सिन्धुपाल्चोक । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी)ले सिन्धुपाल्चोक जिल्लमा एकता भेला तथा प्रशिक्षण क्रार्यक्रम सम्पन्न गरेको छ । भदौ ६ गते जिल्लाको इर्खुमा सम्पन्न भएको उक्त भेलाको प्रमुख आतिथ्यता अखिल (क्रान्तिकारी) की केन्द्रीय सह–संयोजक तथा ३ नं.प्रदेश संगठन समितिकी इन्चार्ज शिलु न्यौपानेले गर्नुभएको थियो । भेलाले अर्पणा श्रेष्ठ संयोजक र राजेन्द्र माझीलाइ सह–संयोजक रहने गरी २१ सदस्सीइ जिल्ला संगठन समिति चयन गरेको छ ।

अर्पणा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेला तथा प्रशिक्षण कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज संकल्पको विशेष आतिथ्यता रहेको थियो । त्यसैगरी भेलामा अखिल (क्रान्तिकारी)का सचिवालय सदस्य तथा प्रदेश ३ संगठन समितिका संयोजक उषाकिरन, आदाज कामी, उपत्यका पश्चिम कमान्ड प्रदेश सह–संयोजक शोभा सेन्चुरी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सिन्धुपाल्चोक जिल्ला कार्यालय सदस्य धन गोलेलगायतको आतिथ्यता रहेको थियो । भेलाको सञ्चालन संगठनका सिन्धुपाल्चोक जिल्लाका सह–संयोजक राजेन्द्र माझीले गरेका थिए । भेला पश्चात राष्ट्रघति एमसीसी सम्झैता–, मुर्दावाद , एमसीसी सम्झैता खारेज गर लगायतका नाराहरु लगाइएको थियो । गो ब्याक एमसीसी, गो ब्याक अमेरिका, नो एमसीसी लेखिएका प्ले कार्डसहित प्रदर्शन गर्दै एमसीसी लेखिएका प्लेकार्डहरु समेत जलाउने काम गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर