![](http://moolbato.com/wp-content/uploads/2023/11/FB_IMG_1700114747199.jpg)
जाजरकोट । जाजरकोटमा भुकम्प पीडितहरुका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले संचालन गरेको गरेको जनसेवा अभियान निरन्तर जारी रहेकाे छ । जनसेवा अभियानमा जुटेका जनस्वयंसेवकहरुले पीडितहरुका टेन्ट मै पुगेर जनस्वास्थ्य सेवा शिविर सञ्चालन गरेका छन् ।
![](http://moolbato.com/wp-content/uploads/2023/11/FB_IMG_1700114747199-1.jpg)
कुशे गाँउपालिकाका वडा नम्बर १ स्याँक्रिमा जनसेवा अभियान अन्तर्गत अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठन,नेपालका स्वास्थ्य टाेलिहरु उक्त प्रभावित क्षेत्र पुगेर भुकम्पबाट विस्थापित पीडितका अस्थायी टहराहरुमा पुगेर जनस्वास्थ्य सेवा शिविर संचालन गरेका हुन् । जन स्वयंसेवकका २ नम्बर टाेलि कमान्डर अनन्तकाे नेतृत्वमा HA डाक्टर संन्जय लावड,जनसंचारका दिग्दर्शन,जनस्वयंसेवकका जनसेवकहरु र स्थानीय जनस्वयंसेवकहरु लगायतको उपस्थितिमा उपचार गरिएको हाे । भुकम्पमा परि घाइते भएका र भुकम्पबाट विस्थापित पिडितहरु अस्थायी टेन्टबाट बस्नुपर्ने बाध्यताले माैसमि चिसोले गर्दा रुघाखोकी,एलर्जी,झाडापखाला अादिले सताउन थालेपछि उक्त टाेलि प्रत्येक टेन्टमै पुगेर उपचार गरेकाे जनस्वयंसेवकका केन्द्रीय टाेलि नेता उदय बहादुर चलाउने दिपकले बताए ।
![](http://moolbato.com/wp-content/uploads/2023/11/FB_IMG_1700114752530.jpg)
जाजरकोटकाे बारेकाेट गाउपालिकाकाे रामिडाँडा केन्द्र बिन्दु भयर २०८०कार्तिक १७ गते राति ११:४७ मा ६.४ रेक्टर स्केलकाे भुकम्पले १५३ जनाकाे ज्यान लिनुका साथै ४०० जना घाईते अवस्थामा छन् र हजाराै घरवारविहीन अवस्थामा पालमुनि र गाेठहरुमा बसिरहेका छन् । चिसाे बढे संगै थुप्रै बिरामी परिरहेका छन् साेहि अवस्थालाई मध्यनजर गरि विभिन्न किसिमकाे स्वास्थ्य सामाग्री वितरण,ओैषधि उपचार र नगदहरु जिल्ला अस्पताल जाजरकोट र ‘भुकम्प प्रभावित राहत कोष जाजरकोट २०८०’ लाई हस्तान्तरण गरि भुकम्प पिडितहरु कहाँ पुर्याउने,पार्टीले थप स्वास्थ्य र राहतका सामग्रीहरु पनि उपलब्ध गराउने र भुकम्प प्रभावित क्षेत्रमा पार्टीकाे उद्धार कार्यमा निरन्तर खट्ने क्रममा अाज उक्त क्षेत्रमा भुकम्प प्रभावित २० घरधुरीका टेन्टमा पुगि १०० जनाको स्वास्थ्य चेकजाँच,घाइतेहरुकाे उपचार तथा पार्टीको अाफ्नै पहलमा ल्याएको अाैषधिले उपचार कार्य सम्पन्न गरिएकाे जिल्ला इन्चार्ज अनन्तले जानकारी दिए । उनलेे याे कार्य अाफ्नाे पार्टीले तेस्रो चरणमा पुर्ननिर्माण सहितको देशै भरिबाट केन्द्रित जन स्वयंसेवकहरु परिचालन गरिने समेत बताए ।