२६ असार गोरखा ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गोरखा जिल्ला संगठन समितिको ऐतिहासिक एकता अधिवेशन यही असार २३ गते सुसम्पन्न भयो । पार्टीको केन्द्रीय अधिवेशन आयोजक समितिको सचिवालय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज रुपेशको अध्यक्षता, पार्टीको केन्द्रीय कार्यालय सदस्य तथा ४ नं. प्रदेश इन्चार्ज आजादको प्रमुख आतिथ्य, ४ नं. प्रदेशको संयोजक अनुकुल र ४ नं. प्रदेशको युवा जनस्वयम्सेवक संगठनका प्रमुख अनन्तको विशेष उपस्थिति एवं गोरखा जिल्ला संयोजक पुष्पको सञ्चालनमा सम्पन्न अधिवेशनले १३ सदस्यीय गोरखा जिल्ला संगठन समिति निर्माण गरिएको छ । सहसंयोजकमा अविरल, सदस्यहरुमा तारा, सागर, राम, अभिषेक, वीर बहादुर, कृष्ण, ध्रुव र विकास चयन भएका छन् । ३ सदस्य पछि थय गर्ने निर्णय भएको छ ।
उक्त एकता अधिवेशन तथा प्रशिक्षण भेलामा प्रमुख अतिथि आजादले पार्टीको मार्गदर्शन सिद्धान्त, कार्यदिशा, कार्यनीति र नेपाली क्रान्तिको आगामी योजना बारे प्रशिक्षण दिएका थिए । त्यसैगरी अनुकुल र अनन्तले शुभकामना मन्तव्यसहित जिल्ला संगठन समितिको कार्यभार बारे महत्वपुर्ण भनाईहरु राखेका थिए ।
ताजा समाचार
© 2025, All right reserved to मूलबाटो