विश्व सर्वहारा वर्ग तथा माक्र्सवादी–लेनिनवादी–माओवादी शक्तिहरूको तत्कालको कार्यभार भनेको अन्तर्राष्ट्रिय स्तरमा विकास हुँदै गएको क्रान्तिकारी परिस्थितिलाई सदुपयोग गर्नु, विनाशकारी साम्राज्यवादलाई ध्वस्त पार्नु र युद्ध नै नहुने समाजवादको स्थापना गर्नु हो ।

मई दिवस विश्व सर्वहारा वर्गले आफ्नो सङ्घर्षको सङ्कल्प गर्ने दिन हो । स्वतन्त्रता, स्वाधीनता, समानता र सार्वभौमसत्ताको लागि आफ्नो शक्ति सन्तुलनको मूल्याङ्कन गर्ने र अथक एवम् थप दृढताका साथ लड्न आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्ने दिन हो । यस दिनमा सर्वहारा वर्गले आफ्नो देशमा सर्वहारा क्रान्ति र विश्व समाजवादी क्रान्ति सफल पार्ने प्रतिज्ञा गर्दछ । मई दिवसको अवसरमा साम्राज्यवाद विरुद्ध अथक लडिरहेको विश्व सर्वहारा वर्गलाई लाल सलाम अर्पण गर्दछौं ।


विश्व, वातावरण र जनतालाई ध्वस्त पार्नु साम्राज्यवादको चरित्र हो । यो निरन्तरताको विनाशमा मात्र जीवित रहन्छ । साम्राज्यवादकै कारण विनाशकारी कोरोनाको सिर्जना भएको हो, यसले आफ्नो आर्थिक तथा वित्तीय सङ्कटलाई टार्न भूमण्डलीकरणको नीतिको अंशको रूपमा अर्थतन्त्रको पुनर्संरचना गरिरहेको छ सम्पूर्ण भार जनतामा थोपरिरहेको छ । एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका पिछडिएका देशका दलाल नोकरशाही पुँजीपति वर्ग र ठुला जमिन्दार वर्गसँग मिलेर साम्राज्यवादले जबर्जस्ती असमान सम्झौताहरू गरी पुँजी र प्रविधिको नाममा प्राकृतिक स्रोतसाधन, सस्तो श्रमशक्ति र बजार अन्धाधुन्ध लुटिरहेको छ । तर, यसले सङ्कटबाट मुक्ति पाउन सकेको छैन । मन्दी, मुद्रास्फीति र बेरोजगारी तीव्र भएका छन् । शिक्षा, स्वास्थ्य लगायत सम्पूर्ण जनजीवन सङ्कटमा छ र जनता चरम अप्ठ्यारोमा परेका छन् । धनी र गरिबका बीचको असमानता बढ्दै गएको छ । युद्धनिर्भर अर्थतन्त्र भएको अमेरिकाले अति मुनाफा कमाउनका लागि संसारका कुना–कुनामा अनेकौं युद्धहरु भड्काइरहेको छ र हतियार बेचिरहेको छ । जीवन डरलाग्दो भएको छ र मानिसहरूले विद्रोह गरिरहेका छन् । साम्राज्यवादले ती विद्रोहलाई दबाउन फासीवादी शक्तिहरूलाई उचालिरहेको छ । साम्राज्यवादले अवलम्बन गर्दैआएको विनाशकारी नीतिका कारण अन्तर्राष्ट्रिय र घरेलु आधारभूत अन्तरविरोधहरू चर्किंदै गएका छन् र यसरी क्रान्तिकारी परिस्थितिको विकास हुँदै छ ।

साम्राज्यवाद र उत्पीडित राष्ट्र तथा जनताका बीचको अन्तरविरोध
कतिपय पिछडिएका देशका जनताहरु साम्राज्यवादी भूमण्डलीकरण र रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सुविधा नदिने र मूल्यवृद्धि गराउने सरकारका विरुद्ध साहसपूर्वक लडिरहेका छन् । उत्पीडित जातिहरु आफूमाथिको दमनका विरुद्ध लडिरहेका छन् । विगत २० वर्षदेखि अफगानिस्तानमा दमन गर्दै आएको अमेरिकी सेनाको फिर्ती गत वर्षका महत्वपूर्ण घटनाहरूमध्ये एक हो । १९७५ मा भियतनाममा जस्तै सन् २०२१ मा अफगानिस्तानमा अमेरिकाले पराजयको सामना गरेको छ । जनताहरु दृढ सङ्कल्पका साथ लडछन् भने आधुनिक साम्राज्यवादी सेनाहरू आफ्नो झिटिझाम्टो बोकेर हिँड्न बाध्य हुन्छन् भन्ने कुरा यी घटनाक्रमले देखाउँछन् । उदाहरणका लागि भारतमा ब्राह्मण हिन्दुत्ववादी मोदी सरकारको नवउदारवादी, कर्पोरेट प्रायोजित नीतिका विरुद्ध विभिन्न उत्पीडित वर्ग, क्षेत्र र उत्पीडित जातिका जुझारु सङ्घर्षहरू चलिरहेका छन् । श्रम कानूनको सट्टा ल्याइएका चारओटा संहिताहरु र निजीकरण, मनपरि ठेक्का प्रणाली, कृत्रिम प्रज्ञा, श्रमघण्टाको बृद्धि, ज्याला कटौती, कामको दयनीय अवस्था तथा सुविधा कटौतीका विरुद्ध र न्यूनतम पारिश्रमिक तथा रोजगारीको ग्यारेन्टीका लागि संयुक्त सङ्घर्ष गरिरहेका छन् । किसान सङ्गठनहरूको व्यापक समर्थनमा ट्रेड युनियनहरूले मार्च २८–२९ मा गरेको देशव्यापी हडतालको अभूतपूर्व सफलताले मजदुर किसान एकताको सङ्केत गर्दछ ।

साम्राज्यवादी देशहरूमा पुँजीपति र सर्वहारावर्गका बीचको अन्तरविरोध
साम्राज्यवादले आफ्नो सङ्कट टार्न सर्वहारा वर्ग र मध्यम वर्गको शोषण गरिरहेको छ । यसले कृत्रिम प्रज्ञाको प्रविधि प्रयोग गरेर स्थायी रोजगारी र कल्याणकारी कार्यक्रमहरूको कटौती गरिरहेको छ । यसले जनतामा चरम करको भारी बोकाइ रहेको छ । कोभिडका कारण लगाइएको प्रतिबन्ध, जागिरको खारेजी, श्रम घण्टामा बृद्धि, ज्याला कटौती र मूल्यवृद्धिले सर्वहारा वर्ग, कर्मचारी, विद्यार्थी तथा वातावरणीय अभियन्ताहरुलाई विभिन्न देशमा ठुलाठुला आन्दोलन र हड्ताल तर्फ धकेलिरहेका छन् । मजदुरहरुका प्रदर्शनले विभिन्न देशमा जुझारु रुप लिइरहेको छ ।

साम्राज्यवादी देशहरूका बीचको अन्तर्विरोध
अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले अमेरिकाको गिर्दो विश्व प्रभुत्वलाई कायम राख्न अत्यन्त आक्रामक निर्णयहरू लिइरहेका छन् र तिनको कार्यान्वयन गरिरहेका छन् । अमेरिकाले साम्राज्यवादी दावेदारको रूपमा उभिएका रुस एवम् चीनलाई नियन्त्रण गर्न नेटो र जी–७ देशहरुको आधिपत्य जोगाएको छ, ‘क्वाड’ लाई बलियो बनाएको छ र ‘ओकस’ गठन गरेको छ । तर युरोप भने अमेरिकासँग सहकार्य गर्ने अवस्थामा छैन । जर्मनी र फ्रान्स रूसबाट आयात हुने तेल र ग्यासमा निर्भर छन् । अर्कोतर्फ, ताइवानको मामिलामा हस्तक्षेप गर्दै, ताइवान सागरको पानीमा चीन र अमेरिकाको प्रतिस्पर्धि सैन्य अभ्यास झन् खतरनाक बन्दै गएको छ । रुस र चीनले सैन्य सहयोगका लागि सम्झौता गरेका छन् । शीतयुद्धको अन्त्य पछि साम्राज्यवादी देशहरूका बीचको तनाव र द्वन्द्व अभूतपूर्व रुपमा तीव्र हुन पुगेको छ । यही प्रक्रियामा रुस युक्रेनमाथि अतिक्रमणको युद्धमा होमिएको छ । अमेरिकाले रुससँग गरेको वाचा तोडेर नेटोको विस्तार ग¥यो, बलजफ्ति वा प्रलोभनमा पारेर ३० ओटा देशलाई त्यसको हिस्सा बनायो, युरोपको तेस्रो ठुलो सैन्य शक्ति रहेको युक्रेनलाई नेटोमा ल्याउने घोषणा ग¥यो, युक्रेनसँग संयुक्त सैन्य अभ्यास ग¥यो, युक्रेनको पक्षमा सैन्य शक्ति, सैन्य जहाजहरु र क्षेप्याश्त्रहरु तैनाथ ग¥यो, यो स्थितिमा रुसले डेढलाख सेना युक्रेनको सीमा क्षेत्रमा तैनाथ ग¥यो, फलतः साम्राज्यवादी अन्तरविरोध विष्फोट भयो र रुस युक्रेनमाथिको सैन्य आक्रमणमा उत्रियो । विगत दुई महिनादेखि युक्रेनमा विनाशकारी युद्ध चलिरहेको छ । रुस–युक्रेनबीच अप्रिल १२ मा भएको वार्ता असफल भयो । युद्धले थप विनाश निम्त्याउने निश्चित छ । यसले जनतालाई असहनीय उत्पीडन र सङ्कटमा धकेल्नेछ । विश्व सर्वहारा वर्ग र अन्य उत्पीडित वर्ग तथा उत्पीडित जातिहरु साम्राज्यवादी देशका आर्थिक एवम् आधिपत्यवादी स्वार्थको खेलमा पीडित छन् । तेस्रो विश्वयुद्धको खतरा बढ्दै गएको छ ।


युक्रेनमाथि रुसी अतिक्रमणको रुपमा भड्किएको युद्ध साम्राज्यवादी युद्ध हो । युक्रेन अमेरिकाको हातको चारा हो । हामी मजदुर, किसान, मध्यमवर्ग र अन्य उत्पीडित वर्ग तथा उत्पीडित जातिहरुलाई युद्धको भत्र्सना गर्न आह्वान गर्दछौं । हामी विश्वका सर्वहारा वर्ग, उत्पीडित वर्ग तथा उत्पीडित जातिलाई कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सका ‘श्रमजीवी वर्गको आफ्नो भन्ने कुनै देश हुँदैन’, ‘सबै ठाउँका कम्युनिस्टहरुले विद्यमान (पुँजीवादी) सामाजिक राजनीतिक प्रणालीका विरुद्ध चलेका सबै क्रान्तिकारी आन्दोलनको समर्थन गर्छन्’, ‘सबै देशका कम्युनिस्टहरु एक होऊ ’, र लेनिनका ‘प्रबुद्ध सर्वहारा वर्गले कुनै पनि साम्राज्यवादी व्वाँसाको समर्थन गर्दैन’ र ‘युद्धमा कुनै पनि साम्राज्यवादी देशको पनि लिँदैन’ भन्ने शिक्षालाई पक्रिन आहृवान गर्दछौं । अमेरिकाको नेतृत्वमा रहेको नेटोलाई भङ्ग गराउन, युक्रेनलाई बलिको बोका बनाई आफ्नो गिर्दो विश्व आधिपत्य जोगाउनका लागि अमेरिकाले चलाएको विध्वंशकारी कार्वाहीका विरुद्ध लड्न, जन आकाङ्क्षा अनुसार अविलम्ब र विना शर्त रुसले युद्ध रोक्न र सेना फिर्ता गराउन माग राख्दै विश्वभरिका जनताले जुुझारु सङ्घर्ष गरिरहेका छन् । क्रान्तिकारी परिस्थिति विकास हुँदै छ । त्यसको सदुपयोग गर्नु र साम्राज्यवाद विरोधी सङ्घर्र्षलाई चर्काउनु विश्व सर्वहारा वर्गको कार्यभार हो । यसले पुटिन सरकारमाथि दबाब दिनेछ । यदि रूस आणविक युद्धमा संलग्न भयो र तेस्रो विश्वयुद्ध सुरु ग¥यो भने, १९१७ मा कमरेड लेनिन तथा स्टालिनको नेतृत्वमा रुसी सर्वहारा वर्गले सम्पूर्ण उत्पीडित वर्ग तथा जातिहरुले चलाएको अक्टोबर क्रान्तिको सफलताको अनुभवबाट सिक्नुपर्छ र पहिलो विश्वयुद्धलाई गृहयुद्धमा परिणत गरेको विरासतलाई कायम राख्दै रुसी सर्वहारा वर्गले पुटिन सरकारलाई सत्ताच्युत गर्नुपर्छ । त्यसले सर्वहारा वर्गको नेतृत्वमा नयाँ र उच्च स्तरको समाजवादी सरकार स्थापना गर्नुपर्छ । सर्वहारा वर्गको नेतृत्वमा अमेरिका र युरोपेली देशका सर्वहारा तथा उत्पीडित जनताले युक्रेनलाई उक्साउने काम रोक्न माग गर्दै जुुझारु आन्दोलन चलाउनुपर्छ । यदि ग्क्–ल्ब्त्इ गठबन्धन तेस्रो विश्वयुद्धमा संलग्न हुन गयो भने, त्यसलाई गृहयुद्धमा बदल्नु पर्छ ।

त्यसैगरी नयाँ सामाजिक–साम्राज्यवादी शक्ति चीनका सर्वहारा वर्गले त्यहाँका शासक वर्गलाई पाठ सिकाउनै पर्छ । हामी विश्व सर्वहारा वर्ग र उत्पीडित जनतालाई मानवीय दृष्टिकोणका आधारमा शरणार्थीको रूपमा अन्य क्षेत्रतिर भागेका युक्रेनका मानिसहरूलाई बचाउन अपील गर्दछौँ । युक्रेनका सर्वहारा वर्ग र उत्पीडित जनताले आफ्नो देशलाई नेटो–पक्षीय देश विशेष गरी अमेरिकी साम्राज्यवादको पिछलग्गु देशमा परिणत गर्ने जेलेन्स्की सरकारको अमेरिकी–ईयू समर्थक साम्राज्यवादी नीतिको विरोध तथा निन्दा गर्नुपर्छ । तिनीहरूले आफ्नो देशको सार्वभौमसत्ता र आफ्नो राष्ट्रको अस्तित्वको रक्षा गर्न साम्राज्यवादीहरूले थोपरेको युद्धलाई गृहयुद्धमा परिणत गर्नुपर्छ । युक्रेनका उत्पीडित जनताले सर्वहारा वर्गको नेतृत्वमा सबै प्रकारका साम्राज्यवादका विरुद्ध लड्नु पर्छ र सार्वभौमसत्ता प्राप्त गर्नुपर्दछ । डोनबास क्षेत्रमा पर्ने डोनेट्स्क र लुहान्स्क गणतन्त्रका उत्पीडित जाति तथा जनताले रूसी साम्राज्यवादमा भर परेर होइन, सर्वहारा वर्गको नेतृत्वमा आफ्नै शक्तिमा भर परेर आफ्नो भविष्य आफ्नै हातमा लिनुपर्छ । उत्पीडित देशका जनताले साम्राज्यवादी देशसँग दलाल सरकारहरूले गरेका सैन्य सम्झौता लगायतका सबै किसिमका सन्धि–सम्झौता खारेज गर्न लड्नुपर्छ । विश्व सर्वहारा वर्ग र माक्र्सवादी–लेनिनवादी–माओवादी शक्तिहरूका लागि साम्राज्यवादी शोषण तथा उत्पीडनबाट मुक्ति प्राप्त गर्ने र विश्व शान्ति स्थापना गर्ने एउटै उपाय र तत्कालीन कार्यभार भनेको यस धर्तीबाट साम्राज्यवादलाई जरैबाट उखेल्नु र कुनै प्रकारको युद्ध नहुने समाजवादको स्थापना गर्नु हो ।

यो कार्य पूरा गर्नका लागि वर्तमान ठोस परिस्थिति अनुसार उपयुक्त अन्तर्राष्ट्रिय क्रान्तिकारी सर्वहारा सङ्गठन स्थापना गर्न आवश्यक छ । समाजवादी, नयाँ जनवादी क्रान्ति र राष्ट्रिय मुक्ति आन्दोलनलाई आफ्नो मुक्तिको दिशामा एकताबद्ध नेतृत्व प्रदान गर्न हालका दिनमा विश्वका अग्रदस्ता समुह तथा सङ्गठनहरूले वर्तमान मेहनती जनताको मागलाई लिएर क्रमशः सुदृढ हुँदै गएका छन् । यिनहरुका बीचमा एकता र ऐक्यबद्धता विकास हुँदैछ । केही माओवादी सङ्गठनहरू अन्तर्राष्ट्रिय फोरम निर्माणको आवश्यकतामा सहमत हुनु र यस दिशामा तत्काल कदम चाल्न अनुरोध गर्नु स्वागतयोग्य घटना हो । यसले विश्व सर्वहारा वर्गको विकास हुँदै गएको आत्मगत शक्तिलाई सङ्केत गर्छ । यसका आधारमा सामान्यत विश्वमा र विशेषगरी युक्रेनमा शान्ति स्थापना गर्नका लागि साम्राज्यवादीहरुका सबै प्रकारका आक्रमण तथा युद्धका विरुद्ध लड्न र साम्राज्यवाद विरोधी सङ्घर्षमा एकताबद्ध नेतृत्व उपलब्ध गराउनका लागि विशेष योजनासहित अन्तर्राष्ट्रिय संयुक्त फोरम स्थापना गर्ने प्रयास गरौं ।
विश्व समाजवादी क्रान्तिलाई अगाडि बढाऔं !
यस दिशामा अझै एकजुट भएर लागौं !

हस्ताक्षरकर्ता पार्टीहरु :

भारत कम्युनिस्ट पार्टी (माओवादी)

टर्की कम्युनिस्ट पार्टी=माक्र्सवादी–लेनिनवादी

फिलिपिन्स कम्युनिस्ट पार्टी

ग्यालिसिया कम्युनिस्ट पार्टी निर्माण कमिटी

माओवादी कम्युनिस्ट पार्टी — इटली

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)

अफगानिस्तान कम्युनिस्ट (माओवादी) पार्टी

अफगानिस्तान कम्युनिस्ट (माओवादी) पाटी — शोला जाविद

एल काडेहान्स पार्टी — ट्युनिसिया

माओवादी क्रान्तिकारी लिग — श्री लङ्का

नर्वे क्रान्तिकारी कम्युनिस्ट्स (आरके)

क्रान्तिकारी कलेक्टिभ वेलायत (पुरानो आरभिएम)

इरान लाल पथ माओवादी समूह
मई १, २०२२

प्रतिक्रिया

सम्बन्धित खवर