नवलपरासी । क्रान्तिकारी पत्रकार महासंघ नवलपुरको शनिबार भएको प्रथम जिल्ला भेलाले लोकनाथ पंगेनीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटि गरेको छ ।
समितिको उपाध्यक्षमा कल्पना विन्दु गौतम, सचिवमा शोभा जिसी, सहसचिव भिम राना, कोषाध्यक्ष लोकबहादुर कुमाल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा यमबहादुर सोमै, सूर्य भट्टराई, रेसम सापकोटा, अमित विक, संगिता तिमिल्सिना, मनिषा ढकाल, सृष्टी वाग्ले, लक्ष्मी काफ्ले, विपना सोती मगर र अमृत पोख्रेल चयन भएका छन् ।
भेलाको उद्घाटन गर्दै क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नारायण पंगेनीले राज्यले प्रेसमाथि अंकुश लगाउनका लागि विभिन्न ऐन ल्याएको भन्दै त्यसको विरोध गरेका थिए ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य अशोक लम्साल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सदस्य पिताम्बर तिवारी, क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी उत्तम थापा, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सचिव रामकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रम लोकनाथ पंगेनीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा भीम रानाले स्वागत मन्तव्य राखेका थिए भने शोभा जिसीले कार्यक्रमको सञ्चालन गरेका थिए ।