शनिबारीय साहित्य : संस्मरण
***
मुस्ताङ जाने मेरो धोको धेरै पहिलेदेखिको थियो । त्यो अबसर न त जनयुद्धका क्रममा मिल्न सक्यो न त पछिल्ला दिनहरूमा । दर्जनौँ पटक पर्वत, बागलुङ र म्याग्दीमा पुग्दा पनि मुस्ताङ उक्लिने मेसो मिलेकै थिएन । आपूm धार्मिक आस्थाको व्यक्ति नभएकाले मुक्तिनाथको ‘दर्शन’का क्रममा जाने कुरा पनि भएन । पार्टीको एक कार्यकर्ता भएकाले पार्टीको कार्यक्रमका सन्दर्भमा समय जुर्नु पथ्र्यो, त्यो पनि जुरेको थिएन । पहिला एउटै माओवादी पार्टी हुँदा देशै माओवादीमय भएका समयमा पनि मिलेको थिएन । पार्टी विभाजनपछि आपूm सङ्लग्न रहेको पार्टीको सङ्गठनात्मक अवस्था कमजोर र त्यसमा पनि मुस्ताङमा सङ्गठन नै नभएकाले जाने अवसर जुर्ने कुरा भएन । पर्यटकीय हिसाबले जानका लागि आफ्नो आर्थिक हैसियत थिएन । यी सबै प्रतिकूलताले मुस्ताङ जाने इच्छा र चाहना त्यसै ओइलाएर पो जाने हो कि भन्ने लागि रहेको थियो ।
देशका साठी भन्दा बढी जिल्लाको भ्रमण गर्ने अवसर पार्टीकै कामले मिलेको थियो । त्यति हुँदा पनि मुस्ताङले पालो पाउनै सकेको थिएन । भूगोल विषय पढ्ने क्रममा संसारका प्राकृतिक अवस्थाको धेरथोर जानकारी पाइएको थियो त्यही क्रममा नेपालको मरुभूमि क्षेत्र भनेर चिनिएको उपल्लो मुस्ताङ कस्तो होला भन्ने जिज्ञासाले मनको एउटा कुनामा बास गरेर बसिरहेको थियो । बिचरण गर्न पाएको थिएन ।
अष्ट्रेलिया अध्ययनमा गएका मेरा भाञ्जा सुमन करिव पाँच बर्सपछि घरमा आएका थिए । उनले भ्रमणको योजना बनाए । भ्रमणमा आफ्ना आमा–बुबा र हामी मामा–माइजूलाई घुमाउने योजना अष्ट्रेलियाबाटै बनाएका रहेछन् । घरमा आएपछि पहिला उनी आफ्नो पारिवारिक भेटघाटमा ब्यस्त रहे । यता मेरो पनि सङ्गठनको काम र खेतिपातीको कामले समय मिल्न सकिरहेको थिएन । सबै काम सकिएपछि हामी चैतको अन्तिम साता मुस्ताङ जाने कार्यक्रम तय भयो । बहिनी–ज्वाईं, भाञ्जा र हामी दुईजना गरी पाँच जनाको एक हप्ते पारिवारिक भ्रमणका लागि हामी तुलसीपुर स्थित हाम्रो घरबाट २०७९ चैत २९ गते बिहान ७ बजे रिजर्भ गरिएको बोलेरो गाडीबाट निस्कियौँ । उक्त दिनको बिहानी खाना बटुटवलमा खाएर त्यहाँको फूलबारी घुमघामपछि हामी दिउँसो दुई बजे पाल्पाको बाटो हुँदै पोखराका लागि निस्कियौँ । पाल्पा, स्याङ्जा, पोखरा, पर्वत हुँदै बाग्लुङ र म्याग्दीसम्मको रुट गाइड म स्वयम् थिएँ । किनकि ती स्थान मेरा लागि पानीपँधेरो जस्तै बनेका थिए । अरू चार जनाका लागि यी सबै स्थान नयाँ थिए । यद्यपि मेरो जिवनसाथी र बहिनी भने पहिला पनि पोखरासम्म मुग्लिङको बाटो हुँदै गएका थिए । पाल्पाको बाटो उनीहरूका लागि पनि नौलो नै थियो ।
बुटवलबाट हिँडेपछि बेलुका पाँच बजे हाम्रो रिजर्भ गरिएको बोलेरो पाल्पा र स्याङ्जाको दोसाँधमा रहेको काली गण्डकीको पुल राम्दीघाट पुगेर घच्याक्क रोकियो । त्यहाँ चिया नास्ता गरेर काली नदीको अवलोकन ग¥यौँ । त्यहाँका दृश्यहरू क्यामेरामा कैद गरेपछि हामी पोखराका लागि बाटो लाग्यौँ । वालिङ कट्दा घाम अस्ताएको पुतलीबजार पुग्दा झमक्कै साँझ प¥यो । त्यहाँबाट पानीले पनि पिछा गर्न सुरू ग¥यो । त्यस ठाउँमा दिउँसैबाट पानी निकै ठूलो परेको रहेछ । कतैकतै त असिना पनि झरेछ । बाटोमा भेटिएका थिए सेताम्मे । रात परेकाले बाहिरको दृश्यावलोकन गर्ने अवस्था सकियो । त्यसपछि गाडीले जता डो¥याउँछ उतै चुपचाप डोरिनुको विकल्प रहेन ।
रातको करिब नौ बजे हामी पोखराको लेकसाइडको एउटा होटेलमा पुगेर झोला थन्क्यायौँ । घरबाट हिँडेदेखि नै त्यस दिनको गन्तव्य पोखरा थियो । हामी पुतली बजारमै हुँदा होटेलबाट फोन आएको थियो । त्यस भन्दा अगाडि पोखराका एक आफन्तको फोन आएको थियो । हाम्री सानी छोरीका जेठाजु नाता पर्नेले हाम्रो लागि होटेलको व्यवस्था मिलाइदिनु भएको थियो । दुई वटा कोठा बुक भएको रहेछ । खाना खायौँ अनि एक घण्टा लेकसाइडतिर घुमघाम गरेर रुममा फर्किएर शरीरका हाडखोरलाई बेडमा विश्राम दियौँ ।
२०७९ चैत ३० गते । हामी सबै बिहानै उठ्यौँ । नित्यकर्म सकेर होटेलको क्यान्टिनमा झरेर चिया पियौँ । अब हामी मुस्ताङ्का लागि बाटो तताउनु पहिला ड्राइभर भाइले गाडीको इञ्जिन तताउन थाले । भाञ्जा सुमन र म होटेलको बील तिर्न काउन्टरमा गयौँ । म्यानेजरले रुमको चार्ज रु पन्ध्र सय प्रति रुम हो भने । ‘अलि बढी भएन र’ भनेर सोधेको उनले ‘सरले बुक गरिदिएको हुनाले तपाइँहरूलाई मिलाएर पन्ध्र सय भनेको हो नत्र त बाइस–पच्चीस सय हो’ भने । पोखराको लेक साइडमा पन्ध्र सयमा एउटा डबल बेडको रुम पाउनु राम्रै त होला भनेर हामीले सोच्यौँ । बील तिरेर हामी लाग्यौँ पर्वत हुँदै मुस्ताङ जाने मध्यपहाडी लोकमार्गको बाटो ।
हामीले सरासर मुस्ताङ गएर त्यहाँ घुम्नुपर्ने स्थान घुमिसकेपछि मात्रै फर्कँदा बागलुङ, पर्वत तथा पोखरा र गोरखा घुम्ने योजना बनाएका थियौँ । सोही अनुसार हामी सरासर मुस्ताङकै बाटो पकडिरह्यौँ । हिउँदे मनसुन सुरू भएको हुनाले पनि हामीलाई बाटोमा डिस्टर्व नहोस् भनेर हामी चिन्तित थियौँ । किनकि हामीलाई स्याङ्जाबाट पानीले पिछा गरेकै थियो । पोखराबाट हिँड्दा नपरेको पानीले पर्वतको मालढुङ्गाबाट फेरी लखेट्न थाल्यो ।
प्राकृतिक दृश्यावलोकन र केही पुरातात्विक महत्वका भौतिक संरचनाहरूको कमी छैन नेपालमा । सम्भ्रान्तहरू विदेशमा घुमघाम गर्न जान्छन् तर हाम्रै नेपालमा प्रसस्तै यस्ता ठाउँहरू छन् जो विश्वका कुनै पनि प्राकृतिक दृश्यहरू भन्दा कम छैनन् । एउटै देशमा पूर्वी सिमानादेखि पश्चिम सिमानासम्मका लम्बेतान हिमाली, पहाडी र मैदानी भूगोल नेपाल बाहेक अन्यत्र सायदै होलान् । हिमालकै काखमा मरुभूमि भएको भूगोल पनि नेपालमा रहेको छ । हामी आफ्नै देशको मरुभूमिको दृश्यावलोकन गर्न मुस्ताङ जाँदै थियौँ । बिहान करिब बाह« बजे हामी म्याग्दीको रूप्से झरना भएको स्थलमा पुगेका थियौँ । हाम्रो गाडी जाममा प¥यो । किनकि म्याग्दी–मुस्ताङ जोड्ने राजमार्गको निर्माण कार्य भइरहेको रहेछ । लगभग दुई घण्टा त्यस क्षेत्रमा रोकियौँ । त्यतिञ्जेल रूप्से झरनालाई बिभिन्न पोजका पर्दामा राखेर आआफ्ना फोटोलाई क्यामेरा र मोवाइलमा कैद ग¥यौँ । म र भाञ्जा सुमन भने रूप्से झरना झरेको चट्टानी पहराको उकालो चढ्यौँ । भाञ्जा आधा उकालो भन्दा माथि चढ्न सकेनन् भने म चाहिँ पहरे उकालो चढेर टपमै पुगेँ । हल्का श्वासप्रश्वासको समस्या भएको मलाई त्यो उकालो चढेपछि मुस्ताङको माथिल्लो क्षेत्र कोरला पुग्दा अक्सिजनको समस्या नपर्ने ठहर गरेँ । हौसला जाग्यो । धेरै मानिसले हामीलाई माथिल्लो मुस्ताङ जाँदा लेक लाग्न सक्छ तपाइँहरू तराइबाट आएको मानिस भएकोले जान सक्नुहुन्न होला भनेर त्रासको बिउ रोपिदिएका थिए । बेलुका करिब चार बजेपछि बाटो खुल्यो र हामी त्यहाँबाट अगाडि बढ्यौँ ।
जब हामी घाँसा पुग्यौँ तब हाम्रो गाडीलाई पुलिस चौकीले रोक्यो । घाँसा म्याग्दी र मुस्ताङको सिमानामा पर्ने तर मुस्ताङकै बजार पर्दो रहेछ । हामी एक जना साथीको निजी प्लेटको गाडीमा गएकाले भाडामा किन आएको भनेर अगाडि जान नपाउने हुकुम प्रवाङ्गी ग¥यो प्रहरी भाइले । त्यहाँ प्रायः निजी प्लेट (रातो प्लेट) गाडीले भाडामा यात्रु बोक्ने रहेछन् । त्यसो गर्दा दुई÷तीनहजार जरिवाना तिनुपर्दो रहेछ । हामीले भाडामा लिएका थिएनौँ । तथापि गाडी हाम्रो पनि थिएन । मैले मुस्ताङको सशस्त्र प्रहरीको जिल्ला इञ्चार्जलाई फोन गरेँ र वास्तविकता बताएँ । त्यसपछि घाँसा स्थित पुलिस चौकीका असईसँग उनको फोन गराएँ । दुई प्रहरीको कुराकानी पछि हाम्रो गाडी छोडिदियो र हामी जोमसोम पुग्यौँ ।
मलाई पुलिसकै माथिल्लो निकायको सहयोगको सहारा लिनुपर्ने भयो । किनकि हामी मुस्ताङको यात्रामा पोखरादेखि अगाडि प्रहरीकै आवश्यक सहयोगमा हिडेका थियौँ । पोखराका सशस्त्र प्रहरीका डिएसपि पुरण न्यौपाने मेरै छोरीका जेठाजु पर्नुहुन्थ्यो । मुस्ताङमा होटेलको समस्याले गर्दा पहिला नै बुक गर्नुपर्ने रहेछ । उहाँले नै मुस्ताङको सशस्त्र क्याम्पमा फोन गरेर क्याम्प इञ्चार्ज रहेका इनिस्पेक्टरलाई हाम्रो लागि होटेल बुक गरिदिन भन्नुभएको थियो । माथिल्लो मुस्ताङ जाँदा केही समस्या परेमा उहाँकै सहयोग लिनुहोला भन्दै पोखराका डिएसपि ज्वाइँसावले भन्नुभएको थियो । हामीलाई घाँसामै उहाँको सहयोग लिनुपर्ने बाध्यता आइलाग्यो । कि त हामीले जरिबाना तिर्नु पथ्र्यो नत्र सहयोग लिनै पथ्र्यो । हामीले सहयोग लियौँ र अगाडि बढ्यौँ ।
यो जीवनमा विपरित संयोगको सामना पनि गर्नु प¥यो । हिजो ती दिन थिए पुलिस सेना र हाम्रा बिचमा एकअर्कालाई शत्रुका रूपमा लखेट्थ्यौँ । एकअर्कालाई मार्नु मर्नु पथ्र्यो । आज तिनै पुलिसको सहारा लिएर भ्रमणमा निस्कनु प¥यो । हिजो राजनीतिले नै हामीलाई त्यस अवस्थामा पु¥याएको थियो । सेना र पुलिस भनेका वास्तवमा सत्ताको रक्षक हुन् । यो संसारभरिको नियम हो । जब सत्ताले जनतालाई शोषण गरेर मुट्ठीभरका शाषक वर्गको सेवा गर्छ तब जनताले सत्ताका विरुद्ध धावा बोल्छन् । जनताले सत्ताका विरुद्ध धावा बोलेपछि शाषकवर्गले आफ्नो सत्ता बचाउन सेना पुलिसलाई जनताका छातीमा गोली हान्न आदेश दिन्छन् । ज्यान पाल्न जागिर खाएका पुलिस सेनाले जागिरको रक्षाका लागि सत्ताको आदेश पालना गर्नु पनि अस्वाभाविक होइन । कुरो त सत्ता कुन वर्गको हो भनेर छुट्ट्याउनुपर्ने हो तर उनीहरूले त्यसो नगरी जनताका छातीमा गोली र बुट बजार्छन् । जनयुद्ध त्यही प्रतिक्रियावादी सत्ता र जनताका विरुद्धको युद्ध थियो । त्यसैले हिजोका दिनमा हामी र उनीहरूका बिचमा द्वन्द्व थियो । आज युद्ध रोकिएकाले हाम्रा बिचमा नागरिकको सम्बन्ध रहन गयो । पुलिस अफिसर नै नाताभित्रको मानिस भएकाले आफन्तको नाताले हामीले सहयोग लिनुपरेको थियो ।
२०७९ सालको चैत ३० गते । बर्सकै अन्तिम दिन । बेलुका अबेर गरी चार बजे हामी जोमसोम पुग्यौँ । हामी त्यहाँ पुग्दा होटेल प्याक थियो । त्यस होटेलमा बास बस्ने सबै यात्रुहरू भारतीय थिए । बाहिर ठूलै पानी परेर भर्खरै फाटेर आकाश छ्याङ्ग थियो । हल्का जाडोले हाम्रा शरीर कमाउँदै थियो । भाञ्जा र म भएर जोमसोम बजार घुम्न निस्कियौँ । जोमसोम बजारलाई काली नदीले दुई भागमा बाँडेको रहेछ । करिब डेढ घण्टामा हामीले वारिपारी दुबैतर्फको जोमसोम बजार घुमेर सक्यौँ । होटेलमा फर्कनेबेला हामीलाई फेरी पानीले निथ्रुक्कै भिजायो । जोमसोम बजार दुबैतर्फ अग्ला हिमपहाडको खोँचमा काली गण्डकीको किनारमा उत्तर–दक्षिणमा लम्पसार परेको रहेछ । जिल्लाको जनसङ्ख्या पनि कम, भएका बस्तीहरू पनि निकै टाढा टाढा, गुजुप्प परेरका, प्राकृतिक रूपले विकट र चिसोका कारण मानिसहरूको आवतजावत धेरै नहुने भएकाले जोमसोम र मुक्तिनाथका बजारहरूको ग्राहक भनेका धेरैजसो पर्यटकहरू मात्र हुँदा रहेछन् ।
त्यस दिनको मौसमले गर्दा भोलीपल्ट कोरला नाकाको यात्रा अधुरै हुन्छ कि झैँ लागेको थियो । जे त होला भन्दै हामी खाना खाइवरी विस्तरामा ढल्यौँ । दुईवटा रुम बुक भएका रहेछन् । इन्सपेक्टरले बाटामा आउँदा कहाँ पुग्नुभयो भन्दै पटक पटक फोन गरिरहनु भएको थियो । होटेलमा पुगेपछि फोन गरेर सकुशल पुगेको जानकारी गरायौँ ।

चैतको अन्तिम रात जोमसोमको होटेलमा बितेकोले भोलीपल्टको नयाँ बर्स २०८० मा जोमसोम बजारले हामीलाई अङ्कमाल गर्ने कुरा थियो । बैशाख १ गतेको बिहान उठ्दा चारैतिर हिउँ परेरै सेताम्य थियो पहाड । यो वर्षको पहिलो हिउँ हो भन्थे स्थानीय जनता । नयाँ बर्सको अवसरमा जोमसोमको हिउँले हामीलाई स्वागत ग¥यो । नयाँ बर्सको सुरुआतसँगै जोमसोम अर्थात् तल्लो मुस्ताङबाट हामी माथिल्लो मुस्ताङ कोरला नाकाका लागि हिड्यौँ । मुस्ताङका अन्तिम राजा जिग्मे पर्वल विष्टको दरबार हेर्ने निकै पुरानो धोको पूरा गर्ने हेतुसँगै हामी उत्तरतर्फ लाग्यौँ । धोको पूरा पनि भयो । कोरला यात्रा सकेर बेलुका हामी पुनः त्यही होटेलमा झ¥यौँ ।
अब म यस संस्मरणको शीर्षक विषयबारे रोचक स्मृति कोर्न चाहन्छु ।
चैत २९ गते घरबाट हिँडेदेखि मुस्ताङ पुगेर पोखरा फर्कँदा हामीले पोखरा, जोमसोम, बेनीको गलेस्वर र पोखरामा जम्मा पाँच रात बितायौँ । हाम्रा पाँच वटा रात चार वटा होटेलमा बिते । चार वटै होटेलमा कोठाहरूको बुक पोखरामा रहनुभएको सशस्त्र डिएसपी ज्वाइँ पुरण न्यौपानेले मिलाइदिनु भएको थियो । त्यो बेला मुस्ताङका लागि पर्यटकहरूको पिक आवर भएकाले होटेलमा पहिला नै बुक गर्नुपर्ने अवस्था थियो । हाम्रो वर्गीय हैसियत अनुसारका होटेलहरूमा बुक पनि भएका थिए । गजबको कुरा त के भयो भने जब हामीले होटेलको बील तिथ्र्यौं त्यो बेला सबै होटेलमा रुमको मिलाएर पन्ध्र सय भन्ने भाषा सबै होटेल साहुहरूले प्रयोग गरे । उहाँ सरले (डिएसपीको नाम लिएर) भनेको हुनाले तपाइँहरूलाई मिलाएर पन्ध्र सय हो नत्र त यी रुमहरू बाइस–पच्चीस सौ पर्छन् भने । हामीले खुसी र धन्यावाद व्यक्त गर्दै बील ति¥यौँ । जोमसोममा र फर्किएपछिको रातको पोखरामा पो भेद खुल्यो । जोमसोममा पनि भारतीय यात्रुहरूसँग काउन्टरमा मेनेजरले प्रति रुमको पन्ध्र सयको दरले पैसा लिइरहेका थिए । गलेश्वर र पोखरामा पनि संयोगले भारतीयहरू नै रहेछन् र ती दुबै होटेलमा पनि पन्ध्र सयकै दरले पैसा लिए मेनेजरहरूले । यसरी हामीलाई होटेल साहुले उल्लू बनाएछन् । हामी त हो न हो मिलाएकै रहेछन् भनेर होटेल बुक गिरिदिने प्रहरी मित्रलाई धन्यवाद दियौँ । व्यवस्था मिलाई दिएकोमा धन्यवाद त दिनै पथ्र्यो तर हामीले रुमको रेट पनि तपाइँहरूका कारणले सस्तोमा मिलाइदिए भनेर रिपोर्ट पनि गरेका थियौँ । गलेश्वरमा त होटेल र सशस्त्रको बेसक्याम्पको गेट जोडिएको थियो । त्यहाँ पनि इन्सपेक्टरले कोठा बडो मुस्किलले मिलाइदिनु भएको थियो । यसरी चारवटै होटेल साहुले मिलाएर रुमको पन्ध्र सयको दरले हामीसँग बीलको पैसा लिए । यथार्थमा हामीले प्रयोग गरेका कोठाको वास्तविक रेट नै पन्ध्र सय रहेछ । गोरखामा हामी आफैँले लिएको रुमको चार्ज पनि पन्ध्र सय नै ति¥यौँ । यसरी हामी पहिला मख्ख पर्दै र पछि आफैँलाई लोप्पा ख्वाएर यात्रा सक्यौँ ।
भदौ ४, २०८०
भदौ ४, २०८०