कार्तिक ८ कास्की पोखरा ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्कीको एकता जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
पार्टीका कार्यालय सदस्य तथा ४ नं.प्रदेश इञ्चार्ज क. हरिभक्त कँडेल (प्रतीक) ले सम्मेलनको उदघाटन गर्नु भएको थियो । सम्मेलनको सफलताको शुभकामना दिने अतिथिहरुमा पार्टीका केन्द्रिय कार्यालय सदस्य तथा ४ नं.प्रदेश संयोजक क. चिन्तामणि पौडेल(प्रवाह), सचिबालय सदस्यहरु क. केश ब परियार, क.रामजी थापा (अरुण) एकता महाधिवेशन आयोजक समिति सदस्यहरु क. निस्चल, क. सिद्धार्थ, क. मन,सम्पुर्ण जनबर्गिय संगठन र मोर्चाहरुको तर्फबाट क.सुशीला थापा, प्रदेश सल्लाहकार सदस्य क. पुर्ण ढुङ्गाना, बुद्धिजीवी संगठनको तर्फबाट क. हेमन्त लगायत हुनुहुन्थ्यो ।


क. आकाश गौतमको अध्यक्षता र क. बिक्रम थापाको सञ्चालन र क. भिम श्रीसको स्वागत मन्तव्यमा कार्यक्रम भएको थियो । सहिदहरु प्रति १ मिनेट श्रद्धाञ्जली अर्पण गर्दै जनबादी कलाकार काजी गाउँले, सुसिला थापा, सुजन थापा र जुना थापा लृ विभिन्न क्रान्तिकारी गित र नृत्य सहित कम्युनिस्ट अन्तर्राष्ट्रिय गित प्रस्तुती गरिएको थियो ।

 

                                      नवनिर्वाचित कास्की जिल्ला सचीव क बिक्रम थापा

५ सदस्यीय अध्यक्ष मण्डलले बन्द सत्र र निर्वाचन मण्डल बनाइ नयाँ जिल्ला समिती निर्वाचित गरेको छ । क.बिक्रम थापा सचीव र भिम श्रीस सहसचीवमा निर्वाचित गरि २५पूर्ण र ३ सिट खाली राख्दै ५ बैकल्पिक सदस्य सहित ३३ सदस्यीय कास्की जिल्ला समिति र नेतृत्व आजै सर्वसम्मत निर्वाचित भएकाछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर