साताको साहित्य ः निबन्ध
केहिदिन अघिदेखी बिछट्टै घनिभूत भएर खबरको बाढी आयै थियो । । ” हावा नचली पात हल्लिँदैन” । अर्थात कुनै सङ्केत बिना खबरहरु बाहिर आउदैन । बाहिर खबर आएको लगत्तै नया समाजवादी केन्द्र घोषणा पनि भयो । मोर्चाको घोषणाले केही मान्छेहरुमा एउटा तरङ्ग ल्यायो । समाजवादी मोर्चाको जोरजाम यदि नेपाली समाजलाई बिकास गरेर समाजवादसम्म पुर्याउने असली नियतबाट आएका योजना हो भने त्यसको स्वागत गर्नु पर्दछ तर सत्ता स्वार्थको कोणबाट आएको यदि हो भने सचेत नेपालिले प्रश्न उठाउन ढीला गर्नु हुदैन ।छिमेकिको घरमा रोटि पाकोस कि भात चासो किन राख्नु छ र ? तर चासो यो कारण राख्नु पर्दो रहेछ कि कम्युनिष्ट आदर्शबाट विचलन हुँदै समाजलाई भ्रम दिन जो जसले भुमिका खेल्छ नि हामी क्रान्तिकारीहरुले त्यो भ्रम चिर्नु पर्ने दायित्व हुन आउँछ ।
अहिले बनेको यो समाजबादी मोर्चा रुपमा नया भए पनि सारमा नयाँ भने होइन ।प्रचण्ड नेतृत्वको पार्टि संसदवादको पोखरीमा हामफालेपछि उब्जिएको सवाल हो । ०७४ को संसदिय निर्वाचनमा कम्युनिस्ट केन्द्र बनाउने भन्दै एमालेसितको एकता र एमाले भित्रको पेलाइपछी छुट्टिएको माओवादी केन्द्रभित्रको सत्ता र शक्ति आर्जन गरेर पार्टिको अस्तित्व जोगाउने चालबाजी मात्र हो । अहिले यो शक्ति ढुल्मुले अवस्थामा छ । चुनावी अभियानमा बृहत् लोकतान्त्रिक मोर्चा भन्दै काँग्रेस लगायतका गैह्र बामपन्थी दलसित मोर्चा बनाएर चुनाव लडेको यो शक्ति संसदमा झिनो तेश्रो शक्ति बन्न पुगेको छ । आबधिक संसदमा शक्तिको बाँडफाँडमा पहिलो अवधी सरकारको नेतृत्व गर्न पुगे पनि सहमतिय अबधिसम्म सरकारको नेतृत्वमा रहन पाउनेमा ढुक्क भने छैन । माकेका लागि यो अवधी ओछ्यानमाथिको जाँतो बनिरहेको छ ।उसले टेक्दै गएको धरातल भासिँदै जानुले यो अवस्थाको सिर्जना भएको हो ।माके घटक यो अवस्थितिमा आइपुग्नु दुई दशक अघि पुर्व उ सहितको समष्टिगत रुप र उसले अँगालेको कार्यशैली र कार्यदिशा बुझ्नु पर्नेहुन्छ । यदि जनमतमा विश्वाश गर्ने हो भने शान्ती सम्झौतापछी गरिएको पहिलो निर्वाचनको परिणामले उसको कार्यदिशामा जनसमर्थन व्यापक थियो तर उसको कार्यशैलिको कारण उ ओरालो लाग्ने स्थितिमा पुग्यो । जनयुध्दमा सँगै हिँडेका क्रान्तिकारुहरुले प्रचण्डको दक्षिणपन्थी अवसरवादलाई छोडेर अर्को नयाँ क्रान्तिकारी पार्टी निर्माण गरेको ईतिहास साक्षी छ ।
ब्यक्ती वा पार्टि भित्रको परिवर्तन आन्तरिक र बाह्य दुई कारणले सम्भव छ । माके नेतृत्व यी दुबै कारणले परिवर्तित भएको हो । परिवर्तन अग्रगमन र पश्चगमन दुबै अवस्थाको हुन्छन । वस्तुको रुप र गुण वातावरणका कारण हुने गर्छ ।अहिले माकेको स्थिती पश्चगमनको अवस्था हो र सत्तामोहका कारण दक्षिणमार्गि शक्ति सितको सह सम्बन्ध पहिलो कारण हो भने आफुले आत्मसात गरेको बिचार दर्शनबाट पछि हट्नु अर्को कारण हो । त्यस कारण उ कहिले कम्युनिष्ट केन्द्र त कहिले समाजवादी केन्द्रको हवाला दिइरहेछ । कतै यो समाजवादी केन्द्र पनि उहीँ पुर्व बाम एकताको अर्को संस्करण पो हो कि ? बाहिर चलेका हल्ला अनुसार आफुलाइ बाम भन्ने माधव नेपालको समूह अनि विप्लब समूह बिचको जोडजाड गरिएको छ । यो जोरजामले माघे जाडोमा एकसरो बर्को ओढेभन्दा बढी तातो आउने सम्भावना देखिदैन ।
माओवादी आन्दोलन एक युगको खास आवस्यकता थियो । त्यो भावावेगमा थिएन ।गाउँ शहर सबैतिर विभेद र बेथितिको पहाडले थिचिएको थियो जनताहरु त्यो अवस्थाबाट मुक्त हुन चाहन्थे । त्यसकारण एउटा निश्चित उद्देश्य बोकेर अन्तराष्ट्रिय मुक्ती आन्दोलनका केही कडिहरुलाई उदाहरणमा राखेर मालेमावादको आलोकमा सन्चालित अभियान थियो तर यो लक्ष्यमा नपुग्दै तितरवितर भयो । हिजोका दिनमा जनताद्वारा पाएको सद्भावको भलिभाँती दुरुपयोग गरेपछी पाइने प्रतिफल भनेको आफू चाउरिने नै हो ।
अहिले संसदबादी दलहरुको चालढाल देखेर जनताहरु वाक्कदिक्क भएका छन । जनतालाई सुशासन चाहिएको छ । उत्पादनमा भाग लिने शक्तिहरुलाई उत्पादित बस्तुको यथोचित मूल्य चाहिएको छ । बेरोजगारले समाजको सचेत युवा शक्ति मुलुकबाट बाहिरिएको छ ।के यो अहिले निर्माण गरिएको समाजवादी मोर्चाले यी बिषयमा समाधानको पहल लिन्छ त ? लिदैन किन कि बिश्वास गर्ने ठाउँ नै छैन । यो मोर्चाको अन्तर्य भनेको संसदिय गणितमा खेल्ने र सत्ताको वरिपरि रहनु मात्र हो । आवधिक निर्वाचनमा यी दलहरु जब जब साँघुरिँदै गए तब तब एकताको पासा फालेर दुनियाको आँखामा छारो हाल्ने योजना बुन्दै गए । यसको घोषणापछी दलालतन्त्रका खेलाडिहरुले अर्को नया गोटि घुमाउने योजना बुन्ने बाटो खुलेको छ । यहि मोर्चाको नाम भजाएर दलालहरुले हरेकबाट उसको क्षमता अनुसार दोहन गर्नेछन । सडकमा , चियाभट्टिमा चर्चा हुन थालेको छ ” विप्लव पनि समाजवादी मोर्चामा । विप्लवको एकीकृत क्रान्ती पनि स्थानिय सत्ताको कुर्चिमा पस्न पछाडिको झ्यालबाट ताहुरमाहुर गर्दा गर्दै चुनावी तयारीका दिन सकिएको सबैलाई थाहा भएकै बिषय हुन । नया भनिएको समाजवादी मोर्चामा विप्लवहरुको प्रवेशले प्रचण्डका लागि सत्ता बार्गेनिङको एउटा लबस्तरो हतियार चाहिँ बन्ने छ । मोर्चा बनेसँगै बिबाद पनि जन्मिएको छ । नया समाजबादी मोर्चाको रटान लगाउदै आइरहेका पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइको झुण्ड भने त्यसमा समावेश नगरिएको समाचार बाहिर आएको छ । नेकपा माओबादिको चुनवाङ बैठकमा संसदबादी मार्गको प्रस्तावक बनेर प्रचण्डलाई सो मार्गमा बहकाउन खप्पिस भट्टराइलाई ताजा मोर्चाभित्र स्थान नदिनुले मोर्चाको भविष्यबारे प्रश्न उठेको जानिफकारहरुको बुझाइ छ । गएको संसदिय निर्वाचन गोरखा २ प्रचण्डलाई सुम्पिएका र चुनावी यात्राभरी नया समजबादी मोर्चाको ब्याख्यान छाँट्दै सहकार्य गरेका प्रचण्डले यो मोर्चामा बाबुरामलाई समाबेश नगराएर गएको चुनावमा बाबुरामले लगाएको गुन राम्रै तिरेको देखिएको छ । संसदबादी राजनिती सारमा धुर्त्याइँ छलकपट र धोकादिने क्षेत्र हो भन्दा फरक पर्दैन । यसको सबुद खोज्न ओलि प्रचण्डको पार्टी एकता र बिच्छेद हेरे पुग्छ । पार्टी मोर्चा वा घटक बन्नु अघि कबुल गरिएका मान्यताहरु गठन सँगै निस्ग्कृय हुँदै जान्छन र बिस्तारै आआफ्नो झुण्डमा पुन फर्किएको दृश्यहरु नेपाली जनताले धेरै पटक देखेका छन । यसपटकको समाजवादी मोर्चा त्वत्त्विक हिसाबले कुनै अनौठो छैन सत्ताको फेर समातेर कमाउ र मोज गरको मान्यता अनुरुप गठन गरिएको भन्दा फरक नपर्ला ।
अहिले वर्षा ॠतु शुरु भएको छ । यो याममा मौलाउने एउटा बनस्पती छ जसलाई हामी निगुरो भन्दछौँ । निगुरो तरकारीका लागि उपयोगी हुन्छ तर सबै निगुरोको स्वाद एकै प्रकारको हुदैन । उच्च पहाडी खोल्सातिरको निगुरो र मधेशका खोली किनारको निगुरोको स्वाद फरक पर्दछ ।अर्को कुरा हाम्रो भान्सामा विभिन्न प्रजातिका तरकारी मिसाएर पकाउने चलन छ जुन तरकारीलाई जोगि तरकारी भनिन्छ जसको स्वाद एकै जातको हुदैन । अहिले निर्माण भएको समाजबादी मोर्चा त्यही जोगि तरकारी हो ।आफुहरु थोत्रिँदै जानू र जनताको नजरबाट गिर्दै गएको अनुभुतिले निसासिएको बेला नयाँ देखिन गरिएको यो जोडजाड कुनै स्वार्थमा पुगेपछी खर खिचलोले बिभाजन न निम्तिएला भन्न सकिन्न ।