आज १८ दिसम्वर स्तालिनको जन्म दिन हो । यसै सन्दर्भमा स्तालिनका योगदानहरुको सश्मरणले महत्व राख्दछ ।
उहाँवारे रचिएका निम्न तीन लेखहरु समावेश गरिएको छ, जसले
स्तालिले माक्र्सवाद—लेनिनवादको विकासमा र रुसमा पहिलो समाजवादी नीर्माणलाई अगाडि बढाउन खेलेको भूमिकावारे पाठकहरुलाई बुझन सजिलो भनेर निम्न तीन शिर्षकहरुमा स्तालिनले खेलेका महत्वपूर्ण भूमिका र योगदानवारे चर्चा गरिएको छ ।

१ सर्वहारा क्रान्तिमा स्तालिन र क्रान्तिप्रति उहाँको दृढ संकल्प
१८९९ मा जब स्तालिनलाई माहाबिधालयबाट निस्कासन गरीयो । त्यसको घेरै बर्ष पछि उहाँले भनेको थियो “ म आपmनो सामाजिक अवस्थाकै कारण माक्र्सवादी बने, माक्र्सवादी बनेकै कारण जेलनेल खानु प¥यो र त्यही कठोर दमनको कारण नै मलाइ माहाबिधालयबाट बेइज्जतिपूर्वक कुल्चेर निकाले ।”
यही जर्जियाई युवक स्तालिन पछि गएर मजदुरहरुको एउटा कुशल संगठनकर्ता बन्नु भयो र अनेक गुप्त नामबाट उहाँले आपm्नो राजनीतिक र सामाजिक जीवन विताउन थाल्नु भयो । स्तालिनको अर्थ जर्जियन भाषामा स्पात–पmौलादको मानिस हो ।
जब उहाँले लेनिनका कितावहरू पढनु भयों, उहाँका विचारहरू स्विकार गर्नु भयो र जीवनभर लेनिनका बपmादार समर्थक बनिरहनु भयो । चार पटक त उहाँ जेलबाट भागेर हिंडनु भयो । १९१३मा पाँचांै पटक उहाँलाइ गिरफ्तार गरेर येनेसी नदी जहाँ गएर आर्कटीकमा खस्छ, त्यही उहाँलाइ निर्वासनमा पठाइयो । आपmनो निर्वासनको समयलाई उहाँले अध्ययन र लेखनमा लगाउनु भयो र त्यस दौरानमा उहाँले लेखेको एउटा महत्वपूर्ण किताव “रूसमा जातीयताको समस्या” उल्लेखनीय छ । यसैकारण १९१७ मा कम्युनिस्टहरुले सत्ता लिएपछि उहाँ जातीय मन्त्री बनाइनु भयो ।


१९२२ मा स्तालिनलाइ रूसी कम्युनिस्ट पार्टीको माहासचिवमा छानीयो । स्तालिनले संगठकको काम जारशाही रूसमा भूमिगत रहेर गर्नु भएको थियो । पार्टीको माहासचिव तथा पोलिटब्युरोको सदस्यको रूपमा स्तालिन ती पाँच व्यक्तिहरूमा पर्नु हुन्थ्यो जसमा लेनिन, कामनेब, त्रास्की, बुखारीन, स्तालिन जसले “ नीति” निर्माण गर्ने काम गर्दथे । ती मध्ये लेनिन सर्वमान्य नेता हुनुहुनथ्यो । कामनेब बिभिन्न कार्यहरुका लागि लेनिनका साहायक थिए । त्रास्की गृहयुद्धको तथा बुखारीन प्रेस तथा प्रचार कार्यको जिम्मेवार थिए । जिनोवियव, जो पछि पोलिटब्युरोको सदस्य भए, कम्युनिस्ट अन्तराष्ट्ीयको अध्यक्षको रूपमा महत्वपूर्ण पदमा थिए । त्यसैले स्तालिनलाइ पार्टी संगठनको दैनिक कामको जिम्मा दिईयो । उहाँको कार्यकुशलता कै कारण स्तालिनले राष्ट्रमाथि पार्टीको बर्चस्व स्थापीत गर्न सफल हुनु भयो । जब लेनिनको मृत्यु भयो, त्यसपछि उहाँमाथी देश र पार्टीको जिम्मेबारी सुम्पीयो । उहाँले कठिन समयमा पनि रूसमा र विश्वमा नै समाजवादको झण्डालाई उचा साख्न सफल हुनु भयो ।
त्यसैले पुँजीवादी र साम्राज्यवादी देशका शासक वर्गहरू र उनका पाल्तु कुकुरहरुले स्तालिनलाई बिश्वका पmासिष्ट तानाशाहाहरू हिटलर, मुसोलिनी, सुहार्तो, मार्कोस र इदी अमीनको समकक्षमा राख्ने गर्छन् । स्तालिनको व्यक्तित्व र कृतित्वको गहन अध्यन विना केवल यीनै साम्राज्यवादी र पुँजीवादी लेखकहरू र उनीहरूद्वारा संचालित संचार माध्यमहरूलाई आधार वनाएर आपmूलाइ कम्युनिस्ट भन्नेहरुले समेत स्तालिनको विरोध गर्ने गरीन्छ । समर्थकहरूले, मात्रै होइन आपmूलाइ कम्युनिस्ट भन्नेहरूले समेत स्तालिनको बारेमा बोल्दा, लेख्दा उहाँका सकारात्मक भन्दा नकारात्मक पक्षहरूलाई नै बढता लेख्ने गरेको पाइन्छ ।
स्तालिनको व्यक्तिगत चरीत्रका बारेमा अन्ना लुइको अनुभव यस्तो थियो “ स्तालिनको निजी व्यवहार बिनम्र, सीधा र सरल थियो । समस्याहरुमाथिको बिश्लेषण असाधारण सीमासम्म थियो । हरेक विचारहरुको नापतौल कसरी गर्ने भन्ने प्रबिधी उहाँले राम्ररी जानेको थियो । एक जना बुर्जुग बोल्सेबीकले अन्नालुइसंग भनेका थिए “मलाइ यो राम्रो संग याद छ एक जना चुपचाप नौजबान जो कमिटी बैठकमा एउटा किनारमा बस्दथ्यो, कम बोल्दथ्यो र ज्यादै सुन्दथ्यो । अनि अन्त्यमा एक छोटो शब्द बोल्दथ्यो मानौ एक प्रश्नको रूपमा । सुस्त–सुस्त हामीलाइ यो महशुस हुन थाल्यो, हामी सबैको मिलीजुली सोंचलाई उसले सबैभन्दा राम्रोसंग पेश गरीरहेको थियो ।”
यसबाट के थाहा हुन्छ भने उहाँले कसरी आपmनो विचारमा अन्य पार्टी सदस्य र आम जनताको समर्थन गराउनु हुन्थ्यो । किनकी “ लाइन” तय गर्नुभन्दा अगाडीनै उहाँले बहुमतको जाँच लिनुहुन्थ्योे । यसरी उहाँको दिमाग एक तानाशाहाको दिमाग थिएन, जसले यो मान्दछ की बहुमतको इच्छाको बिरुद्ध पनि हुक्म मनाउन सकिन्छ । साथै उहाँसँग त्यस्तो निस्कृय प्रजातन्त्र—प्रेमीको दिमाग पनि थिएन, जसले मतदानको इन्तजार गर्दछ र त्यसलाइ अन्तिम पmैसालाको रूपमा स्वीकार गर्दछ । स्तालिनलाइ थाहा थियो कि गम्भीर राजनैतिक कारबाहीको लागि बहुमतको समर्थन अनिबार्य हुन्छ, साथै उहाँलाई यो पनि ज्ञान थियो कि बहुमत कसरी बनाउन सकिन्छ । उहाँ सर्बप्रथम समूहका बिचारहरूको गहीराईमा जानु हुन्थ्यो र पmेरी जहाँतक बहुमतको आपmनो साथमा लिएर चल्नु हुन्थ्यो त्यहाँतक आपmनो भनाई भनेर पmैसालालाई प्रभाबीत गर्ने गर्नु हुँदैनथ्यो ।
आन्दोलनमा जनताको महत्व र नेता र जनताकोबीचको सम्बन्धका बारेमा उहाँको भनाई थियो “व्यक्ति आन्दोलनको पछाडि रहने होइन किन कि यसको मतलब अलग थलग पर्दै जानु हो …….तर दौडेर अगाडि पनि जानु हुँदैन किनकी यसको मतलब जनताको सम्पर्कबाट टाडीनु हो ।”
यहि लक्ष्य हो जसले स्तालिनलाई जनतासँग सधै वाँधि रहयो, सपmल बनाइ रहयो र त्यसको लागि उहाँले हरसमय प्रयासपनि गरी रहनु भयो । एउटा नेतृत्व कर्मिको लागि केबल जनताको इच्छालाई सम्भmने मात्रै होइन वरु त्यसलाइ कारवाहीको लागि मुक्तगर्नमा पनि समर्थ हुनु आबस्यक छ । अन्नाका अनुभवमा स्तालिन कहीले पनि “माहान शासक” भएनन वरु जनता, पार्टी र पार्टी कार्यकर्ताको निम्ति “माहान शिक्षक” भए । “स्तालिनको पmैसला” “ स्तालिनको आदेश” नभै “ सरकारको आदेश” “सरकारको पmैसाला” “ पार्टी लाइन” को रुपमा उहाँले लिनु भयो । स्तालिनवारे अन्नाका यी भनाईहरु आफैमा जीवीत छन, जसलाई अन्य ब्याख्या र प्रमाणको जरुरत पर्दैन ।
पmरबरी १९५३ को अन्तीम सप्ताहमा स्तालिनको मृत्यु भयो, उहाँको मृत्युको कल्पना गर्नै नसक्ने गरी एक जना रूसी युबक जो अटो डइभर पनि थिए, उनले एसोसिइटेड प्रेसलाइ दिएको प्रतिकृयामा भनेका थिए ः “के कुनै लम्बाइ र चौडाइ बिना स्पातको कल्पना गर्न सकिन्छ ? र पानिको विना भोल्गाको र स्तालिनको विना रूसको ।” उहाँको मृत्युमा पm्रान्सले आधा भmण्डा भmुकाउदै आपmनो नेशनल एसेम्बेलीमा मौन धारण गरी राष्ट्यि सलामी दियो “उस नेता…..जसले नाजीहरूबाट बिश्वलाइ बचाउन हाम्रो मुक्ति (संग्राम) मा भाग लिएको थियो । ”
त्यसैगरि हेरी टु्मनले इतिहासका छात्रसंग बसेर यो मन्द तस्बीर खिंचाए “ कुनै परिचीतको मृत्युको खवर सुनेर मलाइ हमेशा यस्तो दुःख हुन्छ ।” पश्चिमा एकजना बिद्धानले लेखेका थिए “यो सताब्दीको उत्तरार्धमा भएका कुनै पनि व्यक्तिको मुकाविलामा दुनीयाँलाई बदल्ने कार्यमा स्तालिनको अधिक भूमिका रहेको छ । हाबर्ड स्मीथ पुन लेख्छनः स्तालिनले कामदारहरुको प्रति पश्चिमाहरूको पुरा रबैया बदली दिए । स्तालिनले तमाम देशहरुमा आपmनै एउटा इतिहाँस बनाए, चाहे आपmनो पक्षमा होस वा बिरोधमा । स्तालिनको मृत्युमा विश्वको एउटा देश मात्रै खुशी थियो त्यो अमेरीका मात्रै थियो ।
स्तालिनले आपmूलाइ रूसको पुरै जीबनमा समाउनु भएको थियो, पुरै तीस सालसम्म उसका उपलव्धीको अभिन्न अंग रहनु भयो र यदि केही खरावी थिए भने त्यस्ता खरावीको पनि । स्तालिनको युग भन्ने आपmनो पुस्तकमा अन्ना लुइ स्टग लेख्छीन ः स्तालिनले आपmनो अन्तिम बर्षमा पनि बुद्धीमतापूर्ण बिश्लेषण गरेर सोबियत संघमा समाजबादका आर्थिक समस्याहरु भन्ने पुस्तक लेख्नु भयो । स्तालिन जसले १९२८ मा एउटा यस्तो देशमा समाजबादको निर्माण आरम्भ गर्नु भयो जुन देश दुश्मनहरुले घेरेको थियो । एउटा पिछडीएको किसान मुलुक थियो । जब स्तलिनले यो काम शुरु गर्नु भयो रूस एउटा निरक्षर किसानहरुको देश थियो । जब काम खतम गर्नु भयो रूस संसारकै दोस्रो औधोगीक शक्ति बनीसकेको थियो । स्तालिनले दुइपटक देशको निर्माण गर्नु भयो —एक हिटलरी हमला भन्दा पहिले र पmेरी युद्धको खण्डहरहरू माथि । यसको श्रेय हमेशा उहाँलाइ दिइनै रहनेछ, यसप्रकारको निर्माणका प्रमुख इन्जीनियर उहाँ नै थियो । स्तालिन भन्ने गर्नु हुनथ्यो की “जनता”नै कुनै पनि राष्ट्रको मूल्यवान सम्पति हुन्छ र यसको यो साछी हो की स्तालिनले गर्दा कृषी, उधोग, बिमान चालक आदीका अगुवा बनेर रुसी जनता निस्कीए ।
सोबियत संघमा १९२८ देखि उहाँले जो समाजवादको पक्षमा अभियान शुरु गर्नु भयो के त्यो भन्दा कम कुनै चीज बाट कहीले समाजबादको निर्माण गर्न सकिन्थ्यो वा सकिदैनन्थ्यो ? पछाडी पmर्केर हेर्दा यो पत्ता लगाउन सकिन्छ की रूसका अरु नेताहरु जस्तै त्रास्की, कामनेब, जिनोबिएब, बुखारीनले कसरी समाजवाद र रूसकै निम्ति पनि बिनासको बाटोहरु देखाएका थिए । जनताको आबस्यकताहरुको समभmदारी जे जति र जस्तो स्तालिनलाइ थियो र आबस्यक हौसला तथा इच्छाशक्तीको जुन दौलत उहाँको साथमा थियो अन्नालुइको बुभmाइमा उहाँमा भन्दा कुनै पनि माथि उल्लेखित नेतासंग थिएन ।
स्तालिनले १९२३ देखि १९५३ सम्मको तीस बर्षको सोबीयत संघको र साथै विश्व समाजवादको निम्ति आफनो सबै शक्ति लगाउनु भएको थियो । यो इतिहाँसको एउटा यस्तो युग थियो, जुन युगले रूसलाइ मात्रै होइन पुरा बिश्वको जीबनलाई परिबर्तन ग¥यो ।
२१ जनवरी १९२४ मा जब लेनीनको मृत्यु भयो, स्तालिनसंग आपmूलाई लेनीनको बपmादार भन्ने आधारहरु थिएः स्तालिन २० बर्ष देखि बोल्सेविक पार्टीका सदस्य भएर १० बर्ष देखि लेनीनसंग कम्युनिस्ट पार्टीको सदस्य भएर लेनिनसंगै काम गरेको अनुभव थियो । ६ बर्षको क्र्रान्तिको आँधीबेहेरीका बर्षहरूमा उहाँले सिधै लेनिनको अन्तरगत रहेर काम गर्नु भएको थियो । बाँकी अन्य नेताहरु लेनिनसंग वेला वेलामा नराम्ररी टकरावमा आएका थिए । त्रास्कीले बर्षौ सम्म र बर्षौ देखि लेनिनको बिरोध गरेका र गर्दै आएका थिए, र क्रान्तिको अन्तिम घडीमा मात्रै आएर साथ दिएका थिए । जिनोबिएब र कामनेबले त उपयुक्त समयमा बिद्रोहको घडीमा गद्वारी गरेका थिए । तर लेनीनले ती सबैलाइ क्षेमा दिनु भएको थियो । ती सबैले गरेको गल्ती र कमजोरिको तुलनामा स्तालिनको गल्ती र कमजोरि ज्यादै कम हुन्थ्यो ।
जब रुसमा जारशाहीको पतन भयो तब “ शान्ति, भूमी र रोटी” नै एउटा लक्ष्य थियो, जसलाइ लेनिनले बाणी दिनु भएको थियो र उहाँको नेतृत्वमा कम्युनिस्टहरूले सर्वहारावर्गको निम्ति सत्ता कव्जा गरे । १९२०को मध्यमा रुसमा यस्तै लक्ष्य “ एक देशमा समाजबाद” थियो, यसलाइ स्तालिनले बाणी दिनु भयो । लेनिनले रुसी क्रान्ति पैदा गर्नु भयो र स्तालिनले रूसी जनताको साथ लिएर संसारको पहिलो समाजबादी देश निर्माण गर्नु भयो ।
“नेताहरु आउछन र जान्छन, तर जनता बनी रहन्छन । केवल जनता र जनता मात्रै नै अमर छन ।” १९३७ अक्टुवरमा सोवियत धातुमा कामगर्ने मजदुरहरुलाई सम्बोधन गर्ने बेलामा स्तालिनले भनेका यी शब्दहरु आज पनि उत्तिकै मार्मिक छन र यी शब्दहरूले कसरी कम्युनिस्टहरु जनता प्रति आदरभाव राख्दछन भन्ने सन्देश दिन्छ । पुँजीवादीहरू र साम्राज्यवादीहरू जनतालाई पैसाले किन्न र वेच्न सकिने एउटा खरिद विक्रिको वस्तु भन्ठान्छन् । वास्तवमा अहीले नै पनि अमेरीकी साम्राज्यबाद र उसका गठबन्धन राष्ट्हरूले अपmगानिस्तान र इराक युद्धको दौरानमा तिनीहरुले ती देशहरूका जनतामाथि गरेका तानाशाहीपूर्ण ज्यादतीहरूको राम्ररी पर्दापmास गर्न मात्रै सक्ने हो भने यसबाट उनीहरूले अपmनो साम्राज्यवादी र तानाशाही करतुतहरूको तुलना विगतका बिश्वका पmासिष्ट तानाशाहाहरू हिटलर, मुसोलिनीले गरेका भन्दा कम छैनन, जसले जनतालाई पशुजस्तै सम्झेर व्यवहार गरेका थिए ।
२.विभिन्न व्यक्तिहरूको दृष्टिमा स्तालिन
स्तालिनको मृत्युमा विश्वका अनेक नेताले स्तालिनको देनबारे भनेका निम्न भनाई अहिले पनि स्तालिनको महत्वबारे स्पष्ट पार्न मट्टत गर्छ ः ‘बिश्वको बर्तमान जनताको राजनीति चाहे जे होस जुन नेताले युरोपलाइ नाजीहरुको पैतालामूनी जान बाट जोगाएर उनिहरूमाथि संयुक्त बिजय दिलाउनका लागि अरू शक्ति भन्दा अधिक प्रयास ग¥यो ।’
जब युद्ध लामो समय सम्म चल्यो, जब उहाँको उमेर पनि ढल्कदै गयो या जब उहाँ बूढो हुदै गयो, र उहाँको शक्ति पनि बढयो तथा जब संघर्षको तनाव पनि बढयो जसको सम्बन्ध बिश्वको भबिस्यसंग थियो, जो भनिन्छ की स्तालिन और ज्यादा निरङकुश बन्दै जानु भयो र क्रमस आपmूले आपmैलाइ मात्र भरोसा गर्ने हुनु भयो । पmेरी पनि “ब्यक्तिपूजाको सम्प्रदाय” जसले आज तमाम पहीलेका खराबीहरुको दोषी ठहराइन्छ । स्तालिनको विरुद्धमा जुन कुराहरु भनिन्छ त्यसमा ती सबैलाइ जम्मा गरेर हिसाब गरी हेर्दा यसमा थप सन्देह छ की सोबियत संघमा १९२८ देखि स्तालिनले जो भयानक मुहीम शुरु गर्नु भयोे के त्यो भन्दा कम कुनै चीजबाट कहीले समाजबादको निर्माण गर्न सकिन्थ्यो वा सकिदैनन्थ्यो ? पछाडी पmर्केर हेर्दा पत्ता हुन्छकी अरु नेताहरु जस्तै त्रास्की, कामनेब, जिनोबिएब, बुखारीनले कसरी बिनासको बाटोहरु देखाएका थिए । जनताको आबस्यकताहरुको समभmदारी जे जति र जस्तो स्तालिनलाई थियो र आबस्यक हौसला तथा इच्छाशक्तीको जुन दौलत उहाँको साथमा थियो, अन्नालुइको बुभmाइमा स्तालिनमा भन्दा कुनै पनि नेताको साथमा थिएन ।
ती सबै शुरुका बर्षहरुमा रूसका भीत्र वा बाहिरका सबै अनेक योग्यतम माक्र्सबादीहरू पनि यो भन्दथे कि यो सम्भव थिएन । १९३० को दशकको शुरूमा रूसीहरूले अन्नालुइलाई भन्ने गर्दथे —“यो दुनीयाँको बदनसीबी हो की समाजबाद पहिले पहिले हाम्रो यो अध्याँरो देशमा बिकसीत भइरहेको छ । यदी तपाइ अमेरीकी यही काम गर्नुहुन्थयो या एउटा उधमी देश जर्मनीले पनि गर्दथ्यो भने त्यो काम सायद सही ढंगबाट हुन्थयो । हामी भला अज्ञानी मानिस, हामी कसरी र किन समाजबाद बनाउला?” तर स्तलिनले भने —“बनाउनुहोस, बनाउनुहोस या पmेरी दससाल पछि बिदेशी हमलावरहरूले तपाईहरुरूलाई कुल्चने छन ।” स्तालिनले बनाउनु भयो नभन्दै जब बिदेशी हमला भयो अनि समाजबाद चट्टान जस्तै भएर खडा भयो । यसरी स्तालिन सही साबीत हुनु भयो ।
यद्धपी शंंका गर्नेहरु अंशत सही थिए । यसकारणकी यसरी बनाएको समाजबाद कहीले पनि त्यो समाजबाद, स्वतन्त्रता र सबैको लागि बहुसंख्यकहरुको लागि समाजबाद बन्न सकेन जसको सपना मानिसहरुले देखेका थिए । यसमा यहाँ वहाँ भनेर दोष थिए । यी दोष कहाँतक स्तालिनको ब्यक्तित्वको, कहाँतक रुसको अज्ञानी अतीतको, कहाँतक नाजीहरुको पmासिष्ट पंचमार्गी दस्ताहरुको र कहाँतक लामो युद्धको धम्कीहरुको पैदावर थिए । यी सबै भबिस्यका इतिहाँसकारहरुको बिश्लेषणको बिषय हुनेछ जसले यी जीम्मेवारीको अलग अलग भाग लगाएर गर्ने छन । हो एउटा कुरा निस्चीत छ जसलाई अलग अलग गर्न सकिदैन त्यो हो कुनै ब्यक्ति जुन सीमासम्म ती घटनाहरुमाथि दावाँ गर्न सक्छ जसको उसले नेतृत्व गरेको छ त्यही सीमातक लेनिनले रुसी क्रान्ति पैदा गर्नु भयो र स्तालिनले संसारको पहिलो समाजबादी देश बनाउनु भयो ।
स्तालिनले १९२३ देखि १९५३ सम्मको तीस बर्षको सोबीयत संघको बागडोर उहाँको हाथमा रहयो । यो इतिहाँसको एउटा यस्तो युग हो जुन युग (अन्नाले आपmै देखेको, सुनेको, सम्मmेको र महशुस गरेको आधारमा) ले रुसलाइ मात्र होइन पुरा बिश्वको जीबनलाइ परिबर्तन गरयो ।
अन्नालुइ स्टृंग भन्छिन् कि स्तालिनको उत्थान ती दुइवटा बिशेषताहरूको कारणले गर्दा भयो जो सबै नेतृत्वकारी व्यक्तिमा हुन्छ र बाँकी एक तेस्रो बिशेषता केबल माहनतम ब्यक्तिमा हुन्छ जो स्तालिनमा मात्रै थियो ।
१. जुन चीजको मैले केबल “जनताको इच्छा” नाम दिन सक्छु, यो स्तालिनलाई गहीरोगरी जानकारी थियो
२. त्यस्तो इच्छालाइ कार्यक्षेत्रमा सक्रिय बनाउनको लागि स्तालिनको पास बेमिसाल तकनीकी थियो ।
३. स्तालिनको बिस्वास थियो की उहाँका कारबाहीहरु मानबजातीलाइ बेहत्तर भबिस्यको दीशा तीर लगिरहेको छ र यही बिस्वास अरुहरुमा पनि जगाउन समर्थ रहनु भयो ।
पस्चिमा एकजना बिद्धान हाबर्ड स्मीथले लेखेका थिएः यो सताब्दीको उत्तरार्धमा भएका कुनै पनि व्यक्तिको मुकाबीलामा दुनियालाइ बदल्ने कार्यमा स्तालिनको अधिक भूमिका रहेको छ । हाबर्ड स्मीथ पुन लेख्छनः उनले कामदारहरूको प्रति पश्चिमाहरूको पुरा रबैया बदली दिए । स्तालिनले तमाम देशहरूमा आपm्नै एउटा इतिहाँस बनाए, चाहे आपm्नो पक्षमा होस वा विरोधमा । स्तालिनको युग भन्ने आपmनो पुस्तकमा अन्ना लुइ स्टँग लेख्छिन ः स्तालिनले आपmनो अन्तिम बर्षमा पनि बुद्धीमतापूर्ण बिश्लेषण गरेर सोबियत संघमा समाजबादका आर्थिक समस्याहरू भन्ने पुस्तक लेखे तर अन्य अरू कुराहरूले गर्दा उनमा त्यो सहजता आउन सकेन । उम्रसंगै जडता हरेक मानिसमा आउने कुरा हो । यो स्तालिनमा पनि आयो । एउटा अलग भबिस्यमाथि उनको तीखो बिलक्षण नजर हुदाहुदै पनि उनमा रहेको सहजबृतिहरू र उनको स्वाभाब उही “पुँजीवादी घेराबन्दी” को दिन जस्तै बनी रहयो, जुन बेला अलगाव र सन्देह उनको पहिलो हथियार थियो । यस्ता आदतहरू अब बूढयौलीमा पाकीसकेका थिए, उनमा बढता बिश्वास हुन थाल्यो कि उनको मामुली भन्दा मामुली कुराको बिरोध पनि प्रतिक्रान्ति भयो । स्टँग भन्छिन “सत्ताले भ्रष्ट गराउदछ, हाम्रो यस समयमा र सायद कुनैपनि समयमा कुनै पनि ब्यक्ति यति लामो समय सम्म सत्तामा रहेको छैन जति स्तालिन रहे । ”
३ टट्स्कीवादका विरूद्ध संघर्ष र अन्य अवसरवादी प्रवृतिहरू
रसियन क्रान्तिको अवधिभर र सत्ता खोसेपछि बोल्सेविक लाइनले विभिन्न अवसरवादी लाइनहरूका विरूद्ध संघर्ष सञ्चालन गर्नु परेको थियो । ती माक्र्सवाद विरोधी प्रवृतिहरूमध्ये एउटा अति नै महत्वपूर्ण ट्राटस्कीवाद थियो, जसलाई यसका जन्मदाता लियोन ट्राटस्कीको नामबाट राखीयो । ट्राटस्की रसियन सोसलिष्ट डेमोक्रेटिक लेवर पार्टीका सदस्य थिए, जसले बोल्सेविकहरू र मेन्सेविकहरूबीच विभाजन हुने समयमा मेन्सेविकहरूको पक्ष लिएको थिए । पछि गएर उनले दुवै बोल्सेविक र मेन्सेविक प्रवृतिबाट वेग्लै एउटा ल्बक गठन गर्ने कोशिस गरे र आफूलाई ‘मध्यपन्थी’का रूपमा प्रस्तुत गर्ने कोशिस समेत गरे, जसले दुवै समूहहरूलाई एकतावद्ध गर्न सकथ्यो । फरवरी क्रान्तिको सफलतापछि उनले उनका गल्तीहरूका लागि आत्मआलोचना गरे र बोल्सेविक पार्टीमा समाहित भए र उनलाई केन्द्रीय समितिमा ल्याइयो । अक्टोवर क्रान्तिपछि उनी विदेश विभागको कमिसार थिए (१९१७–१९१८) र सैनिक र नेभल विभागको कमिसार भए (१९१८–१९२४), जुन पदबाट उनलाई उनका अवसरवादी र गुटवादी कृयाकलापहरूका लागि दोषी पाइयो र हटाइयो ।
खासगरी समाजवादी निर्माणको अवधिमा, ट्राटस्कीवादले एउटा धेरै विध्वम्सात्मक र गुटगत भूमिका खेल्यो । स्तालिनले ट्राटस्कीवादी अवसरवादका विरूद्धको सम्झौताहीन संघर्षमा पार्टीको नेतृत्व गर्नु भयो । ट्राटस्कीवादका विशिष्ट तीनवटा विशेषताहरू जसलाई स्तालिनद्धारा उहाँको ट्राटस्कीवाद वा लेनिनवादमाथिको भाषणमा बूँदागत बनाइएको थियो ः
१. निरन्तर क्रान्तिको सिद्धान्त ः यो सिद्धान्त अनुसार, ट्राटस्कीले प्रस्ताव गरे कि किसानको सहयोग नलिइकन सर्वहाराले क्रान्तिको पुँजीवादी चरणबाट समाजवादी चरणतर्फ छिटो छिटो बढनु पर्छ । उनी यसरी सर्वहारा र किसानको अधिनायकत्वको कुनै पनि कुराको विरूद्ध थिए । उनले यसरी सर्वहाराको सबैभन्दा भरपर्दो र बलियो साथी किसानको भूमिकालाई इन्कार ग¥रे । यो सिद्धान्त जुन धेरै ‘वाम’ जस्तो देखिन्छ वास्तवमा सारमा त्यसको अर्थ क्रान्तिको धोका हो, किनभने किसानविना सर्वहाराका लागि सफलताको कुनै आशा थिएन् र क्रान्ति निश्चित रूपले असफलतामा टुङगीने वाध्यता हुन्थ्यो । यो सिद्धान्तको अर्काे पक्ष थियो कि विकसित पुँजीवादी देशहरूमा क्रान्ति समाजवादी निर्माणका लागि आवश्यक थियो । उनको निरन्तर क्रान्तिको सिद्धान्त विश्व क्रान्तिको एउटा सिद्धान्त पनि थियो जसले प्रस्ताव गरेको थियो कि यद्धपि क्रान्ति एउटा रसियन आधारमा सुरू हुनेछ, क्रान्तिकारीहरूले यसलाई तुरून्तै अन्य देशहरूमा फैलाउनका लागि कार्य गर्नु पर्दछ । फेरी यो प्रस्ताव धेरै ‘वाम’जस्तो देखिन्छ तर वास्तवमा त्यसको अर्थ एउटा धेरै हरूवा बुझाई जसले एउटा देशमा समाजवादको निर्माणको सम्भावनाको विरोध गर्दथ्यो ।
लेनिनले १९०५को क्रान्तिको लगत्तैको अवधिमा जब ट्रटस्की बोल्सेविक प्रवृतिको एउटा हिस्सा थिएनन्, त्यसमा देखिएको यो माक्र्सवाद विरोधी सिद्धान्तको तुरून्तै विरोध गर्नु भयो । यद्धपि जव ट्रटस्कीले बोल्सेविक पार्टी ज्वाइन गरे , र यसको एक जना नेतृत्वदायी सदस्य भए । यो विभिन्न तरिकाले पार्टीभित्र देखियो र अक्टोवर क्रान्तिपछि विभिन्न विन्दुहरूमा यसका विरूद्ध लडाइ लडनु परेको थियो ।
क्रान्तिपछि लगत्तै भएको जर्मनसितको शान्ति सम्झौताको दौरानमा भएको पहिलो घटना थियो । ट्रटस्कीले उसको सिद्धान्तका आधारमा युद्धलाई निरन्तता दिन चाहन्थे किनभने उनले महसुस गरेका थिए कि यसले जर्मनीमा क्रान्तिकारी परिस्थिति ल्याउन र जर्मनीमा क्रान्तिको सफलताका लागि यसले मद्त गर्ने छ । जर्मनी एउटा विकसित पुँजीवादी देश भएकाले रसियन क्रान्तिको एकतावद्धताभन्दा त्यो ज्यादा महत्वपूर्ण थियो । लेनिन र स्तालिनले जोडदार रूपले यो तर्कलाई विरोध गर्नु भयो, तर यो बुझाइलाई बहसमा ल्याएर पराजित गर्न एउटा विशेष सातौ कंग्रेस आयोजना गर्नु पर्ने भयो ।
यो सिद्धान्तको अर्को एउटा उदाहरण नयाँ आर्थिक नीति(नेप) लागु गर्दा ट्रटस्कीको विरोधको लडाइका विरूद्ध थियो । किसानसित मित्रताको एउटा विरोधी हुनुको कारणले, उनले अनुभूति गरे कि नेप केही पनि थिएन् केबल एउटा प्रतिगमन थियो । उनले समाजवादी निर्माणको लागि जमिनको तयारी गर्न यो मित्रतालाई बचाएर राख्नुको आवश्यकता स्विकार गरेनन् । फेरी यो बुझाइका विरूद्ध लडनु पर्ने थियो र दशौ पार्टी कंग्रेसमा यो पराजित भयो ।
तेस्रो उदाहरण नेपबाट समाजवादी औधोगिकीकरणतर्फको फकाईको समयमा थियो । त्यो समयमा ट्रटस्कीले अन्य तत्वहरूसित एकतावद्ध भएर प्रस्ताव गरे कि एउटा देशमा समाजवादको निर्माण असम्भव थियो । ट्रटस्कीको ‘निरन्तर क्रान्ति’ र ‘विश्व क्रान्ति’मा आधारित यो प्रस्ताव सम्वन्धी बुझाइको अर्थ समाजवादी निर्माणतर्फको एउटा हरूवा र अवसरवादी पद्धति हुन सक्थ्यो, जसले विकसित पुँजीवादी देशहरूमा क्रान्तिको सफलतामा रसियामा समाजवादको सफलताको तथाकथित आधार हुन सक्दथ्यो । स्तालिनले १९२५मा भएको चौधौ पार्टी कंग्रेसमा यो बुझाइका विरूद्ध पार्टीलाई एकतावद्ध गर्नु भयो ।
२. ट्रटस्कीवादको दोस्रो विशेषता बोल्सेविक पार्टी सिद्धान्तहरूप्रति यसको विरोध हो । ट्रटस्कीको जनवादी केन्द्रीयता र लेनिनवादी पार्टीको अवधारणा सम्वन्धी विरोध उनको बोल्सेविकहरू सित मेन्सेविकहरूको विभाजनका दौरान उनले मेन्सेविकहरूलाई दिएको समर्थनको सुरूबाटै स्पष्ट थियो । पछि १९१२मा समेत उनले सबै अवसरवादी प्रवृतिहरूजस्तै लीक्वीडेटर्स र रिकालिष्टहरूसित मिलेर गठन गरिएको एउटा गुट जसलाई अगस्त ल्बक भनियो । एउटा ‘मध्यपन्थी’ भएको बाहना गर्दै जसले बोल्सेविकहरू र मेन्सेविकहरूलाई एकतावद्ध गर्न गइरहेको थियो, ट्रटस्कीले वास्तवमा पूर्ण रूपले मेन्सेविकहरूलाई समर्थन गर्दथे र उनीहरूसित संयुक्त रूपले काम गरिहेका थिए । लेनिनले स्तालिन र अन्यहरूको समर्थनमा यो अवसरवादी ल्बकको विरोध गर्नु भयो र यसका विरूद्ध लडाइ लडनु भयो ।
१९२३मा जब लेनिन नराम्रोगरी विरामी हुनुभयो, ट्रटस्कीले पार्टीमा भएको जनवादी केन्द्रीयताका सबै नर्मसहरूको फिर्ता गर्न माग राख्नलाई नेतृत्वमा देखिएको यो ग्यापको फाइदा लिए । उनले एउटा ४६ जना विरोधीपक्षहरूको घोषणापत्र तयारी गर्नलाई सबै विभिन्न प्रकारका विरोधी तत्वहरूलाई एकतावद्ध गरे, जसले कम्युनिस्ट पार्टीमा गुटहरू र समूहहरूको स्वतन्त्रताको माग राख्यो । यो गुटवादी मार्गलाई पनि परास्त गरियो ।
यद्धपि ट्रटस्कीको ‘स्वतन्त्रता’ र ‘जनवाद’को माग पुरै अवसरवादी थियो र यसमा निर्भर थियो कि उनी एउटा निर्णय गर्ने पदमा थिए अथवा थिएनन् । यसरी जब उनी १९२०मा निर्णय गर्नेको केन्द्रमा थिए, ट्रटस्कीले ट्रेड युनियनहरूलाइ आर्मी अनुशासनका लागि पठाउने भन्दै तिनीहरूको ‘सैनिकिकरण’को प्रस्ताव राखे । उनले ट्रेड युनियनहरूलाइ दिइने जनवाद र ट्रेड युनियन समितिहरूका लागि गरिने निर्वाचनको विरोध गरे । लेनिन, स्तालिन र अरू कमरेडहरूले यो बुझाइका विरूद्ध संघर्ष गरे र जोड दिए कि ट्रेड युनियनहरूले सबै उनीहरूका कृयाकलापहरूलाई विश्वासको तरिकामा आधारित बनाउनु पर्दछ ।
३. ट्रटस्कीवादको तेस्रो विशेषता भनेको यसको बोल्सेविक नेतृत्वका विरूद्धको वारम्वारको झुटा प्रचार थियो । सुरूका अवधिमा ट्रटस्कीले सबै उनका अक्रमणहरू लेनिनमाथि केन्द्रीत गरे । पछिल्ला अवधिमा स्तालिनलाई उहाँको प्रतिष्ठामा धक्का कसरी पु¥याउन सकिन्छ, ती सबै तरिकाको केन्द्र बने ।
खुल्ला बहसमा पार्टीलाई उनको पक्षमा लिएर विजय पाउनमा सफल नभएपछि, उनले गोप्यखालका हर्कतहरू सुरू गरे । १९२६मा उनले एउटा गैर कानुनी प्रेस र गोप्य प्रचारप्रसार सहितको एउटा गोप्य गुट सुरू गरे । यो पत्ता लगाइयो र उनलाई अन्त्यमा पार्टीबाट निष्काशन गरियो । उनी विदेशतीर लागे तर पार्टीभित्रका अन्य गुटवादीहरूसित सम्पर्कलाइ निरन्तरता दिए । १९२९मा अर्को समूह(सही प्रतिपक्ष ) एकजना पोलिट ब्यूरो सदस्य बुखारिनको नेतृत्वमा गठन गरियो, जसले कुलकहरूका विरूद्धको लडाई र कृषिको सामूहिककिरणको प्रक्रियालाई अगाडि लैजानेको विरूद्ध विरोध ग¥यो । यो लाइनलाई पनि पराजित गरियो ।
तिसको दशकमा यद्धपि ट्रटस्कीवाद मजदुर वर्गभित्र एउटा राजनीतिक प्रवृति हुनबाट हराउदै गयो । यसले यसको माक्र्सवाद विरोधी लाइनको खुला प्रचारका प्रयासहरूलाई त्यागी दियो तर गोप्य योजना बनाउने र युद्ध अभ्यासमा वदलाव ग¥यो । सोभियत संघमा ट्रटस्की र उच्च ट्रटस्काइटहरूले विदेशी जासुसी सेवाहरूसित सम्वन्ध विकास गरे र पार्टीभित्रका नेतृत्वदायी तत्वहरूको हत्या गर्ने र पार्टीको नेतृत्व हडप्ने योजनाहरूमा काम सुरू गरे । यो योजनाको एउटा भागका रूपमा १९३४मा कमरेड किरोभको हत्या गरियो, जो त्यस समयमा स्तालिन पछिको पार्टी लिडरशिपमा दोस्रो नम्बरमा थिए । अन्वेषणले केलाई संकेत ग¥यो भने प्रमुख षडयन्त्रकारीहरू धेरै जसो केन्द्रीय समितिका सदस्यहरू भएको पत्ता लाग्यो । खुल्ला इजलास आयोजित गरियो जहाँ तिनीहरूले उनीहरूका अपराधहरू स्विकार गरे । धेरैलाई फाँसिको सजाए दिइयो र मारियो ।
यसरी रुसमा समाजवादको नीमांण गर्ने कार्यमा र माक्र्सवाद —लेनिनवादको आलोकमा अन्तराष्ट्रिय कम्युनिस्ट आन्देलनलाई अगाडि बढाउने कार्यमा स्तालिनको महत्वपूर्ण योगदानहरु रहेका छन् ।
हुकुमबहादुर सिंहको ’माक्र्सवाद र एनजीओ‘ पुस्ताबाट साभार ।
जगपगmकष्लनजद्दण्ज्ञद्द२थबजयय।अयm

 

प्रतिक्रिया

सम्बन्धित खवर