मिती २०८० चैत्र ३० गते प्रदेश नं. २ को महोत्तरी जिल्लाको बर्दिबासमा क्रान्तिकारी कम्युनिस्ट पार्टी समर्थित अखिल नेपाल आदिवासी जनजाति महासंघको छाता संगठन अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा र अखिल नेपाल थारु राष्ट्रिय मुक्तिमोर्चाको २ नं. प्रदेश स्तरीय संयुक्त भेला सम्पन्न भयो ।
उक्त भेला अखिल नेपाल आदिवासी जनजाति महासंघको केन्द्रिय कोषाध्यक्ष भरत बुर्जा मगरको प्रमुख आतिथ्यतामा समपन्न गरिएको थियो ।
महासंघको केन्द्रिय सदस्य तथा २ नं.प्रदेश संयोजक तुन बहादुर बलम्पाखीको अध्यक्षता र संचालनमा सम्पन्न गरीएको उक्त भेलाले निम्न अनुसारको अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चाका प्रदेश कमिटी निर्माण गरेको छ, जसमा संयोजकः– इन्द्र बहादुर जर्धा मगर र सदस्यहरुमा लालकृष्ण रानामगर, नरमाया राना मगर, भिम आलेमगर र सानुमायाँ आलेमगर हुनुहुन्छ ।
उक्त भेलामा मोर्चाका फ्रयाक्शन ईन्चार्ज क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महाधिवेशन आयोजक समिती सदस्य कुमार राई, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रिय सल्लाहकार झमानसिं बलम्पाखि मगरले मन्तव्य राख्नु भएको थियो ।
त्यसैगरी अखिल नेपाल थारु राष्ट्रिय मुक्तिमोर्चा सूर्यनारायण चौधरीको संयोजकत्वमा अस्मित चौधरी, देवानन्द चौधरी, बुनिलाल, चौधरी र ब्रमदेव चौधरी हुनुहुन्छ ।
उक्त मैनालाई प्रमुख अतिथी महासंघका कोषाध्यक्ष भरत बुर्जा मगरले वैचारिक, सैध्दान्तिक र संगठनिक वारेमा प्रशिक्षण दिनु भएको थियो ।
सोही दिन चैत्र २८ गते ं.२ नं. प्रदेशको धनुषा जिल्लाको गणेशमान नगरपालिका वडा नं. ४को विरेन्द्र वजारमा अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चाको जिल्लाको कार्यकर्ता भेला मोर्चाको केन्द्रिय अध्यक्ष भरत बुर्जाको उपस्थितीमा सम्पन्न भई निम्न अनुसार धनुषा जिल्ला संगठन समिती निर्माण गरियो ।
उक्त जिल्ला संगठन समितिमा संयोजक ः– सानुमाया आलेमगर र सदस्यहरुमा बल बहादुर थापामगर , भिम बहादुर आलेमगर,गर्ज बहादुर पुलामी , ठक कुमारी रैकार मगर चयन हुनु भएको छ ।
चैत्र २९ गते प्रदेश नं. २ को महोत्तरी शिल्लाको बर्दिवास बजारमा अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला भेला केन्द्रिय अध्यक्ष भरत बुर्जा मगरको विशेष उपस्थितीमा सम्पन्न गरी निम्न अनुसार जिल्ला संगठन समिती निर्माण गरियो ः संयोजक ः – ईन्द्र बहादुर जर्घा मगर र सदस्यहरु क्रमस लालकृष्ण राना मगर, अमृत सिजाली मगर, तिलक वहादुर किङरिङ र कृष्ण वहादुर रानामगर हुनुहुन्छ ।