काठमाडौं । संगठनका संयोजक मिलन राईलाई अपहरण शैलीमा प्रहरी प्रशासनले गिरफ्तार गरेको भन्दै अखिल (क्रान्तिकारी)ले संयोजक राईलाई ससम्मान तत्काल रिहाई नगरे कडा संघर्षमा उत्रने चेतावनी दिएको छ । संगठनका सहसंयोजक पेशल दाहालले जारी गरेको वक्तव्यमा केही सञ्चार माध्यमहरुले घटनाको सत्य तथ्य र वास्तविकता पुष्टी नगरी तत्यहिन समाचार सम्प्रेषण गरेको भन्दै अफवाह नफैलाउन ध्यानाकर्षण गराइएको छ ।

वक्तव्यमा भनिएको छ, “निरन्तर परिवर्तनको लागि आन्दोलनमा रहेको संगठन र त्यसको नेता कार्यकर्ताबाट राज्यप्रशासन त्रसित हुने कुरा सामान्य नै हो तर आफूले गल्ती नै नगरी पटक पटक सजायको भागिदार बनाउने कुरा क्रान्तिकारी संगठनका लागि मिार्थ सह्य छैन ।”

प्रतिक्रिया

सम्बन्धित खवर