४ साउन, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कन्चन ‘ र गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकास बिच शुक्रबार भेटबार्ता सम्पन्न भएको छ । सरकार र नेपाल कम्युनिस्ट पार्टी बिच भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न, तत्कालीन नेकपा सर्लाही ईन्चार्ज कुमार पौडेलका हत्यारालाई कारबाही अगाडी बढाउन र हत्या गर्नेहरुलाई कार्बाहीको दायरामा ल्याउन प्रवक्ता कञ्चनले ध्यानाकर्षण गराउनु भयो । सो अवसरमा कुमार पौडेलकी आमा दुर्गादेवी पौडेलले आफ्नो छोराको हत्यारालाई कार्बाही गर्न माग गर्नु भएको थियो ।

गृहमन्त्री श्रेष्ठले कुमार पौडेललाई राजनैतिक प्रतिशोधको कारणले हत्या गरिएको र घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर