नवलपरासी ९ फागुन –क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल प्रतापपुर गाउँ संगठन समितिले भष्ट्रचार तथा कमिशनखोरी बन्द गर्न माग गर्दै प्रतापपुर गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । विहीवार प्रतापपुर गाउँ संगठन समितिले गाउँपालिका भित्रका समस्या सहित १३ बुदें ज्ञापनपत्र बुझाएको हो । प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश यादव समझ बुझाइएको ज्ञापन पत्रमा हाल सम्मका जनप्रतिनिधिहरुको तीन पुस्ते सम्पत्ति छानविन गरी सार्वजनिक गर्नुपर्ने माग समेत समाबेश गरिएको छ । गाउँपालिकाले संचालन गरेका बिभिन्न आयोजना र मातहतका कार्यालयमा खरिद गरिएका बिभिन्न सामानमा कमिसनखोरी प्रबृतिहरु हावी समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यसैगरी विकास निर्माण तथा आयोजनामा भएका भ्रष्टाचारको छानविन गरी अलपत्र पारिएका योजनाहरु सम्पन्न गर्न तत्काल पहल गर्नुपर्ने , सार्वजनिक खरिद ऐनलाई पालना गर्दै खरिदलाई पारदर्शी बनाइनु पर्ने लगायतमा माग ज्ञापन पत्रमा छ ।
राष्ट्रिय, जनतन्त्र र जनजिबिका संग सम्बन्धित माग पत्र लिएर सो पार्टीका प्रदेश सदस्य तथा गाउँपालिका संयोजक कमल तमु र पालिका सहसंयोजक यम नारायण चौधरी , गाउँ संगठन समिति सदस्य मदन पोखरेलको अगुवाईमा टोली प्रतापपुर गाउँपालिकाको कार्यालय बेलाटारी पुगेको थियो । टोलीमा पार्टीका केन्द्रीय सदस्य एंव जिल्ला संयोजक रवि पाण्डेय लगायतको बिशेष उपस्थिति थियो ।
सो ज्ञापन पत्रमा शिक्षा, स्वास्थ्य, सुशासन, भुमिहिन, किसान, मजदुर लगायतका थुप्रै क्षेत्रका माग समाबेश गरिएको छ ।
टोलीलाई प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश यादवले धेरै मागहरु पालिकाको नीति कार्यक्रममा समाबेश भएको दावी गर्दै मागहरुलाई बजेट ब्यवस्था गर्दै क्रमशः पूरा गर्दै जाने प्रतिबद्धता र विकास निर्माणमा सहकार्य गर्न आग्रह गर्नुभयो ।

त्यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल प्रतापपुर गाउँ संगठन समितिको पुर्ण बैठक तथा २९ औं जनयुद्ध दिवस कार्यक्रम समेत बुधवार गोपीगंजमा सम्पन्न गरेको पार्टीका प्रदेश सल्लाहकार तथा पालिका ईन्चार्ज गुणनीधि पोखरेलले जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर