नेपालगन्ज पौष २ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, ६ न. प्रदेशको आयोजनमा राष्ट्रिय एकता महाधिवेशनको जानकारी सम्प्रेषण गर्ने कार्य नेपाल पत्रकार महासघका नव निर्वाचित प्रदेश र बाँके जिल्ला पदाधिकारी र सदस्यहरुबीच स्वागत आदान प्रदान गरी सम्पन्न गरियो ।
यही मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासघको केन्द्र,प्रदेश र जिल्ला तहको एकै साथ सम्पन्न निर्वाचनमा नव निर्वाचित बाँके जिल्लाका सम्पुर्ण पदाधिकारी र सदस्यहरुलाई पार्टीका तर्फबाट बधाई तथा शुभकामना आदानप्रदान गर्ने उदेश्यका साथ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ६ न. प्रदेशको आयोजनमा सो कार्यक्रम गरिएको थियो ।
उक्त अन्तरक्रियात्मक कार्यक्रमको अध्यक्षता पार्टीका नव निर्वाचित केन्द्रय सदस्य तथा बाँके जिल्ला सचिव गुर्णानिधी आचायर्ले गरेका थिए भने पार्टीका केन्द्रीय सदस्य तथा ६ न. प्रदेश संयोजक दिपक शाहीको प्रमुख आतिथ्यता र विशेष अतिथिहरु नेपाल पत्रकार महासंघका नव निर्वाचित लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं र पत्रकार महासंघ बाँके जिल्लाका नवनिर्वाचित अध्यक्ष नवीन गिरि थिए ।
अन्य अतिथिहरुमा वरिष्ठ पत्रकार नरेन्द्र जंग पिटर, पत्रकार महासंघका पुर्व उपाध्यक्षहरु झलक गैरे र हेमन्त कर्माचार्य क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक केन्द्रीय सदस्य प्रेम थापा र महासंघका नवनिर्वाचित प्रदेश र जिल्लाका सवै पदाधिकारी र सदस्यहरु लगाएत बाँके वर्दियाका पार्टी नेता कार्यक्रर्ताको उपस्थित रहेको थियो ।
कार्यक्रममा पार्टीका तर्फबाट नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्षहरु पदाधिकारीहरु र सदस्यहरुलाई फुलमाला र टीका लगाएर हार्दिक बधाई तथा शुभकामना प्रमुख अतिथि दिपक शाहीले दिएका थिए,। त्यसक्रमा प्रमुख अतिथिले पार्टीको शुभकामना मन्तव्य र पार्टीको राष्ट्रिय एकता महाधिवेशनको प्रेस विज्ञप्ति मार्फत राष्ट्रिय एकता महाधिवेशनको जानकारी सम्प्रेषण पढेर सुनाएका थिए ।
सोही सन्दर्भमा पत्रकारहरुले सोधेका प्रश्नहरुको जबाफ दिदै पार्टीका केन्द्रीय सदस्य तथा ६ न. प्रदेश संयोजक दिपक शाहीले नेपाली क्रान्तिको मुख्य मोडल अब नयाँ जनवादी क्रान्तिको खुट्किलो पुरा गर्दै वैज्ञानिक समाजवादमा जानु हो भने । नेपालमा हुने अबको परिवर्तन शसस्त्र जनविद्रोह नै हो , यसलाई अर्को अर्थमा तेश्रो जनआन्दोलन भने पनि हुन्छ, भन्दै देश अहिले सम्पुर्ण हिसाबले दलाल संसदीय व्यवस्थाका ठगहरुको चंगुलमा छ, यस यथास्थितिवाट अग्रगमन तिर जानका लागि भ्रष्टाचार विरुद्धको अभियान चलाउनु पर्ने छ, शैक्षिक माफियाका विरुद्ध संघर्ष गर्नु पर्नेर्छ, मेडिकल माफिय, जग्गा÷ भु माफियहरुका विरुद्ध संघर्ष गर्नु पर्नेर्छ, विचौलियाहरु, मिटर व्याजिहरु, सहकारिका ठगहरु, वैंक वितिय संस्थाका ठगहरुका विरुद्ध ससक्त आन्दोलन उठान गर्नु पर्ने छ ।


मन्तव्यको क्रममा उनले साथै नेपालका युवहरुलाई घर फर्क अभियान चलाउनु पर्ने छ, जसकालागि नेपालमा सोरोजगारको अबसरहरु हाड्रो पवर , पर्यटन, नेपालका प्रकृतिक श्रोत साधनको सहि उपयोग गर्न नयाँ र आधुनिक कलकारखानाहरु विकास गर्न, हामी सडकका प्रति पक्ष हौ र तपाईहरु देशको चौथो अंग जहिले पनि प्रतिपक्ष मिलेर यी सवै प्रकारका वेथिति विसंगतिहरुको चिरफार र अप्रेसन गर्नु पर्नेमा जोड दिएका थिए ।
मन्तव्यको अन्त्यमा स्वतन्त्र पत्रकारीताको मर्यादा, गरिमा र निस्पक्षताको जनतालाई प्रत्याभूत गर्नु हुने छ भन्दै शुभकामना व्यक्त गरेका थिए । स्वागत मन्तव्य कमला खण्ड्काले र कार्यक्रमको संन्चालन प्रकाश वि. क. ले गरेका थिए ।

कार्यक्रमको अन्त्यमा निम्न विज्ञप्ती वितरण गरिएको थियो ।

हार्दिक शुभकामना
२०८१ मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा केन्द्र, प्रदेश, र जिल्ला तहका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको तर्फबाट शुभकामना व्यक्त गर्दछौँ । पत्रकारिताको गरिमा, निष्पक्षता, र जिम्मेवारीलाई सफलतापूर्वक
कार्यान्वयन गर्ने प्रेरणा पाओस भन्ने शुभकामना व्यक्त गर्दछौँ ।
पृय पत्रकार मित्रहरु।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन २०८१ साल मंसिर १३ देखि २३ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन
विश्वविद्यालयको सभाकक्षमा सम्पन्न भयो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भमा महाधिवेशनले निम्नानुसारका समसामयिक प्रस्तावहरू पारित गरेको
कुरा जानकारी गराँउछु ।
राष्ट्रिय सन्दर्भः
१) नेपाल–भारतबीचको सैन्य भाइचाराबारे ः
सन १९५० देखि नेपाल र भारतका स्थल सेनाका नवनियुक्त प्रधान सेनापतिहरूलाई एकअर्काका सेनाका मानार्थ प्रधान सेनापतिको दर्जा प्रदान गर्ने
प्रचलन चलिआएको छ । माहाधिवेशनले यो हास्यास्पद र औचित्यहीन रहेको भन्दै खारेज गर्न माग गरेको छ । साथै, १९६२ देखि भारतीय
विस्तारवादले कालापानी, लिपुलेक, र लिम्पियाधुरा कब्जा गरी सैन्य अखडा जमाएको घटनाको विरोध गर्दै फिर्ताको माग गर्दछ ।
२) सहकारी ठगीबारेः
सहकारी संस्थाहरूको कमजोर अनुगमनका कारण सर्वसाधारणका धनराशि ठगी हुने अवस्था सामान्यजस्तै बनेको छ । सहकारी अपचलनमा संलग्न
अपराधीहरूलाई कानूनी दायरामा ल्याई पीडितको रकम फिर्ता गराउन जोडदार माग गर्दछ ।
३) आर्थिक तथा नीतिगत भ्रष्टाचारबारे ः
नेपालमा भ्रष्टाचार संस्थागत भएको र यसले न्यायालय, संसदीय दल, कर्मचारीतन्त्र, र सुरक्षा निकायसम्म प्रभाव पारेको हुँदा भ्रष्टाचारमा संलग्नलाई
कानूनी कारबाही गर्न र भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
४)मिटर ब्याजको समस्याः
मिटर ब्याजका कारण उत्पीडनमा परेका मधेशका सर्वसाधारणका समस्या समाधान गर्दै पिडकहरूलाई कडा कारबाही गर्न माग गर्दछ ।
५) शिक्षा, स्वास्थ्य, र रोजगारीः
राज्यले शिक्षा, स्वास्थ्य, र रोजगारीजस्ता जनजीविकाका मुद्दामा जिम्मेवारी लिनुपर्ने, निजीकरण अन्त्य गर्नुपर्ने, र यी क्षेत्र सुधार गर्नुपर्ने माग गर्दछ ।
०००००००००००००००००००
अन्तर्राष्ट्रिय सन्दर्भबारेः
६) प्यालेस्टाइन–इजरायल युद्धः
इजरायलले प्यालेस्टाइनी जनतामाथि गरेको आक्रमण र दमनको कडा भर्त्सना गर्दै प्यालेस्टाइनी जनताको न्यायपूर्ण संघर्षमा ऐक्यबद्धता व्यक्त
गरिएको छ ।
७) रुस–युक्रेन युद्धबारेः
रुस–युक्रेन युद्धमा रुसको सैन्य अतिक्रमणको विरोध गर्दै, युद्ध अन्त्यका लागि सम्बन्धित पक्षहरूलाई वार्तामा आउन आह्वान गरिएको छ ।
८)भाकपा (माओवादी) माथिको दमनबारेः
भारतले आदिवासी जनतामाथि गरेको दमन र भारतीय कम्युनिस्ट पार्टी (माओवादी) विरुद्धको सैन्य अभियानको विरोध गर्दै आदिवासी अधिकारको
पक्षमा समर्थन व्यक्त गरिएको छ।
९)जलवायु परिवर्तनबारेः
जलवायु परिवर्तनका मुख्य कारक साम्राज्यवादी शक्तिहरूको विरोध गर्दै, यस समस्याको समाधानका लागि कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त
गर्दछ ।
१०)फासिवादको बढ्दो प्रभावबारेः
विश्वव्यापी रूपमा बढिरहेको दक्षिणपन्थ र फासिवादी प्रवृत्तिको विरोध गर्दै, त्यसका विरुद्ध संघर्ष गर्न संयुक्त मोर्चा निर्माण गर्न आह्वान गरिएको छ।
११).पेरुमा दमन र राजबन्दीहरूको रिहाइबारे ः
पेरुका कम्युनिस्ट नेता र समर्थकहरूमाथि दमनको विरोध गर्दै, बन्दीहरूको रिहाइ र अमेरिकी हस्तक्षेप अन्त्य गर्न जोडदार माग गरिएको छ ।
००००००००००००००००००००००००
स्थानीय संघर्षका मुद्दाहरूः
ड्ड भूमाफियाविरुद्ध अभियान सञ्चालन ।
ड्डकृषि आधुनिकीकरण गर्दै उत्पादन संकलन केन्द्र स्थापना गरी उपभोक्तासम्म सहज वितरणको व्यवस्था।
ड्डस्वास्थ्य र शिक्षा पूर्ण रूपमा निःशुल्क र अनिवार्य गर्न संघर्ष । ड्डठूला जमिनदारको जमिनमा क्रान्तिकारी भूमिसुधार लागू गर्न ।
ड्डमिटर ब्याज, लागूऔषध, कालोबजारी, र तस्करीविरुद्ध संघर्ष ।
ड्डभ्रष्टाचार, सहकारी ठगी, र अनियमितताविरुद्ध कारबाही ।
ड्डचेलिबेटी बेचबिखन, देह व्यापार, र शिक्षा–स्वास्थ्य माफियाविरुद्ध संघर्ष ।
ड्डउद्योग क्षेत्रको विकास र न्यूनतम ज्याला तथा मजदुर अधिकार सुनिश्चित गर्न पहल ।
ड्ड अवैध कारोबार, सिमानामा हुने ठगी, र नेपाली मुद्राको अपचलन रोक्न अभियान ।
––दिपक बहादुर शाही,
६ नं. प्रदेश संयोजक
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

 

 

प्रतिक्रिया

सम्बन्धित खवर