वर्तमान विश्व लेनिनले भनेझै पुँजीवादको चरम अवस्था एकाधिकार दलाल पुँजीवादी चरित्र रहेको वयवस्था हो र जसलाई उहाँले साम्राज्यवाद भन्नु भएको छ । साम्राज्यवाद भनेको यस्तो व्यवस्था हो जसले पुँजीपतिवर्गको स्वार्थ साध्न वा पुँजी बढाउनका निम्ति हरेक प्रकारका कलकारखाना, उधोगधन्दा खोलि थरी–थरीका सामानहरूको उत्पादन गर्नुका साथै स्वदेश तथा विदेशको समेत शोषण गर्दछ । थरी–थरीका हातहतियार तयार गरेर विदेशमा निर्यात गरी कूटनैतिक चालवाजीद्वारा लडाइ मच्चाईरहन्छ र विदेशको शक्ति र क्षमता घटाई कमजोर पारेर आफनो शोषणको प्रक्रिया र पुँजीको विकासलाई सुनिस्चित मात्रै गर्दैन यसलाई रात दुई गुना दिन चौगुनाको रफ्तारमा वढाएर लैजान्छ । वर्तमानमा विश्वका सवै पुँजीवादी देशहरूको नेता अमेरिका भएको छ । त्यसैले सवैप्रकारका मानवता विरोधी खरावीहरूको उदगमस्थल र विश्व प्रतिक्रियावादको अखडा पनि साम्राज्यवादी शक्ति राष्ट्रहरु खासगरी अमेरिका नै हो ।
माक्र्सवादले वैज्ञानिक रूपले व्याख्यागरेको तत्थ्य के हो भने यसरी एकातिर पुँजीवादले आफ्नो विकास र अस्तित्वको लागि साम्राज्यवादको रूपलिईरहेको हुन्छ भने संग–सगै यसकै गर्भबाट यसको उन्मूलनको लागि कामगर्ने एउटा क्रान्तिकारीवर्ग शक्ति सर्वहारावर्गको पनि विकास गरीरहेको हुन्छ, जसलाई माक्र्सले कम्युनिस्ट पार्टीको घोषणापत्रमा “सर्वहाराको निम्ति गुमाउनको लागि नेल र हतकडि वाहेक अरु केहि पनि हुदैन तर जित्नको लागि सारा संसार छ ” भनेर भन्नु भएको छ ।
साम्राज्यवादी शोषणको विरुद्व एकजुट हुन बाट आम शोषित पिडित देशहरूका जनता खासगरी ती देशभित्रका पनि सर्वहारावर्ग, गरीव किसान, मजदुरवर्ग र तिनीहरूको समग्र मुक्तिको लागि काम गर्ने क्रान्तिकारी कम्युनिस्टहरूको विचमा विभाजन ल्याउन, उनीहरूलाई माक्र्सवादी लेनिनवादी सिद्वान्त र राजनीतिवाट निरास र निस्किृय वनाउने नै साम्राज्यवादी शक्तिहरूको घोषित उद्देश्य हुन्छ । आर्कोतीर साम्राज्यवादी शक्तिहरूव्दारा पालित पोषित यस्ता व्यक्तिहरू र संघ संस्थाहरू हुन्छन्, तिनीहरुले केहि हदसम्म साम्राज्यवादका खरावी र शोषणहरूका विरुद्व आवाज पनि उठाएका देखिन्छन ताकी अन्य शक्ति, जो क्रान्तिकारी छन, साम्राज्यवादका सही विरोधी छन, त्यस्ता शक्तिको आवस्यकता जनताले महशुस गर्न नपरोस । यसैका लागि अहिले संसदीय व्यवस्थाको विकल्पमा भन्दै समावेशी प्रजातन्त्रका कुरा आइरहेका छन् । यद्धपि यसका केही राम्रा पक्षहरू नै छैनन भन्ने चांही होइन । माक्र्सवादी लेनिनवादीहरूको दृष्टिकोणमा समावेशी प्रजातन्त्रको सोचाई सैद्वान्तिक रूपले गलत सोंचाई हो किनभने यो पनि साम्राज्यवादी सेवाकै लागि ल्याइएको एउटा अर्को नामको संसदीय व्यवस्था नै हो । संसदीय व्यवस्था दलाल पुँजीवादी व्यवस्थाको एउटा बलियो आधार हो र दलाल पुँजीवादी व्यवस्था वर्तमान साम्रँजयवादको चरित्र हो । त्यसैले साम्राज्यवाद विरुद्धको आन्दोलन संसदीय व्यवस्था
संग जोडिएको छ ।
लेनिनको भनाइमा एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीले संसदीय प्रणालीलाई सैद्धान्तिक वा रणनीतिक रूपले अस्विकार गर्दागर्दै कुनै खास अवस्थामा सिमित रूपमा र अर्थमा भए पनि समर्थन गर्दछ भाग लिन्छ , त्यसप्रकारको नीति अन्य क्षेत्रहरूमा पनि लागु हुन जान्छ । तर यसको मूल पक्ष संसदीय प्रणाली विरुद्धको संघर्ष नै हो । माक्र्सवादी लेनिनवादीहरूले विभिन्न शोषित पीडितवर्गहरु, उत्पीडित मजदुर, किसान, महिला, जनजाति, दलित आदिको शोषणवाट मुक्ति चाहन्छन र त्यसको प्राप्तिको निम्ति उनीहरूलाई संगठीत गर्ने, आन्दोलनमा लाग्न उत्प्रेरित गर्ने गर्दछन । यसको लागि उनीहरूलाई राष्ट्रिय राजनीतिको हरेक स्तरमा सहभागिताको लागि आवाज उठाउदछन र समावेशी प्रजातन्त्रले जव यसलाई नै जोड दिन्छ भने हामीले त्यसका सवै पक्षको विरोध गर्ने कुरा हुदैन, केबल यसको अन्तरनििहत प्रतिकृयावादी रुप र चरित्रको विरोध र भण्डाफोरको आवश्यकता पर्दछ ।
साथ साथै हामीले जनतालाई यो कुरा पनि संग संगै स्पष्ट पार्दै जानु पर्दछ कि समावेशी प्रजातन्त्रले पनि उनीहरूका आधारभूत समस्याहरूको समाधान गर्न सक्दैन । यसले अहिले वर्गीय विभेदलाई भन्दा जातीय, क्षेत्रीय र धर्र्मको आधारमा समाजको विभाजन गर्दछ, जो माक्र्सवादी सिद्वान्तकोे विरूद्वको कुरा हो र त्यसका लागि वर्तमान अवस्थामा रहेका सम्पूर्ण राज्यव्यवस्था खासगरि पुँजीवादी साम्राज्यवादी व्यवस्थाको नै अन्त्य भएर देशमा एउटा क्रान्तिकारी परिवतनद्वारा सर्वहारावर्गको शासनव्यवस्था स्थापनाको आवस्यकता पर्दछ । यही नै माक्र्सवादी लेनिनवादी दृष्टिकोणमा पुँजीवादी प्रजातन्त्रवारेको सही दृष्टिकोण ठहर्दछ ।
hukumsingh2012@yahoo.com
ताजा समाचार
© 2024, All right reserved to मूलबाटो