काठमाडौं । रुसी क्रान्तिका नेता तथा सर्वहारा वर्गका गुरु लेनिनको १५५औं जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७६औं स्थापना दिवस क्रान्तिकारी कम्युनिस्ट पार्टी, चितवन जिल्ला समितिले एक कार्यक्रमको आयोजना गरी मनाएको छ । पार्टीको केन्द्रीय सचिवालय सदस्य तथा क्रान्तिकारी महिला संगठन, नेपालका केन्द्रीय संयोजक अम्बिका मुडभरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य तथा चितवन जिल्ला संयोजक बिकासले गर्नु भएको थियो ।
कार्यक्रममा चितवन जिल्ला इन्चार्ज ध्रुब, सहिद परिवारका तर्फबाट सहिद अनिस कुवरका बुवा खड्ग बहादुर कुवर, केन्द्रीय सल्लाहकारहरु दिवाकर न्यौपाने , बाबुराम प्यासी परियार , जिल्ला सल्लाहकार समितिको अध्यक्ष इश्वरी ओझा सहितका नेता कार्यकर्ता सहभागी कार्यक्रममा लेनिनका योगदानहरुको चर्चा गरिएको थियो । नेपालमा कम्युनिस्ट पार्टीको स्थापना देखि हालसम्म यसमा भएका बिकास र आएका बिचलनहरुको समीक्षा गरिएको थियो । इश्वरी ओझाले लेनिन सम्बन्धि कविता बाचन गर्नु भएको थियो । विरेन्द्र क्याम्पसको ‘एफ ब्लक’मा भएको कार्यक्रममा अम्बिका मुडभरी, धुर्ब र बिकासले लेनिन र नेपाली कम्युनिस्ट आन्दोलनका बारेमा आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सहसंयोजक दुर्गा सुबेदीले गर्नु भएको थियो ।