२ साउन काठमाडौँ
लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री विजयबहादुर यादव बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका छन् ।
नेकपा एमालेका नेतासमेत रहेका यादवलाई बैंकिङ कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले आइतबार साँझ पक्रा गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले यादवलाई पक्राउ गरेर रुपन्देही प्रहरीको जिम्मा लगाइएको जानकारी दिए ।
पूर्व मन्त्री यादवलाई बाँकेको डुडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ गरिएको थियो ।
प्रहरी नायव उपरीक्षक डाँगीका अनुसार बैङक कसुर मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट जारी भएको पक्राउ पुर्जी प्राप्त भएपछि उनलाई पक्राउ गरेर पठाइएको हो ।
यादवले रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवको नाममा १० माघ २०७० मा काटेको चेक बाउन्स भएको थियो ।
यादवले १२ लाख २८ हजार रुपैयाँ चेक काटेर दिए पनि पटक पटक बैंक जाँदा पर्याप्त मौज्दात नभएको देखिएपछि चेक बाउन्स भएको थियो ।
भुक्तानीका लागि चेक लिएका यादवले प्रहरीमा पूर्वमन्त्री यादवविरुद्ध चेक अनादरको उजुरी दर्ता गरेका थिए ।
यादले नेपाली कांग्रेसबाट राजनीति थालेका थिए। २०७४ को आमनिर्वाचनमा नेपाली कांग्रेसबाट टिकट नपाएपछि उनी जसपामा प्रवेश गरेर प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
तर जसपाको निर्णयविपरीत दोस्रो पटक शंकर पोखरेल नेतृत्वको सरकार टिकाउन भूमिका खेलेपछि उनी कारबाहीमा परेका थिए ।
पार्टी कारवाहीमा परेपछि प्रदेशसभा सदस्य पद खोसिएका उनी एमाले नेता पोखरेल नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । तर कारबाहीमा परेपछि उनले प्रदेश सभा सदस्य पद गुमाएका थिए ।
जसपाको कारबाहीमा परेपछि उनी ३१ साउन २०७९ मा जसपा छाडेर एमालेमा प्रवेश गरेका थिए । उनी २०७४ को निर्वाचनमा लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट निर्वाचित भएका थिए ।
मन्त्री रहेकै बेला यादवलाई २०७९ साउनमा एमाले केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली र केन्द्रीय कमिटी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले बाँकेमा आयोजित एक कार्यक्रममा एमाले प्रवेश गराएका थिए ।
ताजा समाचार
© 2024, All right reserved to मूलबाटो