काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को धादिङ र चितवन जिल्लाको जिल्ला एकता भेला प्रशिक्षण एवम् वैठक सम्पन्न भएको छ । धादिङ जिल्लाको एकता भेला सदरमुकाम धादिङ बेसिमा सम्पन्न भएको हो ।

भेलाले १७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको छ । भेलाले जिल्ला सम्मेलन आयोजक समितिको संयोजकमा अशोक आचार्य र सहसंयोजकमा जोन तामाङलाई चयन गरेको छ ।

एकता भेलाको प्रमुख अतिथ्यता संगठनका केन्द्रीय सह–संयोजक एवम् बागमती प्रदेश इन्चार्ज समेत रहेकी शिलु न्यौपानेले गरेकी थिईन् भने क्रान्तिकारी कम्युनिस्ट पार्टी धादिङका संयोजक बद्री अधिकारी अथितिका रूपमा रहेका थिए ।

संगठनकी केन्द्रीय सह–संयोजक एवम् कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी शिलु न्यौपानेले विद्यार्थी आन्दोलन अब गतिका साथ अगाडी बढेर शिक्षा क्षेत्र दलालहरुलाई बढारेर फाल्ने उद्घोष गरिन् । उनले हुनेखाने र हुँदाखानेहरूका लागि फरक (फरक शिक्षाको अन्त्यका लागि आफुहरू बलिदान समेत गर्न पछि नपर्ने बताईन । प्रमुख अतिथि न्यौपानेले धादिङ जिल्ला पार्टी र समग्र जिल्लामा निर्वाचित विद्यार्थी नेताहरूलाई बधाई समेत ज्ञापन गरिन ।

पार्टीको तर्फबाट भेलालाई सम्बोधन गर्दै जिल्ला संयोजक बद्री अधिकारीले गणतन्त्र जनताका लागि नआएको भन्दै वैज्ञानिक समाजवाद स्थापना गरेरै छाड्ने बताए । उनले भ्रष्टाचार गर्ने र जनतालाई ठग्नेहरूका अब दिनगन्ति सुरु भएको बताए । उनले धादिङको तिम्लिङ देखि तोप्लाङसम्मका जनतालाई बिद्रोहमा ल्याउन विद्यार्थीहरूले भुमिका खेल्नुपर्ने बताए ।

भेलामा संगठनका बाग्मति प्रदेश संयोजक उषाकिरण आजाद , संगठनका सचिवालय सदस्य एवम् उपत्यका पश्चिम कमाण्डर विकल्प खत्री र पार्टी निलकण्ठ नगर प्रमुख समेत रहेका शक्तिमान अतिथिका रूपमा रहेका थिए ।

त्यसैगरी अखिल (क्रान्तिकारी) चितवन जिल्लाको एकता भेला, प्रशिक्षण र बैठक पनि चितवनको सप्तगन्डकी बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । सविन खड्काको संयोजकत्वमा चितवन जिल्ला संगठन समिति निर्वाचित गरेको छ। भेलामा प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रिय संयोजक मिलन राई, (क्रान्तिकारी कम्युनिष्ट) पार्टीका चितवन जिल्ला इन्चार्ज धुर्व रावल, अखिल (क्रान्तिकारी) केन्द्रिय सह–संयोजक तथा बाग्मती प्रदेश इन्चार्ज शिलु न्यौपाने, (क्रान्तिकारी कम्युनिष्ट) पार्टि चितवन जिल्ला सह–संयोजक दुर्गा सुवेदी, अखिल (क्रान्तिकारी) वागमती प्रदेश संयोजक उषाकिरन आजात, धादिङ जिल्ला संयोजक बद्रि अखिल (क्रान्तिकारी) ,अखिल (क्रान्तिकारी) सचिवालय सदस्य तथा उपत्यका पश्चिम कमान्डका विकल्प खत्री लगायत नेताहरुको आतिथ्यता रहेको थियो। भेला सानदार रुपमा सम्पन्न भएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर