काठमाडौं । काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार कृष्णबाग श्रेष्ठको श्रद्धाञ्जली सभा पार्टी कार्यालय कुपण्डोलमा सम्पन्न भएको छ । पार्टीका केन्द्रीय संयोजक मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको श्रद्धाञ्जली कार्यक्रममा कमरेड कृष्णबाग श्रेष्ठका परिवारजनलाई पार्टीको तर्फबाट समवेदना पत्र समेत हस्तान्तरण गरिएको थियो ।
पार्टीको केन्द्रीय सल्लाहकार समितिका संयोजक कमल चौधरीको अध्यक्षतामा सम्पन्न भएको श्रद्धाञ्जली कार्यक्रममा संयोजक किरण लगायतका वक्ताहरुले कमरेड कृष्णबाग श्रेष्ठले नेपालको कम्युनिस्ट आन्दोलन तथा माओवादी आन्दोलनमा पु¥याउनु भएको योगदानको विषयमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मोहन वैद्य किरण, पार्टीका कार्यालय सदस्यहरु हेमन्तप्रकाश ओली सुदर्शन, सीताराम तामाङ, पवनमान श्रेष्ठले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन पार्टीका सचिवालय सदस्य सुरेश श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा संयोजक किरण लगायतका नेताहरुले कमरेड कृष्णबाग श्रेष्ठका छोराहरु तथा परिवारका सदस्यहरुलाई समवेदन पत्र हस्तान्तरण गर्नुभएको थियो ।
समवेदना पात्रमा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्न अविचलित रुपमा कम्युनिस्ट आन्दोलनमा सहभागी हुँदै आउनु भएको र उहाँले चौथो महाधिवेशन कालदेखि नै भक्तपुर जिल्लामा सक्रिए भएर कम्युनिसट पार्टीमा सहभागी भई जीवनको अन्तिम घडीसम्म पनि पार्टीको क्रान्तिकारी दिशामा आफूलाई उभ्याएर सबैखाले अवसरवादको विरुद्ध संघर्ष अगर्दै आउनु भएको उल्लेख गरिएको छ ।