काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट राष्ट्रिय उद्योग तथा व्यापार महासंघद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि ६० लाख बराबरको राहत संकलन गरेको छ । न्युरोडका व्यापारीहरु गोपाल श्रेष्ठ, गणेश दाहाल, शेषकान्त गौतम(नयाँ बजार), राजनबहादुर गौतम(काडाघारी), सुमित्रा जोशी(थापाथली), बसन्त शिवभक्ती, होमबहादुर थापा, नवराज खड्का, राजेश चौलागाई, जयकृष्ण पौड्याल, दिपक केसी, मुन्न अनसारी, नरेन्द्र खरेल, सुवास श्रेष्ठ, राजन गौतम, इन्द्रबहादुर गौतम(नयाँ बजार) लगायतले ज्याकेट, हाइनेक, हुडी, ट्राउजर, पाइन्ट, ब्लान्केट, फाइबर सिरक, बर्काे, सुइटर, तौली, मोजा, टोपी लगायत लेडिज बच्चा र जेन्सका सामानहरु राहतको रुपमा व्यापार महासंघलाई प्रदान गरेका हुन् ।

महासंघका अध्यक्ष जितेन्द्र दाहालका अनुसार यसरी भूकम्प पीडितलाई लत्ताकपडा सहयोग गर्ने अन्य व्यापारीहरुमा हरिओम रौनियार, रामबहादुर थापा, गणेश तिम्सिना, गंगा प्रसाई, रोविन महर्जन, अनु गुरुङ, ग्लोबल रेडिमेड उद्योग (कलंकी),  मुस्ताम श्रेष्ठ, मदन वेज्ञानिक(आरबी कम्प्लेक्स), सुरेन्द्र केसी, बलराम श्रेष्ठ, असलम आलम, ओमप्रकाश लुइटेल, प्रदीप बास्कोटा, नवराज गौतम, शिवराम श्रेष्ठ, नारायण प्रसाद श्रेष्ठ, जिएस ट्रेडर्स, दिपक केसी, जयकृष्ण पौडेल, राजन कार्की, कृष्ण चौलागाईलगायत ३८ जना व्यापारीहरु रहेका छन् ।

महासंघका अध्यक्ष दाहालका अनुसार यसरी संकलन गरिएको लत्ताकपडालगायतको राहत सामग्री मंसिर ७ गते वितरणका  लागि जाजरकोट र रुकुम पश्चिम लगिने छ । संकलन गरिएको राहत सामग्री महासंकै रोहबरमा भुकम्प पीडितहरुलाई वितरण गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर