भदौ २५ गते, पोखरा । क्रान्तिकारी महिला संगठन नेपाल ४ नम्बर प्रदेशको एकता भेला पोखरामा सम्पन्न भएको छ । भेलाले देवी थापाको सम्योजकत्वमा १९ सदस्यीय ४ नम्बर प्रदेश क्रान्तिकारी महिला संगठन नेपाल निर्माण गरेको छ । २ जना सदस्य पछि थप्ने गरी १७ जना सदस्यहरुमा सिता परियार (कास्की), लक्ष्मी मल्ल (तनहुँ), विष्णु राना (कास्की) कल्पना विन्द गौतम (नवलपुर), सुशिला थापा (कास्की), डिलमाया पुन (बरेङ्ग,बागलुङ), मिना लक्ष्मी (कास्की), गिता पाण्डे (नवलपुर), उर्मिला श्रीस (कास्की), मिना आचार्य (नवलपुर), केशकुमारी बुढा (बागलुङ), पार्वती पाठक (कास्की), तेजकुमारी घर्ति (बागलुङ), गिता कुवँर (कास्की), राधिका पौडेल (नवलपुर), पवित्रा नेपाली (बागलुङ),रहेका छन् । प्रदेश सल्लाहाकारहरुमा कमरेड खुमति गुरुङ्ग , कमरेड राधिका अधिकारी र कमरेड शुभा पाण्डे रहन भएको छ । भेलाको उद्घाटन प्रमुख अतिथि पार्टीका केन्द्रिय महाधिवेशन आयोजक समितिका कार्यालय सदस्य तथा ४ नम्बर प्रदेश संयोजक कमरेड चिन्तामणि पौडेलले गर्नु भएको थियो । भेलालाई पार्टीका केन्द्रिय महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य तथा ४ नम्बर प्रदेश महिला संगठनका इन्चार्ज कमरेड रामजी थापाले क्रान्तिकारी महिला संगठन नेपाल ४ नम्बर प्रदेश समितिको प्यानल प्रस्तुत गर्नु भएको थियो । भेलामा पार्टी केन्द्रिय महाधिवेशन आयोजक समितिका सचिवालय सदस्यहरु कमरेड केश बहादुर परियार, कमरेड आकाश गौतम र कमरेड रामजी थापा त्यसैगरी पार्टीका केन्द्रिय महाधिवेशन आयोजक समिती सदस्यहरु कमरेड बिक्रम थापा, कमरेड भिम बहादुर श्रीस र कमरेड दिपक गुरुङ्ग लगायत प्रदेश समितिका सदस्य कमरेडहरु र कास्की जिल्ला समितिका सदस्य कमरेडहरुको उपस्थिती रहेको थियो । सम्पूणर् ज्ञात अज्ञात शहिदहरु प्रती १ मिनेट मौनधारणसंगै शुरु भएको भेलालाई कमरेड मिना लक्ष्मीले स्वागत, कमरेड सशिला थापाले सन्चालन र अध्यक्षता कमरेड देवि थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर