नेपालगञ्ज । महिला मुक्तिको ऐतिहासिक दिन ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बाँके जिल्लाको कोहलपुरमा तीन पार्टीको संयुक्त कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रम संचालन अनेमसंगठन बाँकेकी जिल्ला सदस्य कमरेड सीता खत्रीले गरेकी थिइन् । कार्यक्रमको अध्यक्षता अनेमसंघ बाँकेकी संयोजक कमला खड्काले गरेकी थिइन भने प्रमुख अातिथ्यमा अनेमसंघ(क्रान्तिकारी)की केन्द्रीय सदस्य लक्ष्मी चौलागाईकाे रहेकाे थियाे । अतिथिहरुमा क्रमशः नेकपा(बहुमत)का केन्द्रीय सदस्य अनन्त, कृष्ण शाह, नेकपा (क्रान्तिकारी माओवादीका) बाँके जिल्ला सेक्रेटरी हरिकृष्ण न्यौपाने, दलित मुक्ति मोर्चाका भेरी कर्णाली संयोजक कमरेड बिर बहादुर परियार, अनेमासंघ क्रान्तिकारी की प्रदेश सदस्य सुक्ष्मा लामिछाने रहेकी रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य अनेम संघ(क्रान्तिकारी)की जिल्ला सदस्य रैमाया गुरुङ्गले गरेकी थिइन् ।
उक्त ऐतिहासिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा(क्रान्तिकारी माओवादी) का जिल्ला सेक्रेटरी हरिकृष्ण न्यौपानेले संसारबाटै महिला मुक्ति भईसक्दासम्म पनि नेपाली चेलिवेटीहरु विदेशी बजारमा बेचिने मात्र हैन स्वदेशमा पनि घरेलु हिंसा, बलात्कार अनि हत्याका सिकार हुदै गएको कुरा माथि प्रकाश पार्दै यस्तो उत्पीडन अन्त्यका लागि आम नेपाली आमाका छोरीहरु एकजुट भएर संघर्ष गर्न जरुरी भएको कुरा बताएका थिए । मन्तब्यका क्रममा नेकपा बहुमतका केन्द्रीय सदस्य कमरेड कृष्ण शाहले नेपाली महिला मुक्ति आन्दोलन अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलनको स्तरबाट उठ्न जरुरी रहेको बताए । त्यसैगरि नेकपा(बहुमत)का केन्द्रीय सदस्य तथा बाँके जिल्ला ईन्चार्ज अनन्तले अन्तर्राष्ट्रिय महिला मुक्ति आन्दोलले जसरी विश्वभरीका महिलाहरुलाई मताधिकार लगायत महिलाका मौलिक हक अधिकार स्थापित ग¥यो त्यसरी नै नेपाली महिला मुक्ति आन्दोलनले महिला हिंसा मुक्त देश निर्माण गर्न सफल हुन जरुरी रहेको बताए ।
कार्यक्रमकी प्रमुख अतिथि कमरेड लक्ष्मी चौलागाईले सम्बोधनका क्रममा श्रमिक महिलाहरुको मुक्तिका निम्ति क्लारा जेटकिन, रोजा लक्जम्बर्ग, जेनी मार्क्स लगायतका महिलाहरुको नेतृत्वमा संचालित आन्दोलनले अन्तर्राष्ट्रिय रुपमा श्रमिक महिला मुक्त गरेको ऐतिकासिक दिनलाई संझिदै नेपाली महिलाहरुले विभिन्न समयमा गरेका आन्दोलन तथा १० वर्षे जनयुद्धमा गरेको बीरतापूर्ण लडाईहरुका बावजुत पनि नेपाली महिलाहरु घरेलु हिंसा, हत्या, बलात्कार तथा बेचविखनबाट पूर्ण रुपमा मुक्त हुन नसकेको कुरा माथि प्रकाश पार्दै अब महिला बच्चा पाउने मेसिन तथा चुलोचौकोमा मात्र सिमित नभई पितृसतात्मक संसदीय व्यवस्थालाई फाल्न हिम्मत राख्न जरुरी रहेको बताइन् ।
कार्यक्रमकी अध्यक्ष कमला खड्काले बक्ताहरुले राखेको मन्तव्य माथि टिप्पणी गर्दै महिला मुक्तिका निम्ति अहोरात्र खटेर लाग्नु पर्ने आवश्यकता रहेको कुरा माथि प्रकाश पारेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर