संसारका सयौं देशहरू मध्य अति सम्पन्नशाली, समृद्धशाली, कृत्रिम तरिकाबाट झिलीमीली पार्दै प्रकृतीको कल्पना भन्दा धेरै माथी उचाइमा पुग्यौं र सफल भयौं भन्ने देशहरू धेरै छन् । जतिसुकै सम्पन्न भएपनि नेपाल घुम्न जाउँ, नेपालका अति दूर्लभ जिबजन्तु हेरौँ, विश्वको सर्बाेच्च सिखर चढौँ, हेरौँ, नेपालका प्राकृतिक अकल्पनिय शक्तिका दृश्यहरू हेरौँ न भन्ने संसारका कुनै पनि देशका जुनसुकै तह र तप्काका मानिसहरू पनि कम छैनन् । संसारका कुनै पनि देशले नेपालको बारेमा गुणगान गाएकै हुन्छन् । वास्तवमा नेपाल हरेक कोणबाट शक्तिशाली छ । धनी छ । प्राकृतिक सम्पदाले भरिपूर्ण छ । नेपालीहरू श्रम मिहिनेत गर्न रुचाउँछन् । बिडम्बनाको कुरा हाम्रो घर, पारिवारिक अवस्था, सिङ्गो नेपाललाई डोर्उने अविभावक, अविभावकत्व प्रदान गर्न सक्ने क्षमतावाल व्यक्तित्वको सँधै खाँचो, सँधै समस्या रहेको छ । किनभने नेलालमा नेपाली जनताले अति धेरै रगत बगाए र बलिदानी दिए । तर शाषकहरूले लोकतन्त्र, प्रजातन्त्रका खोल ओढेर बितण्डा मच्चाए । फेरी पनि नेपाली जनताले निरङ्कुशता सहन सकेनन् र निरङ्कुश, सामन्तवादको बिरुद्धमा नेपाली जनताले युद्धमा होमिए । नेपाली जनता कति साहसी, बीर, हिम्मती र बहादुर रहेछन् भन्ने त विश्वलाई चकित पार्ने गरी लडेका इतिहास र दश वर्षको महान् जनयुद्धले पुनर्पुष्टि गरेको छ ।
नेपाली पुर्खाहरूले बचाइराखेको राष्ट्र, राष्ट्रियता, गौरवमय गाथा, आज कहाँ छ भनेर खोज्नुपर्ने जरुरी भएको छ । खोइ राष्ट्रको स्वाधीनता ? खोइ नेपाल र नेपालीको स्वतन्त्रता ? किन बढ्दै छ बिदेशीको हस्तक्षेप ? नेपालमा हुने अपराधहरूमा किन प्रयोग हुँदैछन् बिदेशी दलाल विस्तारवादीहरूका गाडी ? जति संघर्ष, ठुलाठुला जनआन्दोलन, युद्ध लडे पनि सडक खाली हुँदैनन् किन ? सडकमा टायर बल्न छोड्दैनन् किन ? देशले न त बिकास पायो, न त निकास पायो । न त मुक्तिको स्वास फेर्ने मौका पायो । न त शहीदका सपना पूरा भए । एउटै देशबासी एउटै गाउँ समाजमा बस्ने एउटै वर्गको मान्छे मान्छेमा कतै शास्ती कतै मस्ती हुन्छ किन ? त्यसको एउटा मात्र जबाफ भनेको तरल, अस्थिर राजनीति, स्वार्थी, नातावाद, कृपावादी नेता हुनु हो । आज देशका सबै संसदवादी पार्टीका नेताहरू भ्रष्टाचारी, कमिसन बिना नचल्ने, नबाँच्ने भएका छन् । उनीहरू दलाल पुँजीपति, विस्तारवादी, साम्राज्यवादीको इशारामा चल्ने भएका छन् ।
राजनीतिमा सँधै अस्थिरता किन आउने गर्छ ?
नेपालको राजनीति, नेपालको सत्ता कहाँबाट सन्चालित छ ? स्वयम् देश चलाउनेहरूले नै भन्ने गर्छन् कि सत्ताको साँचो हाम्रो हातमा छैन । यसरी देशको चावी नै विदेशी शक्तिकेन्द्रको हातमा भएकाले यहाँका नेताहरू विदेशीको पाउमा ढोग्न पुगेका हुन्छन् । सत्तामा पुग्नका लागि विदेशी दुतावास धाउने र उनीहरूका गुप्तचर एजेन्सीहरूसँग साँठगाँठ गर्ने भएकाले देशको राजनीति सदैव अस्थिर हुँदै गएको छ ।
निकासको बाटो
नेपालमा यतिवेला लोकतान्त्रिक गणतन्त्र नामको व्यवस्था रहेको छ । यो व्यवस्थाले पनि आधारभूत वर्गका जनताको मुक्ति दिन सकेको छैन । त्यसका लागि देशमा पुन: एउटा ठूलै आँधीवेहरीयुक्त सङ्घर्षको आवश्यकता देखिएको छ । जसले देशमा नयाँ जनवादी गणतन्त्रको स्थापना गर्ने छ र त्यसले वैज्ञानिक समाजवादमा जाने बाटो खोल्ने छ । वैज्ञानिक समाजवादी व्यवस्थाले मात्रै देशलाई वास्तवमा समृद्ध तुल्याउने छ । हाम्रा बिर पुर्खाले जुन सपना बोकेर त्यति ठूला युद्ध लडेर साम्राज्यवादी हस्तक्षेपबाट देश जाृगाएका थिए त्यो यस प्रकारको दूदर्शा भोगन थिएन । तसथै हाम्रा बीर पुर्खाले जोगाएको स्वतन्त्र र सार्वभौम देशलाई बचाउन हामीले उनीहरूको सपना पूरा गर्न सङ्कल्प गर्नु पर्ने आवश्यकता आएको छ । अब फेरी एकपटक नेपाली जनताले आफ्नो राष्ट्र बचाउनका लागि दलाल पुँजीवाद र दलाल सामन्तवाद सँग भिड्ने बेला आइसक्यो । धन्यवाद ।