काठमाडौं । भूमिहीन सुकुम्बासीहरूले आज मंगलबार पनि माइतीघरमण्डलामा प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिकाले एक हप्ताभित्र ठाउँ खाली गर्न दिएको निर्देशन खारेज हुनुपर्ने, पक्राउ परेका भूमि अभियन्ता रिहा गर्नुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले २२ औं दिनदेखि निरन्तर रुपमा प्रदर्शन गर्दै आएका छन् । भूमि अभियन्ता हुकुमबहादुर लामा र नारायण परियारलाई प्रहरीले पक्राउ गरेर झुटो मुद्दा लगाएको उनीहरुको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर