काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले आगामी बैशाख १८ गते पर्ने १३४ अन्तर्राष्ट्रिय मजदुर दिवसको अपिल सार्वजनिक गरेको छ । “मजदुरहरुका चुनौतीहरूको सामना गर्न जुझारू र बलियो क्रान्तिकारी केन्द्र निर्माण गरौँ !, १३४ औं अन्तर्राष्ट्रिय मजदुर आन्दोलन दिवस संघर्षको रूपमा मनाऔं !!” भन्ने मूल नाराका साथ महत्वपूर्ण अपिल सार्वजनिक गरेको छ ।


महासंघको केन्द्रीय कार्यालयको तर्फबाट सार्वजनिक अपिलमा यस पटकको मई दिवसको अबसरमा मजदुरहरुको बलियो क्रान्तिकारी संगठन निर्माण गर्ने ठोस योजना र कार्यक्रम लिएर अगाडि बढिरहेको उल्लेख गर्दै यस कार्यका लागि सबै जनवादी, वामपंथी शक्तिहरु लगायत मजदुरहरुलाई समेत ठोस योगदान गर्न र सकारात्मक भूमिकाको निम्ति गम्भीरतापूर्वक अनुरोध गरिएको छ ।

यस्तो छ अपिलको पूर्णपाठ :

“आदरणीय मजदुर साथीहरू एवं जनसमुदाय,
मजदुरवर्ग र पुँजीपतिवर्ग परस्पर संघर्षरत रहँदै आएका छन् । मई १ अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस आफ्ना मागहरुलाई लिएर पुँजीपतिवर्ग विरुद्ध मजदुरवर्गले निर्माण गरेको संघर्षको इतिहास हो, जहाँ अमेरिकी मजदुरहरुले १८८४(१८८६ सम्म जून वीरतापूर्ण संघर्ष गरे त्यो मजदुरवर्गको गौरवशाली आन्दोलनको रुपमा स्थापित छ । मुलत: १८८६ मई १ देखि सुरु भएको मजदुर आन्दोलनका मुद्दाहरु दमन र प्रतिरोधपूर्ण संघर्षको परिणाम स्वरूप विश्वव्यापी हुन पुगे । अर्थात सिकागो सहरका मजदुरहरुको विशाल प्रदर्शन एवं प्रतिरोधको इतिहास मजदुरवर्गको वीरता, बलिदान र विजयको इतिहास हो । सूर्योदय देखि सूर्यास्तभन्दा धेरै समय काम गरेर पनि कठिन जीवन बिताउन विवश मजदुरवर्गले गरेका ऐतिहासिक विद्रोहको स्मरण र त्यसको गौरवलाई जीवन्त राख्न संसारभरका श्रमिकवर्गका सच्चा प्रतिनिधि कमरेड एमेल्स नेतृत्वको कम्युनिस्ट अन्तर्राष्ट्रियको सन १८८९ मा फ्रान्समा सम्पन्न बैठकद्वारा विश्वव्यापी मनाउने निर्णय सँगै सन १८९० देखि यो दिवस संसारभर मनाइदै आएको छ । १३४ औं दिवसको यो अबसरमा नेपालमा पनि हामी बिगतमा झैं यसको गरिमामय इतिहासलाई निरन्तर अगाडि बढाइरहेका छौं । पुँजीपतिवर्गले श्रमको शोषण गर्दछ र अतिरिक्त मूल्य सिर्जना गर्दछ । मजदुरहरु श्रमको मूल्य नपाएर गरिबी अभाव र संकट झेलिरहेका हुन्छन । पुँजीवादको विकास भएका युरोप अमेरिका जस्ता मुलुकहरुमा श्रम र पूँजीका बीचमा बढ्दो विरोधका बीच अमेरिकाको सिकागो शहरका मजदुरहरूले अगाडि बढाएको आठ घण्टा काम, आठ घण्टा जाराम, आठ घण्टा मनोरन्जनको माग सहित जुझारू एवं वामपंथी मजदुर आन्दोलनको प्रेरणाले संसारभरका श्रमिकवर्गका लागी आजपर्यन्त दिशा निर्देश गरिरहेको छ । मई आन्दोलन, पेरिस कम्यून, बोल्सेभिक क्रान्ति मजदुरवर्गका गौरव एवं विजयका युगान्तकारी परिघटनाले समृद्ध इतिहास हुन । मजदुरवर्ग ऐतिहासिक दृष्टिले नयाँ युगको नेतृत्वदायी शक्ति हो । तर आज उदारवादी विचारधारा पूँजीवादको विचारधारात्मक जस्त्रको रूपमा विश्वव्यापी फैलिएको छ । यसले भ्रमको चक शोषण, प्रकृतिको दोहनका साथै धनि र गरिबको खाडल महिरो बनाउदै लगेको छ । उत्पादन र वितरणको विश्वव्यापीकरणले श्रमको शोषणकारी चरित्रलाई अझै कठोर र जटिल बनाउँदै छ । पुँजीपति वर्गकालागि नाफा कमाउन र श्रमिकवर्ग अजिविकाका( लागि विश्वव्यापी भौतारिनु आजको युगको विशेषता जस्तो प्रतित हुन्छ । यसरी हेदां एकातिर पुँजीपतिवर्गको अर्कोतिर मजदुरवर्गको विशाल संख्या दुई शिविरमा विभाजित भएर विश्वव्यापीकृत हुने स्थितिमा तिव्रतापूर्वक अगाडी बढिरहेको देखीन्छ । उदारिकरण, भूमण्डलीकरण, विश्वव्यापीकरणको कार्यक्रम र नाराका साथ पूँजीपतिवर्गको हितमा नियम, कानून निर्माण गर्नका साथै राज्य, प्रसाशन एवं संरचनाहरू विकास गरेर मजदुरहरुका मौलिक, नैसर्गिक र आधारभूत हितहरुलाई समाप्त पार्ने काममा सम्बन्धित देशका शासकवर्ग माथी प्रभाव र दवाब पानुं विश्व पुँजीवाद वा साम्रज्यवादको निति रहेको छ । परिणामत: आज हामीले दोहोरो शोषणको घेरावन्दी विरुद्ध लडनपर्ने चुनौतीको सामना गरिरहेका छौं।
देशमा बढ्दो श्रमशक्तिका निम्ति रोजगारीका क्षेत्र स्थापना गर्न दलालतन्त्र अबरोध बनेर खडा छ । पचासौं लाख युवाहरु मध्य–पूर्व लगायत मुलुकहरूका अपमानजनक श्रम बजारमा काम गर्न बाध्य छन । देशमा सम्मानजनक श्रम बजार तथा उचित पारिश्रमिक अभावले मजदुरहरुमा चरम असन्तोष बढ्दो छ । कबित लगानी मैत्री ऐनकानुनहरु निर्माण गरेर मजदुरहरुका पेशागत अधिकार खोसिदै लगिएको छन । मजदुरहरुका संगठित हुने, मागहरु राख्ने र हडताल गर्ने अधिकार माथि विभिन्न ढंगले बन्देज लगाइएको छ । समयोचित तलब( ज्यालामा वृद्धि गरिएको छैन । घरेलु उद्योग माथि बहुराष्ट्रिय उद्योगको उद्योगपति माथि विपतिहरुको एवं राष्ट्रिय पूँजीपतिमाथि दलाल पुँजीपतिहरुको हैकम बढ्दो छ । फलस्वरूप श्रम बजार संकटमा छ । रोजगारी कटौती गरेर मजदुरहरुलाइ थप संकटमा धकेल्ने प्रपन्च भैरहेको छ। सरकार भ्रस्टाचार र दलालहरुको प्रभावमा काम गरिरहेको छ । समाजवादको हल्ला गरेर दलालतन्त्र बलियो बनाइदै छ । थुप्रै समस्या र संकटका बाबजूद यसको सामना गर्ने ताकत मजदुरहरुमा छ । ठूलो संख्या र उदाउँदो शक्ति हुनुको नाताले मजदुरहरुले नेतृत्वदायी भूमिका खेलेर मात्रै विद्यमान र आउँदा दिनका संकटहरुको सामना र समाधान गर्न सकिन्छ । त्यसको निम्ति जुझारु चरित्रको क्रान्तिकारी मजदुर संगठनको बलियो केन्द्र निर्माण गरेर मात्र त्यो अभिभारा पूरा गर्न सकिन्छ । त्यसका निम्ति हामी प्रयत्नशील रहदै आएका छौं । यस पटकको मई दिवसको अबसरमा मजदुरहरुको बलियो क्रान्तिकारी संगठन निर्माण गर्ने ठोस योजना र कार्यक्रम लिएर अगाडि बढिरहेका छौं । यस कार्यका लागि सबै जनवादी, वामपंथी शक्तिहरु लगायत मजदुरहरुलाई समेत ठोस योगदान गर्न र सकारात्मक भूमिकाको निम्ति गम्भीरतापूर्वक अनुरोध गर्दछौं । क्रान्तिकारी अभिवादन ।”
अपिलमा विभिन्न १५ वटा नारा उल्लेख गरिएको छ : हाम्रा नाराहरु
१.१३४ औ अन्तराष्ट्रिय मजदुर दिवस सफल पारौ।
२. नेपालका क्रान्तिकारी संगठनहरूको बलियो केन्द्र निर्माण गरौ ।
३. ठेकेदारी, करार, अस्थाई र ज्यालादारी प्रथा खारेज गर
४. कथित हायर एण्ड फायर, नो वर्क नो पे खारेज गर ।
५. आधारभूत तलवमान वृद्धि गरी निजामती सरह कायम गर
६. स्थाई रोजगारी, सेवा सुविधा र सामाजिक सुरक्षाको सुनिस्चितता गर ।
७. मजदुरहरुमाथि थोपरिएको यूनियन लेवी प्रणाली खारेज गर ।
८. दलाल ट्रेड यूनियनहरूको भण्डाफोर गरौं ।
९. मजदूर विरोधी ऐन, नियम, कानुनहरू खारेज गर ।
१०. वैदेशिक रोजगारीका नाममा भैरहेका सबै खाले अपमानजनक व्यवहार(बन्दगर ।
११. मजदुरहरुको समानुपातिक प्रतिनिधित्व भएको राजनितिक व्यवस्था स्थापना गर
१२. संसारका मजदुर तथा उत्पीडित जातिहरु एक होऔं।
१३. नयाँ जनवादी क्रान्ति– जिन्दावाद ।
१४.वीर सहिदहरु लाल सलाम।
१५. अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ– जिन्दावाद ।

प्रतिक्रिया

सम्बन्धित खवर