१२ आश्विन इटहरी, सुनसरी ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सुनसरी  जिल्ला अधिवेशन सम्पन्न गरिएको छ ।
सुनसरीको इटहरीमा आयोजना गरिएको जिल्ला अधिवेशनको खुल्ला सभाको अध्यक्षता क रबिकिण ,संचालन– क पारस र स्वागत मनतब्य क निरुले गर्नु भएको थियो ।


अधिवेशनका प्रमुख अतिथि क रामसिंह श्रीषले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्नु भएको थियो । अधिवेशनका अन्य अतिथीहरुमा क संगम, क सरल, क बिद्रोही, क बिध्धुत, क विवेक, क वलदेब हुनुहुन्थ्यो ।
सहभागि सबै अतिथीहरुले अधिवेशन सफलताको शुभकामना दिनुहुदै पार्टी एकतालाई एउटा सार्थक एकतामा रुपान्तरण गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
उद्घाटन सभा समापन लगतै शुरु भएको बन्दशत्रले क विवेक, क वलदेब, क.सुजता, रहनुभएको अध्यक्ष मण्डल गठन भएको थियो, जसमा अध्यक्ष क विवेक, संचालन क वलदेब र माइन्युट लेखन क.सुजताले गर्नु भएको थियो ।
क पारस सेक्रेटरी रहनुभएको २५सदस्यीय जिल्ला समितिमा २५प्रतिसत पछि मनोनित गर्नेगरी बाकी सवै सदस्यहरूको प्यानलको प्रस्ताव सर्ब सहमतिले पारित गरियो । बन्दशत्रमा प्रतिवेदन क रबिकिरणले पेश गर्नु भएको थियो ।
अन्त्यमा नवनिर्वाचित समितिलाई क रामसिंहले सपथग्रहण गराउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर