क्रान्तिकारीहरु […]

२३ औं जनयुद्ध दिवस मनाउनुको अर्थ

यस पटकको २३ औं जनयुद्ध दिवस मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संयुक्त रुपमा देशैभर मनाउँदै छन् । जनयुद्धको २३ औं दिवस मनाउँदै गर्दा यी दुई पार्टीले नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गरी वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने उद्घोष गर्ने अपेक्षा क्रान्तिकारी पंक्तिले गरिरहेका […]

यो परिस्थितिमा क्रान्तिकारीहरु एउटै ठाउँमा हुनु पर्दछ : महासचिव किरण

‘पार्टी एकता र फुटको मूल पक्ष भनेको विचार हो । क्रान्तिकारी र अवसरवादीहरु एउटै ठाउँमा रहने स्थिति रहन्न ।’ (महान जनयुद्धको २३ औं वर्षगाँठ, क्रान्तिकारीहरुबीच भइरहेको एकताको पहल, संगठन तथा जनपरिचालन अभियान लगायतका विषयमा केन्द्रीत रहेर नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’सँग गरिएको संक्षिप्त कुराकानीलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।– स.) ‘महान् जनयुद्धको २३ […]

नेताका अभिभाराहरु

कामरेड माओ चतुङ के भन्नुहुन्छ भने कार्यकर्ताहरुको राम्रो प्रयोग गर्नु र नीति कार्यान्वित गर्नु नेताका अभिभाराहरु हुन् । यो साँचो हो । तिनलाई टुक्रयाउँदा ती निम्न प्रकारका हुन्छन् : क) नेतृत्वदायी कार्यकर्ताहरुले विचारधारात्मक र राजनीतिक नेतृत्वप्रति निकट ध्यान दिनुपर्छ । यसको निम्ति उनीहरुले निरन्तर रुपमा आफ्नो विचारधारात्मक स्तर उठाउनु र आफ्नो राजनीतिक प्रशिक्षणलाई बलियो पार्नुपर्छ […]

मोहन वैद्य‘किरण’सँग बालकृष्ण ढुंगेलले डेढघण्टासम्म के कुरा गरे ?

काठमाडौं । जनयुद्धकालीन मुद्दामा डिल्लीबजारस्थित सदरखोर जेलमा सजाय काटिरहेका बालकृष्ण ढुंगेलले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’सँग डेढघण्टा लामो कुराकानी गरेका छन् । ढुंगेललाई भेट्न डिल्लीबजार पुगेका महासचिव किरणसँग उनले लामो कुराकानी गर्दै जनयुद्धकै तत्कालीन कमाण्डर प्रचण्ड सरकारमा हुँदा जनयुद्धको सिपाही आफू जेल पर्नु परेको भन्दै यो कस्तो न्याय हो ? भनेर प्रश्न गरे । […]

‘पार्टीको केन्द्रीकृत नेतृत्वलाई बलियो बनाऊ’

पार्टीको केन्द्रीकृत नेतृत्वलाई बलियो बनाउन सबै तहका पार्टी कमिटीहरुले पार्टीको आधारभूत कार्यदिशालाई आनो प्रस्थान विन्दुको रुपमा ग्रहण गर्नु पर्दछ र महत्वपूर्ण विषयहरुलाई राम्ररी पक्डिनु पर्दछ । महत्वपूर्ण विषयहरुलाई राम्ररी पक्डिनु भनेको प्रधान अन्तरविरोधलाई पक्डिनु पर्दछ भनेको हो । अध्यक्ष माओले औल्याउनु भएको छ, “दुई वा दुई भन्दा बढी अन्तरविरोधहरु भएका जटिल प्रक्रियाको अध्ययन गर्दा हामीले […]

कम्युनिष्ट अन्तर्राष्ट्रियको स्थापनाको आवश्यकताको सन्दर्भमा

“संसारका मजदुरहरु एक होऔं ।” – कार्ल माक्र्स – फ्रेड्रिक एंगेल्स, कम्युनिष्ट घोषणापत्र क्रान्तिकारी अन्र्तराष्ट्रियतावादी आन्दोलन (Revolutionary International Movement) को विघटन पछि आज कम्युनिष्टहरुको कुनै पनि अन्तर्राष्ट्रिय संगठन छैन । आजको युग साम्राज्यवाद र सर्वहारावर्ग बीचको भीषण वर्ग संघर्षको युग हो । विश्वसर्वहारावर्गका महान् नेता भ्लादिमिर लेनिनकै विश्लेषण र शब्दमा “साम्राज्यवादी युग सर्वहारावर्गले पुरा गर्ने क्रान्तिको […]

वैज्ञानिक समाजवाद र चौथो औद्योगिक क्रान्तिः एक बहस

सामान्यतः ७०को दशकको उत्तराद्र्धतिर चीनमा पुँजीवादको पुनस्र्थापना भएपछि र विशेषतः ९०को दशकको पूर्वाद्र्धमा रुसी सामाजिक साम्राज्यवादको विघटन भएपछि साम्राज्यवादका पक्षधरहरुले माक्र्सवाद असफल भएको, समाजवादको भविष्य समाप्त भएको र पुँजीवाद निर्विकल्प बन्न गएको भन्ने कोकोहोलो मच्चाउंदै आएका छन् । रुस तथा चीनमा भएको प्रतिक्रान्ति पछि विश्वमा कहीं पनि सर्बहारा क्रान्ति सफल नभएको र पेरु तथा नेपालमा […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...