काठमाडौ । अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघको थली भेला सम्पन्न भएको छ । भेलाले दिपक राईको संयोजकत्वमा ११ सदस्यीय निर्माण मजदुर संघको थली इकाई कमिटी गठन गरेको छ ।
भेलालाई महासंघका सचिव रंगवीर दोङले प्रशिक्षित गर्दै आगामी मई – १ अर्थात १३४ औं अन्तर्राष्ट्रिय मजदुर आन्दोलन दिवसलाई ऐतिहासिक र प्रभावकारी बनाउने गरि भूमिका खेल्न र वैशाख १८ गते खुलामञ्चको कार्यक्रममा सहभागी हुन भेलामा उपस्थित सम्पूर्णमा आव्हान गर्नुभयो ।
भेलामा केन्द्रीय अभियान दलबाट अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघका संयोजक बालकृष्ण सिटौला, अखिल नेपाल क्रान्तिकारी पेन्टर मजदुर संघका संयोजक राजु लामाको उपस्थिति रहेको थियो ।
यो अभियान अन्तरगत महासंघले पाँच लाख मजदुरसम्म पुग्ने, दशहजार मजदुर संगठित गर्ने र एक हजार नयाँ इकाई निर्माणको लक्ष्य लिएको छ ।